कुमारी बैंकको लाभांश घोषणा, बोनस कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 21, 2020 | 08:38:38 PM मा प्रकाशित

laxmi  sunrise bank

कुमारी बैंक Kumari Bank Limited ले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ। बैंकको आज बसेको संचालक समितिले गत आर्थिक बर्षको कमाईबाट शेयरधनीलाई  १४ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो। 

प्रस्तावित १४ प्रतिशत लाभांश मध्ये १० प्रतिशत बोनस सेयर र कर प्रयोजन सहित ४ प्रतिशत नगद लाभांश रहेको संचालक समितिका एक सदस्यले बिजपाटीलाई बताए। 

उक्त प्रस्ताव नेपाल राष्ट्र बैंक तथा बैंकको आगामी बार्षिक साधारण सभाले पारित गरेपश्चात सेयरधनिहरुमा लाभांश वितरण हुनेछ।

बैंकको प्रस्तावित लाभांश अघिल्लो आर्थिक वर्ष भन्दा साढे ३ प्रतिशतले बढी हो। अघिल्लो आर्थिक बर्षको कमाईबाट बैंकले गत आर्थिक बर्ष १० प्रतिशत बोनस र ०.५३ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved