24 Jan, 2018 | १० माघ २०७४ | बुधवार


Bizpati Reporter

Follow us on

बैंकर मनोज ज्ञवाली भन्छन- 'निक्षेप तान्न ब्याजदर बढाउँदा पुरानै समस्या बल्झिन सक्छ' (विश्लेषण)

Posted on:December 21, 2017

केहि दिन यता बैंक तथा वित्तीय संस्थाहरुले धमाधम ब्याज बढाउन थाले पश्चात बैंकको ब्याजदर फेरी बढ्ने विश्लेषण गरिएको छ। बैंकहरुले ब्याजदर बढाउदै गर्दा त्यसले समग्र अर्थतन्त्रमा प्रभाब पार्ने विश्लेषण हुँदै गर्दा बैंकर तथा ज्योति बिकास बैंकका नायब कार्यकारी प्रमुख मनोज ज्ञवालीले निक्षेप तानातानले गत बर्ष बैंकिङ प्रणालीमा देखिएको तरलता अभाबको समस्या बल्झिने आनाकलन गरेका छन। 

निक्षेप तान्न बैंकहरुबीच अस्वस्थ प्रतिस्पर्धा देखिदा त्यसले वित्तीय प्रणालीमा कयौं समस्या निम्त्याउने बैंकर ज्ञवालीको विश्लेषण छ। निक्षेप तान्न ब्याजदर बढाउदै लाग्दा त्यसले निम्तिने समस्या र समधानका उपायबारे बैंकर मनोज ज्ञवालीको धारणा यस्तो छ:  

बढ्दो निक्षेप ब्याजदर सम्बन्धमा:

1.पुजी बृद्दि सबै संस्थाहरुलाई चार गुणा थियो अनी सबैलाई व्यवसाय बृद्दिको चाप छ यसैले पचास प्रतिशत, सत प्रतिशत या सो भन्दा बढि कर्जा बृद्दिको प्रक्षपेण गर्दै दौडिदा निक्षेप वृद्दि 20 % को हारहारी नी हुदैन भन्ने हेक्का पक्कै थियो होला। सोही समस्या वितेको एक बर्ष नहुदै पुनः त्यहि गल्ती दोहोर्याउदै अघी बढ्ने हो भने हामी बैकरहरुलाई सेतो हात्ती झै पाल्नु किन पर्यो? अब के फेरी राष्ट्र बैकलाई CCD को फर्मुला change गरिदिनुस भन्ने??

2. एक महिना पहिला सम्म सहकारीको loan समेत ऋणीको व्यापारिक जरुरत भन्दा बढि रकम दिएर swap गरेका बैकहरु एक महिना पछि स्वीकृत limit को disbursement सम्म गर्न नसक्ने अबस्था हुने गरी कस्तो plan गरेको? प्रथम त्रयमास मै कर्जाको बृद्दि निक्षेपको भन्दा 20% बढि रह्यो जुन मंसीर मसान्त पछि झन् बढ्यो।

3. सबैलाई थाहा छ की सरकार गठन मा समय लाग्छ अनी बजेट खर्च त्यती छिटो हुदैन, रेमिट्यान्सको बृद्दि दर घट्दो छ, असोज पछि CCD को formula पहिले जस्तै हुन्छ, निक्षेप बृद्दिदर अचानक बढ्ने वाला छैन अनी स्थानीय निकाय चुनाब पछिको अली सहज तरलतालाई base बनाएर अनाप सनाप कर्जा बृद्दि गर्दा industry को growth र fund mismatch लाई हेर्न पर्दैन?

4. अब आफैले निम्त्याएको समस्यालाई हल गर्न भटाभट निक्षेपमा हप्ता हप्तामा ब्याजदर बढाउदै निक्षेप तानातान प्रकिया फेरी शुरु गर्नु पुर्व; यो ब्याजदर बृद्दिले समस्या समाधान गर्देन भन्ने सम्म हेक्का छैन साहब?? एउटाले FD 10% मा तान्छ, अर्कोले फेरी 11% त फेरी 12% मा गर्दे जाने अनी कर्जा लिएका ग्राहकलाई sms पठाउदै आतंक सिर्जना गर्ने हो?? बैकर र बैकिड़ को विश्वसनीयता कायम कस्ले राख्ने ?? कि सधै फोहोर हामी गर्ने उठाईदिने जिम्मा राष्ट्र बैकलाई छोडिदिने??

5. जसरी अनापसनाप फेरी ब्याज दर बृद्दि गर्दे निक्षेप ब्यबस्थापनमा होडबाजी शुरु गर्दैछौ के सोच्छौ हामी की ब्याज बढायो भने युरोप, अमेरिका बाट निक्षेप आंउछ? यहि system मा अनी अर्को BFI मा भएको तान्ने होईन?? अर्को BFI ले फेरी ब्याज बढाएर साहबको Call deposit तानी दियो भने के गरिसिन्छ?

6.शाखा बढाउने, ब्यबसाय बढाउने भनेको छ, अर्को संस्थामा प्रोमोसन भएको 3 महिना पुगेको छैन एक दुई position थपेर कर्मचारी लिएको छ। संस्थामा भएका कर्मचारी एकातिर demotivated त अर्को तिर experience अनी exposure नपुगेको कर्मचारीलाई माथील्लो जिम्मेवारी दिदै गर्दे गर्दा operation risk को आकलन कति गर्छौ हामी? कस्तो profession बिकास गर्दै छौ हामी?

7.एक महिना पहिला सम्म कर्जा बढाउने target दिएर कर्मचारीलाई रात दिन दौडाउने अब एक महिना पुगेको छैन, ल्याएको ग्राहकलाई समेत सेवा दिन नसकी कर्जा रोकौ रोकौ अब निक्षेप मात्र खोज भन्दै गर्दा भर्खरै बैकिड़ शुरु गरेका भाई बहिनी ले यसलाई रणनिति बुझ्ने की? Stress testing बुझ्ने कि? बैकरहरुको planning क्षमता को तारिफ गर्ने?

के गर्नु पर्छ?

1. निक्षेप ब्याजदर बृद्दिमा संयमित हुनुपर्यो। ब्याजदर बढाएर होईन की ग्राहक सम्बन्ध र कर्मचारी परिचालनले निक्षेपलाई चाहिएको volume मा राखेर बस्नु पर्यो।

2. पौष मसान्तमा आय करको पहिलो किस्तामा लगभग रु. 80 अरब सरकारी खातामा जान्छ र तत्कालै निस्किदैन त्यसको समेत हेक्का अहिले देखि राख्दै आफ्नो बैकको मात्र होईन overall indusrty को समेत अबश्था हेरी deposit plan बनाउनु पर्यो।

3. CCD षौष मसान्तमा मात्रै कायम राख्नु पर्ने होईन। दैनीक रुपमा monitor गर्दै अली cushion मा राख्नु पर्यो।

4. अर्को BFI को निक्षेपलाई बयाजदर बढि दिदै तान्नुको साटो आफ्नो निकट भबिष्यमा mature हुन लागेको निक्षेपको सुची बनाई renewal लाई ढुक्क हुनु पर्यो।

5. बिस्तारित शाखाहरु मार्फत खुद्रा निक्षेप बढाउने तर्फ लाग्नु पर्यो।

6. अनाप सनाप ब्यबसाय बृद्दिको कारण कर्जाको गुणस्तर घटेको छ अनी जसको कारण प्रथम त्रयमासमा धैरै BFIको पहिलो पटक नाफामा ऋणात्मक बृद्दि भएको छ। interest suspense बढेको छ। उक्त सबै कर्जाहरुलाई नियमित गर्न लाग्नु पर्यो।

7.सरकार छिटो गठन होला, आर्थिक समृद्दिका एजेण्डाहरु ले प्राथमिकता पाउलान, सरकारले विकास खर्च बढाउला अनी हामी आर्थिक बृद्दि संगै ब्यबसाय बृद्दि गरौला भन्ने सकारात्मक सोच सहित Prudent banking गरेर बस्नु पर्यो। तर छिटै miracle होला सोचेर tight situation मा बस्नु भएन। शुरुवाती लक्षणहरु राम्रो देखिएका छैनन

अनीकालको बेला पेट भरी चौरासी व्यंजनको लक्ष्य लिएर जाने होईन मिलीजुली सबैको भोक मात्र मर्ने व्यबस्थापन को सोच राख्नु पर्यो। Treasury Bill को दर नै 5%, 6% भन्दा बढि रहेको छ। हेक्का रहोस् ,यहाँहरुले निक्षेपको ब्याजदर बढाउदा बैकिड़ क्षेत्रको कूल निक्षेप रु . 2200 अरब बाट बढेर रु. 3,000 अरब हुनेवाला छैन यसर्थ यो निक्षेप तानातान प्रतियोगिता शुरु गरेर बैकिड़ क्षेत्र अनी कर्जाका ग्राहक हरुलाई आतंक सृजना गर्दै राष्ट्र बैकको समेत टाउको दुखाई बनाउनु पुर्व बैकिड़ पेशाको मर्यादा कायम राख्न भए पनी जिम्मेवार हुनुस्।

जय होस्, शुभ होस्!!

यो पनि:

सीसीडी गणनाको नयाँ बिधिमा बैंकर मनोज ज्ञवालीले औल्याए ५ समस्या र ३ समाधान

बैंकर मनोज ज्ञवाली भन्छन-'ढुक्क हुनुहोस,कर्जामा ब्याजदर तत्काल घट्दैन' (विश्लेषण)

Share your thoughts!

Loading...

Trending