ग्लोबल आइएमई बैंकद्वारा लाभांश घोषणा, बोनस कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 23, 2020 | 11:25:22 AM मा प्रकाशित

laxmi  sunrise bank

ग्लोबल आइएमई बैंक लिमिटेड Global IME Bank Limited ले शेयरधनीहरुलाई १६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। कात्तिक ६ गते बिहिबार बसेको बैंकको ३६४ औं संचालक समितिको बैठकले आर्थिक बर्ष २०७६र०७७  को मुनाफाबाट सेयरधनीधरुलाई १६ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो। 

प्रस्तावित लाभांश मध्ये १४ प्रतिशत बोनस र २ प्रतिशत नगद लाभांश गरी जम्मा १६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको बैंकले जनाएको छ। उक्त प्रस्ताव नेपाल राष्ट्र बैंक र बैंकको आगामी बार्षिकसाधारणसभाले पारित गरे पश्चात सेयरधनीहरुमा वितरण हुनेछ। 

बोनस शेयर वितरण पश्चात बैंकको चुक्ता पुँजी २१ अर्ब ६३ करोड रुपैयाँ पुग्नेछ। बैंकले गत आर्थिक बर्ष ३ अर्ब ८ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। 

हाल बैंकको २४० अर्ब रुपैयाँ भन्दा बढी निक्षेप र २०६ अर्ब रुपैयाँ भन्दा बढी कर्जा लगानी रहेको छ । बैंकका ७१ जिल्लामा २६१ वटा शाखा, ४५ वटा राजश्व संकलन तथा एक्सटेन्सन काउण्टर, २३७ एटिएम, तथा २२९ शाखा रहित बैंकिङ्ग सेवा सञ्चालनमा रहेका छन् ।

बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले विभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ्ग सेवा माफर्त आफ्ना ग्राहकहरु माझ सेवा प्रदान गर्दै आएको छ । बैंकले भारत, अष्ट्रेलिया र बेलायतमा प्रतिनिधि कार्यालय खोली कार्य गर्दै आएको छ ।

त्यस्तै बैंकले अत्याधुनिक प्रविधियुुक्त मोवाइल बैंकिंङ्ग सेवा, इन्टरनेट बैंकिंङ्ग सेवाको साथमा अष्ट्रेलिया, मलेसिया, भारत, दक्षिण कोरिया, कतार, युएई, बहराइन, जापान लगायतका मुलुकबाट रेमिट्यान्स सेवा समेत प्रदान गर्दै आएको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved