‘लागतभन्दा प्रतिफल बढी भएकाले बजार बढ्छ'

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 08, 2018 | 09:24:54 AM मा प्रकाशित

laxmi  sunrise bank

नवराज सुबेदी 

शेयरबजारमा सम्बन्धित आम लगानीकर्ताले बुझ्नु पर्ने एउटै कुरा ‘बजार बढ्दा बेच्ने र घट्दा किन्ने’ भन्ने नै हो । बजार बढ्दा पनि र घट्दा पनि अवसर वा मौकाको रुपमा लिईनुपर्छ। हिजो आजको बजार घटाईलाई मैले शेयर खरिद गर्ने एक अवसरको रुपमा लिएको छु। 

आगामी २-३ महिना भित्रै बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने प्रतिफल खान पाइन्छ। फेरी अर्को ८-१० महिना अर्को बर्षको आकर्षक वित्तीय विवरणसंगै आकर्षक प्रतिफल पनि प्राप्त हुन्छ। सरसर्ती हेर्दा अबको १४-१५ महिना भित्रै २ बर्षको आकर्षक प्रतिफल लिन पाइन्छ ।

अब करा गरौ लागतको। ल मानिलिनुस हामीले अहिले भएको पैसा मुद्दती वा बचत खातामा जम्मा गर्यौ भने १४-१५ महिनामा बढीमा १४ प्रतिशत जति मुद्दतीमा र ८ प्रतिशत जति बचतमा प्राप्त हुन्छ। त्यहि पैसा यता शेयर बजारमा लगानी गर्ने हो भने राम्रा कम्पनीले त मानिलियौ प्रतिवर्ष १० प्रतिशत को दरले बोनस वा १५ प्रतिशतको दरले नगद लाभांश दिएछ भने पनि शेयर बजार कै प्रतिफलले जित्ने देखिन्छ । 

तर कम्पनीको छनौट भने उपयुक्त हुनु पर्छ । फेरी अर्कोतर्फ बजारमा प्राप्त हुने ‘क्यापिटल गेन’ त छदै छ । हामीले केहि ऋण नै लिएर लगानी गरेपनि लागत १५ प्रतिशत जति पर्न आउछ। जुन लागत अबको १४-१५ महिनामा प्राप्त हुने प्रतिफलले सजिल्यै थेग्ने देखिन्छ । 

अब बजार घट्छ भनेर नवबिज्ञहरु बढी सप्लाई, ब्याजदर बढ्नु, अनि धरको कोरेरै तल र माथि देखाउनु जस्ता कारण दिन्छन । र जब बढ्न थाल्छ अनि यिनै कुरालाई उल्टो र सुल्टो पार्दछन् । 

वास्तव मै आजभोलीको समय भनेको सरकारी पुँजीगत खर्च कम हुने समय साथै आम नेपाली जनताले क्यास बढी होल्ड गर्ने समय भएको हुँदा तरलता सम्बन्धि केहि कुरा आउनु स्वभाविक नै हो । तसर्थ अबको केहि समय मै वर्तमान सरकारले पुँजीगत खर्चमा तिब्र वृद्धि ल्याई तरलता समाधान साथसाथै लगानीमैत्री वातावरणको सिर्जना गरेर तिब्र आर्थिक विकास मा केन्द्रित हुनेछ । 

सबैतिर जलविद्युत, होटल, पर्यटन क्षेत्रमा उद्योग कै रुपमा लगानी बढ्नु, सदाको लागि राजनीतिक स्थायित्व हुनु आदि कुरा पक्कै पनि हाम्रो अर्थतन्त्रको लागि सुखद कुरा हो। जब अर्थतन्त्र मजबुद हुन्छ निश्चय नै शेयर बजारले तिब्र गति नलिने भन्ने कुरै हुदैन । फेरी अर्कोतर्फ हाम्रो पुँजीबजार युगान्तकारी परिवर्तनको पुर्व संध्या रहेको छ ।

पूर्ण स्वचालित अनलाइन,  बैंक वित्तीय संस्थालाई ब्रोकर लाइसेन्स, एनआरएनको आगमन, मार्जिन ट्रेडिङ, नियामक निकायको देशब्यापी लगानीकर्ता केन्द्रित गतिबिधि, साथै अन्य पुँजीबजार विस्तार विकास केन्द्रित भएर पूर्वाधारमैत्री प्रविधिमैत्री बजार बनाउन सकेमा र माथि उल्लेखित कुरा कार्यन्वयनमा आईहाल्ने संकेत देखिएकोले निश्चय नै हाम्रो पुँजीबजार क्रान्तिकारी छलाङ हान्नुको पुर्व संध्यामा छ भन्ने आभाष मिल्छ । 

अन्त्यमा आएर सारमा भन्नुपर्दा आम लगानीकर्ताले लगानी गर्नु पुर्व लगानी गर्ने कम्पनीको बारेमा अध्ययन गर्ने, अनुभविका कुरा सुन्ने, अर्थतन्त्रको अवस्थाबारे बुझ्ने, बजारको गति कता गईरहेको छ बुझ्ने, २४ घण्टा मध्ये ४ घण्टा किन्ने र बेच्ने समय, बाँकि २० घण्टा अध्ययन र सूचना संकलन गर्ने समय हो भन्ने बुझ्ने साथै सबैको कुरा सुनेर निर्णय आफै गर्ने बानीको विकास गर्न सकेमा निश्चय नै पुँजीबजारको साथ साथै हामी सबैको भविष्य सुन्दर हुनेछ । 

लेखक नेपाल पुँजीबजार संघका अध्यक्ष हुन। 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved