एनआईसीका २ म्युचुअल फण्डको लाभांशको लागि बुक क्लोज तय

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 02, 2020 | 08:33:13 AM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एसिया क्यापिटल NIC Asia Capital Ltd  ले आफ्नो २ सामुहिक लगानी कोष योजनाको लाभांश वितरण प्रयोजनको लागि बुक क्लोज मिति घोषणा गरेको छ । क्यापिटलले एनआईसी एसिया ग्रोथ फण्ड र एनआईसी एसिया ब्यालेन्स फण्डले आर्थिक वर्ष ७६/७७ मा प्रदान गर्ने लाभांशको बुक क्लोज मिति तय गरेको हो ।

जस अनुसार क्यापिटलले दुवै योजनाको लागि भदौ २५ गते बुक क्लोज गरेको छ । भदौ २४ गतेसम्म इकाईधनीले योजनाको लाभांश पाउँन सक्ने छन् ।  

क्यापिटलले ग्रोथ फण्डका इकाईधनीलाई कर सहित १२ प्रतिशतको दरले हुन आउने १० करोड २ लाख २४ हजार र ब्यालेन्स फण्डका इकाईधनीलाई कर सहित ८ प्रतिशतको दरले ६ करोड ४ लाख मुनाफा वितरण गर्ने छ । 

 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved