स्वास्थ्य क्षेत्रको सुधार अनसनले होइन, भरि पेटमा काम गरेर मात्र हुन्छ, ड़ा साब !

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 10, 2019 | 11:39:46 AM मा प्रकाशित

laxmi  sunrise bank

रामु खनाल

डा. केसी जब शुरु शुरुमा अनशन बस्थे तिनका मागहरु बिशुद्ध स्वास्थ्य सेवासंग सम्बन्धित हुन्थे, स्पेसिफिक हुन्थे र उहाप्रति निकै श्राद्धाभाव जाग्थ्यो ।तर अहिलेको अनशनसम्म आइपुग्दा उहाँको मागहरुमा यति विविधिकरण हुदै गएकि स्वास्थ्य सेवासग सम्बन्धित बिषय बाहेक राजनैतिक , सामाजिक र अन्तर्राष्ट्रिय कुराहरुपनि थपिन थाले। अनि लाग्न थाल्योकि नेपालमा तिन किसिमका सरकार छन, घाम सरकार , छाया सरकार अनि इच्छाधारी सरकार।

सरकार चाहे त्यो घामको होस वा रुखको जसले पनि डा. केसीलाई स्वास्थ्य सेवा सुधार गर्नुहोस र  त्यसको नेतृत्व पनि आफै गर्नुहोस् भन्न तयार हुन्छन् तर  डा. केसी आफै काम गर्न तयार हुदैनन् बरु बारम्बार अनशन बस्न तयार हुन्छन् । डा. केसीले साच्चिकै स्वास्थ सेवामा  सुधार गर्न चाहेको भने कामको नेतृत्व आफै गर्न पनि तयार हुनुपर्छ । खाली अनशन बसेर मात्र समस्या समाधान हुदैन डाक्टर साब!  त्यसको लागि काम गर्नु पर्छ काम । यदि उनले  काममा बिश्वास गर्थे भने उनी  आफै कार्यरत बिभाग त रामराज्य हुनुपर्थ्यो नि तर त्यहाको पनि ताल उहि छ । 

पहिला पहिला उनका अनशन बिशुद्ध स्वास्थ्य सेवा सग सम्बन्धित , गैर राजनीतिक चरीत्रका हुन्थे तर पछिल्ला पछिल्ला अनशनहरुमा  राजनीतिक रङ मिसिन थालेका छन् । जो सरकार बाहिर रहन्छन् ।  त्यसका लागि मसला बनी रहेका छन् । मास संबेदनसिलताको तरंगमा सरकार बाहिरका राजनीतिक दलहरू तरङ्गित भइ आफ्नो उपस्थिति देखाउने माध्यम बन्न पुगेका छन्  उनी । उनी अहिले यतिसम्म अनशन प्रेमी भए कि अनशन तोड्ने दिन नै अब अर्को अनशन कहाँ बस्ने होला , के बिषयमा बस्ने होला , कहिले बस्ने होला भन्दै सोच्दै जुस पिउछन होला ।

ड़ा साबका केहि मागहरू अजिब लाग्छ जुन खुला अर्थतन्त्र भएको मुलुकको आर्थिक सिद्धान्तसंग मेल नै खादैन। जुन उनको इच्छाधारी सरकारमा नै भर पर्दछ ।   केहि कुराहरुमा आधारित रहि  मेडिकल कलेज खोल्न रोक लगाउने , नपाउने आशयको जुन गजबको माग छ त्यसलाई अहिले खुली सकेका सबै प्राइभेट हस्पिटलहरुले पुर्णरुपमा  समर्थन गर्छन् र त्यसलाई समर्थन गर्दै स्वास्थ सेवा बन्द गर्ने काममा पनि पुर्ण सहयोग गर्छन् । डा. केसीको यो मागमा उनिहरुले यसरी  समर्थन गर्नुको कारण जनताको हितमा भन्दा पनि नया नया  मेडिकल कलेजहरु थपिए भने आफ्नो बिजनेसमा  कमि हुन्छ कि भन्ने पिरले मात्र हो । थोडि जनताको  पिरले हो !  

यदि उनीहरु साच्चिकै जनताको हितमा हुन्थे भने न्यून शुल्कमा स्वास्थ  सेवा उपलब्ध गराउथे  । खुला अर्थतन्त्र भएको मुलुकमा तोकिएको निश्चित मापदण्ड पुरा गरि सके पछि सबैलाई आफ्नो कारोबार गर्न छुट हुनुपर्छ,  यस्तो दोहोरो चरीत्र सहितको सिन्डिकेट हट्नु पर्छ। ब्यवसायमा प्रतिस्पर्धा भइ सके पछि मुल्य स्वत  कम हुदै जान्छ र जनता लाभान्वित हुन्छन् । स्वास्थ जस्तो संबेदनसिल बिषयमा बाहिर  बाहिर डा. केसीको समर्थन भन्ने तर भित्र भित्र अरु  थप प्रतिस्पर्धि आउला र हाम्रो बिजनेसमा कमि होला  कि भन्ने पिरले स्वास्थ संस्था  ठप्प पार्ने कार्य गर्नु हुदैन । स्वास्थ सेवा जस्तो संबेदनसिल क्षेत्र   ठप्प भइ सके पछि चाहे त्यो घाम सरकार होस वा रुख सरकार , सरकार दवाबमा परिहाल्छ अनि डा . केसी सग  सम्झौता गर्न  बाध्य हुन्छ  तर पछि  कार्यन्वय नै  हुदैन । यो क्रम तब सम्म निरन्तर चलिरहन्छ जब सम्म डा. केसिको सोचाइमा स्वास्थ सेवाको सुधार  अनशन बसेर  आउदैन  काम गरेर मात्र सुधार आउँछ भन्ने कुराको बिकास हुदैन । 

घाम सरकार,छाया सरकार र इच्छाधारी सरकारको चेपुवामा जनता नफसुन। मैले जे भन्यो त्यही हुनुपर्छ होईन भने मैले केहि खान्न भन्ने इच्छाधारी सरकारको बालहट हट्न जरुरी छ । स्वास्थ सेवाको सुधार केहि नखाएर सुतेर हुदैन खाएर काम गरेर मात्र हुन्छ डाक्टर साहेब !!!


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved