टिप्पणी: शेयरबजारको जालमा फसेपछि फुत्किन गाह्रो छ, सबैले कमाउछन नै भन्ने हुन्न

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 22, 2019 | 02:46:35 PM मा प्रकाशित

laxmi  sunrise bank

शेयरबजारमा लगानी गरेर पूँजीगत लाभ सबैले लिन्छन र कमाउछन् भन्ने हुन्न लगानी वार्षिक प्रतिफलको लागि पनि गर्नुपर्छ तर यस्ताको संख्या कम छ कम्पनिगतरुपमा जो पनि घाटामा हुनसक्छन तर कम्पनीले दिने प्रतिफलले त्यसलाई मल्हमपट्टी गर्नसक्छ। यस्तो मल्हमपट्टीलेअहिले तत्काल घाटा देखाए पनि २/३ वर्षपछि नाफामा जान्छ  लगानी गर्ने वित्तिकै नाफा आइहाल्दैन केहि समयको प्रतिक्षा चाहिँ गर्नपर्छ 


दीर्घकालीन लगानीका कुरा

 

धेरैलाई के लाग्छ भने शेयरमा लगानी गर्नु भनेको सुति-सुति खाने चिज हो  यस्तो पनि हुन्छ तर वर्षमा निश्चित (पहिलो वर्ष कम्तिमा ५ प्रतिशत) छ भने लामो समयको धारणले भने सुति-सुति खान पनि दिन्छ तर यहाँ त वार्षिक १ प्रतिशत पनि प्रतिफल नभएको कम्पनीमा लगानी गरेर त्यसलाई दीर्घकालीन लगानी गरेको सम्झनेको संख्या धेरै छ 


केहि समय अघि शेयरबजारका एक हस्ती उपस्थित एक कार्यक्रममा तिनै हस्तिसँगको प्रश्नोत्तरको क्रममा एकजना लगानीकर्ताले कुनै एक कम्पनीको शेयर २८ सयमा किनेर दीर्घकालीन लगानी गरेको बताएका थिए । उनले शेयर किनेको उक्त कम्पनीको त्यतिबेलाको वार्षिक लाभांश दिने क्षमता ३० प्रतिशत रहेको थियो  उक्त कम्पनीले वर्षेनी पूँजी बढाउँदै जाँदा लाभांश क्षमता घट्दै गएको छ  दीर्घकालीन लगानी यहिँ असफल हुन्छ  अहिले पनि बजारमा वार्षिक प्रतिफल ८ प्रतिशतसम्म भएका कम्पनी जति पनि छन् तर कसैको पनि आँखा लागेको देखिन्न 


शेयरनेताको बहकाउ

शेयरनेताले बिना आधार र कारण तथानाम बजार बढ्छ कि बढ्छ भन्दै लगानीकर्तालाई बहकाउनसम्म बहकाए, र बढ्छ भन्दै सबै (आफूसमेत)केहि नसोची जति मूल्य पनि हाल्न तयार भए , त्यसैको परिणामस्वरूप अहिले ति आफु पनि फसे अरुलाई पनि फसाए  माकुरोको जालोमा परेको झिंगा बरु फुत्केला शेयरबजारको जालमा फसेका व्यक्ति फुत्किन गाह्रो छ  मन बहकाउनलाई भित्तामा घटेको हो नबेचेसम्म घाटा हुन्न भने पनि त्यो फगत चित्त बुझाउने बाटो मात्र हो । बाढी-पहिरोले बगाएको खेतबारीको लालपूर्जा छ भन्नु र भित्तामा घटेको हो भन्नुमा कुनै अन्तर छैन ।


अर्थमन्त्री युवराज खतिवडाले भन्ने गरेको कम्पनीको प्रोफाइल हेरेर लगानी गर्नुस भन्ने कुरा यहिँनेर मेल खान्छ । संसारको कुनै पनि देशका अर्थमन्त्री (सरकार) ले जतिमा पनि शेयर किन भन्दैन । खतिवडाले पनि यहि कुरा गरेका हुन् उनको भनाईलाई आपत्तिजनक मान्नुपर्ने कुनै आवश्यकता छैन । सम्भवत यिनै खतिवडाले शेयरबजारलाई सबैभन्दा बढी सम्बोधन गरेको अनुमान गर्न सकिन्छ । अर्थमन्त्रीमा नियुक्त भएपछिको पहिलो नीतिगत दस्तावेज श्वेतपत्रदेखी बजेटसम्म आइपुग्दा प्रशस्त सम्बोधन गरेका छन् । त्यसको प्रभाव र परिणाम देखिन समय लाग्छ । चाउचाउ जस्तो किन्ने वित्तिकै खोलेर खान सकिने गरि परिणाम आउन सक्दैन । यिनै खतिवडाले आफु केन्द्रीय बैंकमा हुँदा गरेको निर्णय त्यतिबेलाको लागि असहज र असान्दर्भिक भनेर मुड्की बजारेका कयौं थिए तर अहिले आइपुग्दा त्यो निर्णय ठिक थियो भन्ने अहिले देखिएको छ ।


शेयरबजारलाई बेला बेलामा पिडा दिने मूल्य अभिवृद्धि करउनैले सदाको लागि समाप्त पारिदिए । त्यतिबेला शेयरनेता नै यस्तो कर लगाउनैपर्छ भनेर वक्तव्यबाजीमा नआएका हैनन् । अहिले स्थायी लेखा नम्बर (प्यान) लगाउने भन्ने धितोपत्र वोर्डको निर्णय आएको छ यसमा पनि शेयरनेता चुकेका छन् । यसको उपादयेता खोज्नुको सट्टा यस्तो नम्बर लिन लाग्ने समयको अनावश्यक बहसमा उत्रेका देख्दा थिमीको बाटोउखान चरितार्थ गरेका छन् । मूल्य अभिवृद्धि करको मर्म नै नबुझि दलाल कमिसनमा लाग्ने हो भन्दै अपव्याख्या गरेर दुनियाँलाई वेवकुफ पनि बनाए । जवकी यस्तो कर आम्दानी (कमिसन) मा लाग्दैनथ्यो र लाग्ने पनि हैन ।


दलाललाई सक्नुपर्छ भन्ने मानसिकताबाट प्रेरित भएर यस्ता नेताले शेयरबजारकै हुर्मत लिनसम्म लिए । संसारमा शेयरबजारमा मुख्य भूमिका दलालको हुन्छ । शेयरबजारको वास्तविक शुरुवात गराउने नै दलाल हुन् तर यिनै दलाल यहाँ भने चोरपनि बने । अनुमति दिने निकाय पनि मुकदर्शक बन्यो र त्यसैको साक्षी किनारमा उभियो । अहिले प्यानको सन्दर्भमा पनि दलालले लाभकर आफैले उठाएर खायोभन्ने अनर्गल प्रचार गरेर प्यान लगाउने कार्यलाई फेरी सदर गर्ने दुस्साहस गरेका छन । प्यानको अन्तर्य अर्कै छ । यस बारेमा छुट्टै चर्चा गरिनेछ । वास्तवमा यी शेयरनेता बजारको पक्षमा भन्दा आफ्नो प्रचार गर्न र लगानीकर्ता भाँड्न मात्र उद्धत देखिएका छन । बजारका वास्तविक कुरालाई कहिले पनि अगाडी ल्याएको देखिन्न ।


