सेयरबजारमा हकप्रदको 'भद्रगोल': तालुकी अड्डालाई वास्ता छैन

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Feb 08, 2019 | 11:08:44 AM मा प्रकाशित

laxmi  sunrise bank

हकप्रद घोषणा गरेर जारी हुँदासम्मको लागि कति समय चाहिएला ? यसको जवाफमा ठ्याक्कै यति नै समय लाग्छ भन्न सकिन्न र धितोपत्र वोर्डले पनि यसको लागि लाग्ने समय अनुमान गरेर कुनै नियम पनि बनाएको छैन | हकप्रद सम्बन्धि छुट्टै कानुन चाहियो भनेर बारम्बार आवाज उठ्दा पनि अहिलेसम्म वोर्डको कानमा पर्नसकेको छैन | 

हकप्रद धितोपत्र बजारमा एउटा विकृति बनिसकेको छ तैपनि हकप्रद व्यवस्थित बनाउने धितोपत्र बजारको तालुकी अड्डा भने चिरनिद्रामै छ | खासगरी लघुवित्तले वर्षैपिच्छे हकप्रद जारी गर्दै आउनुको पछाडी अवितरित शेयर लिलामी मार्फत प्राप्त हुने गैर-व्यवसायिक आम्दानी (प्रिमियम रकम) नै हो जुन वार्षिक खुद मुनाफा भन्दा कयौं गुणा बढी हुन्छ | यसैको लोभ र मोहमा परेर हरेक वर्ष लघुवित्तले हकप्रद घोषणा गर्दै आएका छन् | 

हकप्रद जारी गर्ने लघुवित्तको भिडमा हालै मेरो माइक्रोफाइनान्स पनि शतप्रतिशत हकप्रद शेयर जारी गर्ने लाममा उभिएको छ | आर्थिक वर्ष २०७४/७५ को आम्दानीबाट १५ प्रतिशत बोनस जारी गरि ११ प्रतिशत नगद लाभांश वितरण गरेको कम्पनीले त्यसपछि कायम हुने पूँजीमा शतप्रतिशत हकप्रद जारी गर्ने  प्रस्ताव गर्यो | तर अचम्म लाग्दो कुरो के भने थप पूँजी चाहिएको कम्पनीले किन नगद लाभांश वितरण गर्यो भन्ने हो | नगद लाभांश बाँडेको रकम समेत पहिले नै पूँजीकृत गर्न सकिने हुँदाहुँदै पनि नगद लाभांश बाँड्नुको औचित्य के थियो | कम्पनीलाई पूँजी चाहिन्छ भने भएको रकम किन बाँडियो ? उत्तर अनिर्णित छ |  

उदाहरण जति पनि

मेरोको जस्तो उदहारण जति खोजे पनि भेटिन्छ | २६ प्रतिशत नगद लाभांश बाँडेको वोमी लघुवित्तले पनि अहिले आएर विशेष सभामा शतप्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव गरेको छ | केहि समय अघि महुली लघुवित्तले पनि स्वतन्त्र जगेडा रकम पर्याप्त हुँदाहुँदै पनि हकप्रदको प्रस्ताव गरेको थियो | साथै नगद लाभांश समेत खाएको थियो | त्यस्तै नाड़ेप र उन्नति लघुवित्तले पनि साधारण शेयर बाँडफाँड गर्नासाथ हकप्रद मागेका थिए | यसमा पनि उही अवितरित हकप्रद बेचेर गैर-व्यवसायिक (प्रिमियम रकम) लाभ लिने निहित स्वार्थ लुकेको थियो | यसरी गैर-व्यवसायिक लाभ लिने छिद्र धितोपत्र वोर्डले दिएको हुँदा यसबाट हात्ती छिरेको वोर्डले पत्तो नपाएको भने पक्कै हैन | 

हरियो घाँस बनेको हकप्रद 

कतिपय कम्पनीले हकप्रद घोषणालाई मुल्य नघटाउने अस्त्रको रुपमा लिएर अल्झाउने मेसो गरेका छन् भने कतिपयले हकप्रदको हरियो घाँस देखाएर लगानीकर्ता रेट्ने अस्त्र पनि बनाएका छन् | यो भिडमा मेरो माइक्रोले भने घोषणा भएदेखि बुक क्लोजसम्म जम्मा ४ महिना १५ दिनमै हकप्रद जारी गरेर देखाएको छ | यसको अर्थ कम्पनीले चाहेमा यस्तो कार्य अझ कम समयमा पनि हुनसक्ने रहेछ भन्ने एउटा सन्देश गएको छ | हकप्रदको पछि लाग्ने बजार भएकोले यसलाई ‘हतियार’ बनाएर बारम्बार हकप्रद घोषणा गरेर कार्यान्वयन नगर्ने र पुनः हकप्रद जारी हुँदैछ भन्ने सूचना दिईरहने कम्पनीको कमि शेयरबजारमा छैन | कतिपय कम्पनीले हकप्रद जारी गर्ने प्रस्ताव संचालक समितिबाट घोषणा मात्र गरेर साधारणसभामा लाँदै नलगी त्यत्तिकै तुहाएका छन् भने कतिपयले साधारणसभाबाट पारित गराएर वोर्डसम्म नपुर्याएको घटना पनि पर्याप्त छन् | पछिल्लो समयमा पनि केहि कम्पनीले हकप्रद घोषणा गरेर त्यसलाई साधारणसभामा पारित गराए पनि जारी गर्ने तर्फ कुनै पहल गरेका छैनन् | गुराँस लाइफ इन्सुरेन्सले धितोपत्र वोर्डबाट हकप्रद जारी गर्न स्वीकृति लिए पनि जारी गरेन |

मेरो माइक्रोको हकप्रद घोषणादेखि बुक क्लोजसम्मको घटनाक्रम

  

गतिविधि र निर्णय

मिति

शतप्रतिशत हकप्रद शेयर जारी गर्ने निर्णय

आश्विन ९ गते

छैटौं वार्षिक साधारणसभाद्वारा पारित

कार्तिक ९ गते

धितोपत्र वोर्डमा हकप्रद जारी गर्न अनुमति माग्दै आवेदन

मंगसिर २४ गते

वोर्डद्वारा कम्पनीलाई टिप्पणी पठाएको

पौष २५ गते

कम्पनीद्वारा टिप्पणीको जवाफ

पौष ३० गते

हकप्रद विक्री गर्न स्वीकृति

माघ १३ गते

हकप्रदको लागि बुक क्लोज

माघ २४ गते

घोषित अलपत्र हकप्रद 

कम्पनी

साधारणसभाद्वारा पारित

वोर्डमा आवेदन

पछिल्लो अवस्था

श्रीराम सुगर मिल्स (३ सय प्रतिशत

२०७३ चैत्र २८

२०७४ बैशाख २८

आवश्यक कागजात माग पश्चात २०७४ मंगसिर ८ मा अद्यावधिक कागजात प्राप्त त्यसपछि अतिरिक्त कागजात माग र २०७४ फाल्गुनमा प्राप्त

अपि पावर कम्पनी

(२ सय प्रतिशत)

पटक-पटक

पटकपटक

हकप्रद जारी गर्ने सम्बन्धि प्रस्ताव एकपटक मात्र हैन पटकपटक साधारणसभाले पारित गर्दै वोर्डमा आवेदन गर्दै तर किन जारी भएन भन्ने प्रश्न अनुत्तरित |

रिडी हाइड्रोपावर (१ सय प्रतिशत)

आश्विन २० गते

हालसम्म नगरेको

२०७५ आषाढ १९ गते घोषणा गरेर आश्विन २० गते  पारित भएको भए पनि अझसम्म अनुमतिको लागि आवेदन नगरेको |

अरुण भ्याली हाइड्रोपावर (१ सय प्रतिशत)

 

गरेको छैन

२०७४ फाल्गुन ७ गते घोषित र २०७५ मंगसिर २८ गते पारित तर अहिलेसम्म वोर्डमा आवेदन नभएको |

बरुण हाइड्रोपावर

२०७३ आषाढ २० गते

२०७५ जेष्ठ २२

टिप्पणीको जवाफ प्राप्त भएको उल्लेख गरिएको छ |

सिर्जना फाइनान्स (६० प्रतिशत)

२०७५ जेष्ठ १२

२०७५ आश्विन २

 

आश्विन २६ गते टिप्पणी पठाएको

एसियन लाइफ इन्सुरेन्स (६० प्रतिशत)

२०७५ आषाढ १९ गते

२०७५ मंगसिर १९

टिप्पणीको जवाफ प्राप्त भएको उल्लेख गरिएको छ |

मल्टीपर्पोज फाइनान्स (८६५ प्रतिशत)

२०७५ भाद्र ११ गते

२०७५ जेष्ठ २७ गते

पौष २५ गते टिप्पणी पठाएको

हाइड्रोइलेक्ट्रिसिटी डेभलपमेन्ट कम्पनी (शतप्रतिशत)

२०७५ पौष ३० गते पारित

गरेको छैन

२०७५ श्रावण १४ गते सार्वजनिक भएको निर्णय पारित गर्न ५ महिना लागेको छ | वोर्डमा दर्ता गराएर स्वीकृति लिन कति समय लाग्ने हो निश्चित छैन | तर सरकारले हाल्नुपर्ने ५ अर्ब भने आइसकेको छ |

ग्रामिण विकास लघुवित्त (५० प्रतिशत)

२०७५ आश्विन ५ गते

गरेको छैन

पारित भएको पनि ४ महिना नाघिसकेको छ तर अहिलेसम्म पनि स्वीकृतिको लागि प्रक्रिया शुरु नभएको |

अहिले घोषणा भएका तर लगानीकर्ताले विर्सिसकेका हकप्रद सम्बन्धि सूचना अलपत्र अवस्थामा रहेका उदाहरण प्रशस्त छन् | घोषणा भएका हकप्रद सम्बन्धी थप विवरण तालिकामा प्रस्तुत गरिएको छ|

यी माथिका हकप्रद सम्बन्धि निर्णय, स्वीकृतिको लागि आवेदन नगर्नु गरेकाले पनि निरन्तर त्यसको पछि नलाग्नुले कम्पनीलाई थप पूँजी चाहिएको हो भन्ने पुष्टि गर्दैन | यसरी मनपरीरुपमा हकप्रद घोषणा गर्नुको कारण भाउ स्थिर राख्नु र हरियो घाँस देखाउनु बाहेक अरु केहि देखिन्न | यी त केहि नमुना मात्र संकलन गरिएको हो | यस्ता अनगिन्ती घटना रहेका छन् | यसका लागि वोर्डले अविलम्व हकप्रद सम्बन्धि स्पष्ट कानुन आवश्यक छ भन्ने संकेत गर्छ | तर वोर्डलाई यस्तो संकेतलाइ छोएको देखिन्न | बन्ने हकप्रद सम्बन्धि कानुनमा लिलामी प्रक्रियालाइ पूर्णत रोक लगाउनुको विकल्प छैन | यसो गर्नासाथ कम्पनीले अत्यनत आवश्यक परेमा मात्र हकप्रद जारी गर्नेछन | नत्र गैर-व्यवसायिक लाभको लागि जति पनि हकप्रद जारी गरिरहनेछन् |   

(शेयरबजार जानकार तथा अधिबक्ता ज्योति दाहालसंगको सहयोगमा तयार पारिएको )

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved