24 Jan, 2018 | १० माघ २०७४ | बुधवार


Bizpati Reporter

Follow us on

जागिर खुवाउने प्रबृत्तीलाई प्रोत्साहन गर्न गुडविलको आई एम एमबिए क्याम्पेन, सरोजकाजी तुलाधारसंगको अन्तर्वार्ता

Posted on:January 14, 2018

नेपाल नयाँ संबिधान निर्माणसंगै संघियतामा गएपछि नेपाल राष्ट्र बैंकले बैंक तथा  वित्तीय संस्थालाई स्थानीय तहमा पुगेर वित्तीय सेवा बिस्तार गरी सेवा दिन निर्देशन दिएकोछ। यससंगै कयौं बैंक वित्तीय संस्थाहरु आक्रामक रुपमा स्थानीय तहमा पुग्नेका छन् भने केहि तयारिमा छन। 

बैंक वित्तीय संस्थाहरुको संख्या वृद्धि भएपनि सस्थाको अनुपातमा नागरिकमा वित्तीय साक्षरताको बिस्तार हुन नसकेको तथ्यांक हाम्रो सामु छ  । आज करिब ६० प्रतिशत नेपाली नागरिक वित्तीय पहुँच भन्दा बाहिर छन् । 

यस्तो अबस्थामा बैंक  तथा वित्तीय संस्थाहरु स्थानीय तहमा पुग्नुलाई मात्र उपलब्धि मान्न नसकिने बिज्ञहरुको भनाई छ । व्यवसाय बिस्तारमा प्रतिस्पर्धा गरेका वित्तीय संस्थाहरु वित्तीय साक्षरताको अभियानमा भने सुस्त छन्  । यहि सन्दर्भमा वित्तीय सेवा प्रदान गर्ने उदेश्यले नेपाल राष्ट्र बैंकबाट ग बर्गको अनुमति लिई संचालनमा आएको राष्ट्रिय स्तरको फाइनान्स कम्पनी गुडविल फाइनान्सले अरु वित्तीय सस्था भन्दा एक कदम अगाडी बढेर वित्तीय साक्षरताको अभियान सुरु गरेको छ। 

अधिकांस वित्तीय संस्थाहरु व्यवसाय बिस्तार गरि कारोबारको भोलुम बढाएर बढी  मुनाफा कमाउन केन्द्रित भइरहेको बेला गुडविल फाइनान्सले   वित्तीय साक्षरता थाल्नु पर्ने आवश्यकता किन देख्यो भनि बुझ्न बिजपाटि डटकमले फाइनान्सका प्रमुख कार्यकारी अधिकृत सरोजकाजी तुलाधारसंग कुराकानी गरेको छ:

गुडविल फाइनान्सबाट 'आइ एम एमबिए' अभियान सार्वजनिक हुँदै गर्दा धेरैले बिद्यार्थी त्यो पनि एमबिए बिद्यार्थीलाई केन्द्रीत गरि फाइनान्सले कुनै नयाँ प्रोडक्ट ल्याएको होला भन्ने बुझेको पाइयो। यस क्याम्सापिएनको औपचारिक घोषणामा सहभागी हुन पुगेका सहभागी को बुझाई समेत यस्तै रहेको पाइयो । आइएम एमबीए भनेको के हो ?

पहिलोपटक आइएम एमबिए भन्ने शब्द सुन्दा  यो शब्द नयाँ र मनछुने खालको लाग्छ । तर यसलाई सामान्य शब्दमा 'मास्टर इन बचत एण्ड आर्जन' भनिन्छ । हामी  दशकौं देखि बैंकिङ क्षेत्रमा आबद्द छौं,  अब बचत र आर्जनको महत्त्वलाई प्राथमिकतामा राख्दैछौं। जबसम्म मानिसहरुले बचत गर्दैनन, त्यहाँ पैसा प्राप्तिको सम्भावना रहँदैन। 

जस्तो कि जब कसैसंग बचत खातामा पैसा हुन्छ, उसले ब्याजको रुपमा केहि पैसा प्राप्त गर्नुपर्ने हुन्छ । अर्को उदाहरण पनि हेर्न सकिन्छ , व्यवसायी जो सानो निक्षेपको लागि आउँछन, हामि त्यो निक्षेप लगानी गर्छौं । हामी ले उनीहरुलाई कर्जा प्रवाह गर्छौं र उनीहरुले त्यस बापत ब्याज तिर्छन। त्यसैगरि, यी व्यवसायीहरुले व्यक्तिगत परियोजनाबाट पैसा समेत कमाईरहेका हुन्छन । 

गुडविल फाइनान्स बचत र आर्जनमा नेपाली नागरिकलाई मास्टर बनाउने अभियानमा लागेको हो ? यो 'आइएम एमबीए' क्याम्पियनको फाइदाहरु के के छन् ?  

व्यवसायी सानो गाउँको होस कि ठुलो शहरको त्यो कुरा महत्त्वपूर्ण होइन । यदि उसले बचत गर्छ भने बढी पैसा प्राप्त हुन्छ  वा कमाइन्छ भन्ने उसलाई थाहा हुनुपर्छ  । जसरि बैंकहरुले कर्जा प्रवाह गरेर पैसा बनाउछन त्यसैगरि व्यवसायीहरुले पनि आफ्नो व्यवसायबाट पैसा बनाईरहेका हुन्छन । यसले रोजगारीको अवसरपनि सृजना गरिरहेको हुन्छ । यसरि जब धेरै रोजगारीहरु सृजना हुन्छन, धेरै मानिसहरुसंग आम्दानिको स्रोत हुन्छ। 

अर्को महत्त्व भनेको सरकारले  करदाताहरुबाट कर उठाएर पैसा प्राप्त गरेको हुन्छ । जब एक व्यक्तिले बचत र आर्जनको कला सिक्छ, उसले  अरु कयौंलाई सिकाउँन सक्छ। यो यस्तो सर्कल (जालो) हो जहाँ ठुलो संख्यामा मानिसहरु सामेल हुन्छन र यसले अन्तत देशको अर्थतन्त्रलाई उकास्न सहयोग गर्छ। 

आइएम एमबिए उद्धमी र व्यवसायीलाई लक्षित गरिएको जस्तो देखियो, तर बचत र आर्जन जस्तो महत्त्वपूर्ण बिषय युवा बिद्यार्थीमा केन्द्रित हुनुपर्ने होइन र ?

आइ एम एमबिए को मुख्य लक्षित वर्ग नै युवा जमात हो  युवालाई बचत गर्ने बानि बसाल्ने हो । चाहे यो बिद्यार्थी होस् ,गृहिणी,कर्मचारी वा अरु कुनै पेशामा आबद्व । सबैलाई बचतको बानि बसाल्ने र  युवा जमातलाई उनीहरुको बचत बैंकिङ क्षेत्रमा परिचालन होस् भन्ने यो क्याम्पेनको मुख्य लक्ष्य हो ।  

नयाँ र आकर्षक जस्तो लाग्ने आइ एम एमबिए कन्सेप्ट कहाँबाट कसरि जुट्यो ?

यो कुनै नयाँ कन्सेप्ट नै होइन ।  वास्तवमा नै भन्ने हो भने यो कन्सेप्ट बर्षौं देखि अभ्यासमा आएको बिषय हो  हाम्रो सन्दर्भमा भने वित्तीय पहुँच र बैंकिङ बानिको अवस्था हेर्ने हो भने सन्तोषजनक छैन। अहिलेपनि कुल जनसंख्याको ६० प्रतिशत नेपाली नागरिक बैंकिङ पहुँच भन्दा बाहिर छन । 

यो क्याम्पेन मार्फत बैंकिंग दायरा बाहिर भएका  ६० प्रतिशत नागरिकहरुलाई बैंकिङ पहुँचमा ल्याउने चाहना हो । उनीहरुको पैसा बैंकिङ च्यानलमा आएर बचत होस र उनीहरुलाई पनि आम्दानी होस भन्ने क्याम्पेनको लक्ष्य हो ।

नेपालका जति पनि एनजीओ र आइएनजीओं छन, उनीहरुले काठमाडौंमा सबै मान्छेहरु वित्तीय साक्षर छन र सबै ठाउँमा बैंकिङ पहुँच पुगेको भन्ने सोच बनाएर हुम्ला जुम्ला फोकस गर्छन। तर यथार्थ के हो भने काठमाडौंकै कयौं ठाउँहरु अहिले पनि बैंकिङ पहुँच भन्दा बाहिर छन। 

यो अभियान कहाँबाट कसरि सुरु गर्नुहुन्छ ?

हाम्रो यो अभियान सुरु भईसकेको छ । कलेजहरुमा विन्टर भ्याकेशन भएकाले अहिले सुरु गरेका छैनौँ। विभिन्न ठाउँहरुका वडा कार्यालयको संयोजकत्वमा टोलटोलमा यो कार्यक्रम गर्दैछौं । सुरुमा गुडविल फाइनान्सका शाखा कार्यालय भएका ठाउँहरुबाट यो क्याम्पेन थालेका छौँ र पछि सबैसंग हातेमालो गर्दै देशभर यो क्याम्पेन लैजाने लक्ष्य छ ।  

बैंकिङ पहुँच बाहिर रहेका ६० प्रतिशत नेपाली नागरिकलाई समेट्ने लक्ष्य सामान्य होइन, राष्ट्रिय स्तरको फाइनान्स कम्पनीको यस अभियान लाई कसरि लक्ष्यसम्म पुर्याउनुहुन्छ ?

बैंकिङ पहुँच भन्दा बाहिर रहेको संख्या ठुलो छ। त्यसैले हामीले अभियान थालेका छौँ। यो एउटा सुरुवात पनि हो । हामी धेरै कलेज स्कुलमा पुगेर वर्कसपको आयोजना गर्नेछौं, जहाँ हामीले उनीहरुलाई कसरि सहि तरिकाले बचत गर्ने भन्ने सिकाउछौँ । 

हामी बचत र ब्याजको मात्र कुरा मात्र नभई पैसा कसरि सुरक्षित राख्ने भन्ने पनि सिकाउछौं। हाम्रो लक्ष्य बिद्यार्थीहरुलाई मात्र वित्तीय साक्षरता र सचेतना बारे सिकाउने छैण  शिक्षक, स्कुल कलेजका अन्य कर्मचारी र जो त्यहाँ हुन्छन सबैलाई नै सिकाउनेछौं। 

हामी संग दुई फरक फरक सेसन छ। पहिलो भनेको हामि स्कुल र कलेज गएर सिकाउनेछौँ भने दोस्रो भनेको विभिन्न स्थानीय तहमा पुगेर गृहिणी लगायतका लाई यस बारे सिकाउनेछौं। यो आधा दिनको इभेन्ट हो, जहाँ जो कोहि पनि सहभागी हुन पाउँछ र यो पुरै निशुल्क हो। संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यो हाम्रो एउटा सानो प्रयास हो। 

'आई एम एमबीए' क्याम्पेनका लागि वर्कशप मात्र छ कि अरु पनि केहि छन जहाँबाट यो अभियानबारे इच्छुकले फाइदा लिन सकुन ?

यो क्याम्पेन वर्कसपमा मात्र सिमित छैन, हामीले यस बारे 'आम्दानिका लागि बचत' नामक पुस्तक पनि सार्वजनिक गरेका छौं। र यस सम्बन्धमा एप्स समेत ल्याएका छौँ। एप मार्फत प्रयोगकर्ताले बिदेशी मुद्रा सटहीको जानकारी, सुनचांदीको मुल्य बारे जानकारी, पुंजीबजारबारे समाचार र घोषणा लगायतको जानकारी पाउनेछन । साथै 'आम्दानिका लागि बचत' पुस्तक पनि यस एप्स मार्फत पढ्न सकिनेछ। 

अधिकांश वित्तीय संस्थाले निक्षेप केन्द्रित साक्षरता फैलाउदै गर्दा गुडविल फाइनान्सलाई नै यो अभियान थाल्नु पर्ने आवश्यकता किन खड्कियो ?

हेर्नुस, पहिलो स्पष्ट हुनुपर्ने कुरा के हो भने यो अभियान हो गुडविल फाइनान्सको कुनै प्रोडक्ट होइन । गुडविल फाइनान्सलाई नै फाइदा हुन्छ भनेर यो अभियान ल्याएका होइनौं। 

समाजबाट केहि लिएपछी समाजलाई पनि केहि दिनुपर्छ भन्ने हाम्रो मान्यता हो । अहिले डिपोजिट लिन मात्र साक्षरता बनाईरहेको अवस्था हो। तर हामीले आफुसंग भएको प्रोपर्टी सहि छ भने सहजै कर्जा पाइन्छ, कसैलाई भनसुन गर्नु पर्दैन भनेर पनि कर्जा लिन के के गर्नुपर्छ, के कस्ता कागजात चाहिन्छ भनेर सिकाउँन यो अभियान थालेका हौँ। 

मुख्यत: जागिर खाने भन्दा जागिर खुवाउने प्रबृत्तीलाई प्रोत्साहन गर्न आई एम एमबिए क्याम्पेन थालेका हौँ। गुडविल फाइनान्समा नै पुगेर खाता खोल्नुपर्छ र त्यहीं बचत गर्नुपर्छ भनेर यो अभियान थालेकै होइन । घरमा पैसा राख्दा असुरक्षित त हुन्छ नै त्यसले केहि आम्दानी पनि गर्दैन। बरु बैंक वा फाइनान्समा गएर बचत गर्दा पैसा सुरक्षति पनि हुन्छ र आर्जन पनि हुन्छ भनेर हामीले सिकाउने हो । यसबाट केहि बैंक वित्तीय संस्थालाई मात्र नभई समग्र देशलाई फाइदा हुने भएकाले हामीले यो अभियानको सुरुवात गरेका हौँ ।



Share your thoughts!

Loading...

Trending