बंगलादेशको अनुभव

सन् २०१०/११ मा बंगलादेशमा पनि एक वर्षमै बजार दोब्बर बढ्यो तर अर्को एक वर्षमा बजार जति माथि बढेको थियो त्यति नै घट्यो र अहिलेसम्म २०१०/११ मा पुगेको बिन्दु अझ भेटेको छैन । त्यतिबेलाको संकटले ९ लाख ६० हजार बंगलादेशी नागरिकलाई पैत्रिक सम्पत्ति नै गुमाउन बाध्य बनायो । त्यतिबेलाको पिडितहरु अहिले पनि त्यसबाट उत्रन सकेका छैनन् । त्यतिबेला शेयरबजारमा भएको घोटालाको छानविन गर्न बंगलादेश बैंक (केन्द्रीय बैंक) का डेपुटी गभर्नर इब्राहिम खलिदको संयोजकत्वमा गठित छानविन समितिले ढाका स्टक एक्सचेन्जका पूर्व अध्यक्ष रकिबुर रहमानबंगलादेश सेक्युरिटीज एण्ड एक्सचेन्ज कमिसनको अध्यक्ष जियाउल खान्देकरसदस्य मन्सुर आलम र बंगलादेश नेशनलिस्ट पार्टीका नेता मोसादेक अलि फालु समेतलाई दोषी ठहर गर्दै प्रतिवेदन दिएको थियो । प्रतिवेदनमा कमिसनको शिघ्र सुधार गर्न समेत सुझाव दिएको थियो ।यसैको परिणामस्वरुप कमिसनको सुधार प्रक्रिया शुरु भयो । शेयरबजार सम्बन्धि मुद्दा हेर्न छुट्टै न्यायधिकरण गठन गरियो । यस घि ढाका म्युनिसिपल मजिष्ट्रेटकले सुनुवाई गर्थ्यो । न्यायधिकरणको स्थापना पछी १९९६ को मुद्दा समेत यसै अदालतमा सरेको थियो । अहिले कमिसनमा ढाका विश्वविद्यालय अन्तर्गत अर्थशास्त्रका प्राध्यापक एम. खैरुल हुसेन अध्यक्ष रहेका छन् । हुसेनको आगमनपछि बंगलादेशको शेयरबजारले गुणात्मक फड्को मारेको देख्न सकिन्छ ।


त्यस्तै सन् २०१५/१६ मा चिनिया शेयरबजारमा पनि संकट आयो । चिन सर्वगुण सम्पन्न देश भएर पनि शेयरबजारमा संकट आउनु अनौठो हुनसक्छ तर संकट जसलाई पनि आउन सक्ने रहेछ भन्ने कुरा बुझ्नुपर्छ । नत्र भने त्यहाँ नआउनु पर्ने थियो । तर त्यहाँ पनि संकट आयो । छिटो धनि चाहनाले छिटै गरिव पनि बनायो ।


इन्डेक्सको कुरा

इन्डेक्सलाइ हल्लाउने सिमित कम्पनी हुन्छन । नेपालको सन्दर्भमा ५ वटा कम्पनी काफी हुन्छ । अहिले पनि नेपाल टेलिकम इन्डेक्स हल्लाउन एक्लै सक्षम छ । यसको १ रुपैयाँ मात्र घट्दा पनि पूँजीकरणमा १५ करोड घट्छ । मानौं कुनै दिन २० रु. घट्यो भने यसको पूँजीकरण ३ अर्ब घट्छ । कुल पूँजीकरणमा नेपाल टेलिकमको मात्र ८ प्रतिशत हाराहारीमा योगदान रहेको छ । यो क्रम अझ ५ वर्ष कायम रहनसक्छ । दोस्रो ठूलो पूँजीकरणमा नेपाल इन्भेष्टमेन्ट र नबिल मध्ये एउटाको योगदान रहन्छ र यसको योगदान ५ प्रतिशत हाराहारीमा रहन्छ । अब यी ३ वटा कम्पनीले इन्डेक्सलाइ जता पनि हल्लाउन सक्छ । अब लगानी गर्नेले यसैलाई मात्र हेर्ने हो भने यिनै ३ वटा कम्पनीमा लगानी गरे हुन्छ हैन भने यसको (इन्डेक्स) घट्यो सक्कियो भन्दै अरण्यरोदन गर्नुको औचित्य छैन ।

 

नेपालका कुरा

 

नेपालमा शेयरबजारको यथोचित सम्वोधन र विकासमा सरकार र नियमक नै चुकेका छन् । सरकार शेयरलाई उपभोग्य वस्तु जस्तो बनाइरहेको छ र बेच नाफा कमाउ कर तिर भनिरहेको छ । सरकारलाइ कर मात्र चाहिएको छ । नियमक राहत जस्तो १० कित्ता बाँडेर गुणात्मक विकास गरेको भ्रममा छ । कयौं कानुन बनाएको छैन । कम्पनीलाइ खुलेआम मनपरी गर्न दिएको छ । भित्रि कारोबार नैसर्गिक अधिकार जस्तै बनेको छ । समस्याग्रस्त शेयरबजारमा आफु सचेत हुनु बाहेक अरु कुनै उपाय देखिन्न । बुझेर सोचेर लगानी गरौं अरुको भर नपरौं ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved