टिप्पणी: 'हात्ती आयो हात्ती आयो फुस्सा' नबनोस ब्रोकर मार्फत मार्जिन ल्यान्डिङ

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Oct 25, 2017 | 02:55:15 PM मा प्रकाशित

laxmi  sunrise bank

शेयर ब्रोकरहरुले मार्जिन ल्यान्डिङको सुविधा पाउने बिषय यति बेला पुंजीबजारमा चर्चाको बिषय बनेको छ।नेपाल धितोपत्र बोर्डद्वारा आयोजित 'लगानीकर्ता प्रक्षिशण तथा अन्तरक्रिया कार्यक्रममा' मा बोल्दै बोर्डका अध्यक्ष ड़ा रेवत कार्कीले तिहार लगत्तै शेयर ब्रोकरहरुले मार्जिन ल्यान्डिङ पाउने बताए लगत्तै यो बिषयले लगानीकर्तामा उत्साह थपिएको छ।

शेयर ब्रोकरहरुले मार्जिन ल्यान्डिङ सुविधा पाउनु पक्कै पनि पुंजीबजार बिस्तारका लागि सकारात्मक कुरा हो। ब्रोकर मार्फत मार्जिन ल्यान्डिङको सेवा दिने प्रक्रिया र बिधि कस्तो हुन्छ भन्ने महत्त्वपूर्ण कुरा हो। 

आम लगानीकर्ताको पहुँच हुनेगरि यो सेवा आउनु पर्छ भन्ने लगानीकर्ताको चाहना हो। तर धितोपत्र बोर्डले जुन मोडालिटीमा मार्जिन ल्यान्डिङको सुविधा ल्याउन लागेको छ, त्यसलाई आधार मान्ने हो भने कतै यो सुविधा सर्वसाधारण लगानीकर्ताको लागि 'हात्ती आयो, हात्ती आयो फुस्सा' भने झैँ हुने त होइन भन्ने आशंका पनि जन्मिएको छ। 

प्राप्त जानकारी अनुसार ब्रोकरहरुको स्वपुँजीबाटै मार्जिन ल्याण्डिङको सेवा दिने, ब्रोकर आफैले बैंक ग्यारेण्टी बसिदिने लगायतका विभिन्न मोडल प्रस्ताब भएका छन। 

प्रस्तावित मोडलहरु मध्ये ब्रोकरले आफ्नो 'रिस्क' मा नै आफ्नो स्टेशनबाट कारोबार गर्ने लगानीकर्तालाई मार्जिन ल्यान्डिङको सुविधा दिने मोडल बोर्डको प्राथमिकतामा परेको छ। बोर्डले पनि यहि मोडललाई नै मृतरुप दिने अन्तिम तयारि गरेको स्रोतको भनाई छ।  

सेयर मुल्यको कति प्रतिशतसम्म मार्जिन सुविधा दिने भन्ने यकिन भईनसकेपनि कम्तिमा पनि ५० प्रतिशत भन्दा बढी मार्जिन सुविधा दिने बोर्डको तयारि छ। यदि ६० प्रतिशतसम्मको मार्जिनमा कर्जा दिने सुविधा ब्रोकरले प्राप्त गर्यो भने लगानीकर्ताले १ लाखको सेयर खरिद गर्दा ६० हजारसम्मको कर्जा सुविधा पाउनेछन। 

लगानीकर्ताले लिएको कर्जा कसरि भुक्तानी हुने भन्ने बारे कार्यविधि बनिरहेको बताइएको छ। यता ब्रोकरहरुले पनि स्वपुंजी वा सापटीबाट भुक्तान गर्न सकिने गरि बोर्डलाई सुझाब दिएको जानकारी प्राप्त भएको छ। 

ब्रोकरले मार्जिन ल्यान्डिङको सुविधा पाउने भन्दा पनि कति लगानीकर्ताको पहुँचमा यो सेवा पुग्छ भन्ने महत्त्वपूर्ण कुरा हो। तर अहिलेसम्म प्राप्त जानकारी अनुसार आम सर्वसाधारण लगानीकर्ताको पहुँचमा सहजै यो सेवा पुग्ने सम्भावना कम देखिन्छ। ब्रोकरहरुले आफ्नै जोखिममा मार्जिन कर्जा प्रवाह गर्नुपर्ने हुँदा उनीहरुलाई पनि भरपर्दो र बिश्वास भएका लगानीकर्तामा मात्र कर्जा प्रवाह गर्नु पर्ने बाध्यता आइलाग्नेछ। 

पहुँच, सम्बन्ध, सोर्सफोर्स भएकाले मात्र मार्जिन ल्यान्डिङको सुविधाको उपभोग गर्न पाउने सम्भावना हुँदा यो सुविधा सर्वसाधारणको पहुँच भन्दा बाहिर हुने देखिन्छ। तसर्थ सर्वसाधारण लगानीकर्ताको पहुँचमा सहजै यो सेवा पुग्ने गरि धितोपत्र बोर्डले कार्यविधि तयार गर्नुपर्ने हुन्छ। 


  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved