समता लघुवित्त Samata Microfinance Bittiya Sanstha ले लाभांश घोषणा गरेको छ । कम्पनीको भदौ ५ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट वितरण गरिने लाभांश प्रस्तव गरेको हो ।
जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुँजीको २० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत गरि ६.३२ प्रतिशत नगद लाभांश गरी कुल २६.३२ प्रतिशत लाबहंश प्रस्ताव गरेको हो । हाल कम्पनीको चुक्ता पुँजी १९ करोड ११ लाख रहेको छ ।
कम्पनीको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा बितरण हुने छ ।