नाडेप लघुवित्तको लाभांश स्वीकृत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 14, 2020 | 10:53:13 PM मा प्रकाशित

laxmi  sunrise bank

नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेड NADEP Laghubitta Bittiya Sanstha  को लाभांश प्रस्ताव स्वीकृत भएको छ। लघुवित्तको आज बसेको पाचौं बार्षिक साधारणसभाले संचालक समितिले प्रस्ताव गरेको १० प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.५२६ प्रतिशत नगद लाभांश स्वीकृत गरेको हो। 


लघुवित्तले १०  प्रतिशतले  हुन आउने ३ करोड ६८ लाख बराबरको बोनस शेयर वितरण र सो मा लाग्ने कर प्रयोजनको लागि ०.५२६ प्रतिशतले हुन आउने १९ लाख ३६ हजार बरावरको नगद लाभांश वितरण गर्ने प्रस्ताव आज बसेको पाँचौं बार्षिक साधारणसभाले स्वीकृत गरेको हो। लघुवित्तले गत आर्थिक बर्ष दुई करोड त्रिचालीस लाख उनन्तीस हजार खुद मुनाफा आर्जन गरेको थियो। 


लघुवित्तका अध्यक्ष पिताम्बर प्रसाद आचार्यले लघुवित्क्षेत क्षेत्रलाई नै सुव्यवथित गर्न नेपाल राष्ट्र बैंकको मौद्रिक नीति तथा लघुवित्त वित्तीय संस्थालाई जारी निर्देशन बमोजिम लघुवित्त वित्तीय संस्थासंग मर्ज-एक्विजिशन वा प्राप्ति प्रकृयालाई अघि बढाउने, सेवा नपुगेका पहाडी तथा हिमाली दुर्गम क्षेत्रहरुमा कार्यक्रम विस्तार गर्दै जाने र ग्रामिण क्षेत्रको अर्थतन्त्रलाई सबल बनाउन यस संस्था लागीपर्ने प्रतिबद्धता व्यक्त गरे।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved