नेपालका बैंकर: छैन बैंकान्स्योरेंस,दान र उत्तरदायित्वबीचको अन्तर छुट्याउने अक्कल

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 05, 2019 | 01:58:05 PM मा प्रकाशित

laxmi  sunrise bank

पछिल्लो समय बैंक वित्तीय संस्थाहरुले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत गरेको काम तथा बैंक र बिमा कम्पनीबीच बिमा सेवा दिनेबारे भएको सम्झौताका समाचारहरु प्रशस्त भेटिन्छन। दैनिक जसो कुनै न कुनै संस्थाले यस्ता सम्झौता गरेका हुन्छन।

तर बैंक वित्तीय संस्थाहरुले जुन कामलाई संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गतको काम भनेका छन। केहिले गरेका काम बाहेक सबैलाई सीएसआर अन्तर्गतको काम भन्न नमिल्ने बिज्ञहरुको भनाई छ। अहिले कहिले बाहेक अधिकांशले गरेको काम बैंकहरुले गर्ने सामाजिक उत्तरदायित्व अन्तर्गतका काम नभई कुनै एनजीओं आइएनजीओ ले गर्ने काम भएको उनीहरुको आलोचना छ। 

नेपाल राष्ट्र बैंकले बैंक वित्तीय संस्थाहरुलाई खुद मुनाफाको १ प्रतिशत संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत खर्च गर्नुपर्ने कानुनी प्राबधान राखेको छ। तर बैंकहरुले सामाजिक उत्तरदायित्व अन्तर्गतको यस्तो पैसा आफु निकटका संघ संस्थाहरुलाई पुस्तक, सिरग, वितरण गर्न तथा भोजभतेरमा खर्च गरेको पाइएको छ। 

'सामान्यतया वित्तीय साक्षरता फैलाउन किसिमले यस्तो बजेट खर्चुनीपर्ने थियो, तर यहाँ त एनजीओले झैँ भटाभट सामान वितरण गर्ने होडबाजी चलेको छ, यसमा कडाई हुनुपर्छ' एक बिज्ञले बिजपाटीलाई बताए, 'जनताको पैसा जनतालाई नै वित्तीय साक्षर बनाउन लगानी हुनुपर्छ भन्ने कुरामा  नेपाल राष्ट्र बैंक आफैं यो बिषयमा सचेत हुन सकेन।' 

त्यसो त बैंकहरुका संचालक तथा व्यवस्थापनमा रहेकाहरुले आफ्नो वा आफ्नाहरुको नाममा एनजीओ खोल्ने र त्यहि संस्था मार्फत सीएसआर अन्तर्गतको बजेट खर्च गरेको पाईएपछि राष्ट्र बैंकले मौद्रिक नीतिमा भएको यसअघिको व्यवस्थालाई संसोधन नै गरेर वित्तीय साक्षरताका कार्यक्रममा मात्र सीएसआरको बजेट खर्च गर्न पाउने व्यवस्था गरेको छ। 

'वित्तीय साक्षरता फैलाउने बाहेकका कुनै पनि काममा सीएसआर अन्तर्गतको बजेट खर्च हुन्छ भने त्यसलाई सामाजिक उत्तरदायित्व भन्न मिल्दैन, तपाईहरुले पनि झोला बाँडेको, बिस्कुट बाँडेको कामलाई बैंकहरुको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गतको काम भनेर प्रचार नगर्नुहोस' लामो समयदेखि वित्तीय साक्षरताको क्षेत्रमा काम गर्दै आएका एक अधिकारीले बिजपाटीलाई बताए। 

बैंकान्स्योरेंसको झुटो प्रचार

त्यस्तै दैनिक जसो कुनै एउटा बैंक र अर्को बीमा कम्पनीबीच बैँकान्स्योरेंस सम्बन्धी सम्झौता भन्ने खबर पढ्न पाइन्छ। त्यसो त नेपालमा अहिलेसम्म बैंकान्स्योरेंसको अभ्यास नभएको भन्दै बिजपाटी डटकमले बिगत ७ महिनादेखि नै यो शब्दको प्रयोग गरेको छैन। यसरी आउने बिज्ञप्तीलाई 'बैंक र बीमा कम्पनीबीच बीमा सेवा सम्बन्धी सम्झौता' भनेर समचार सम्प्रेषण गर्दै आएको छ। 

त्यसो त बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बीमा कम्पनी र बैंकहरुले भन्दै आएको 'बैँकाइन्स्योरेन्स सम्बन्धी सम्झौता' गलत भएको बिजपाटीलाई बताएका छन। 'अहिलेसम्म नेपालमा कसैले पनि यस्तो प्रोडक्ट ल्याएको छैन त्यसैले 'बैँकाइन्स्योरेन्स सम्बन्धी सम्झौता' भन्न पाइदैन' पौडेलले भने। यस्तो शब्द प्रयोग गर्न नहुने भएपनि बैंक तथा बीमा कम्पनीहरुलाई बीमा समितिले भने कुनै कारबाही गर्न सकेको छैन।  

हिजोका दिनमा कुनै एउटा बीमा एजेन्टले एउटा ब्यक्तीलाई बीमा गर्न प्रेरित गरि बीमा गर्ने गर्थ्यो भने आज त्यो काम एउटा बैंकले गर्ने गरेको छ। यसलाई 'बैँकाइन्स्योरेन्स सम्बन्धी सम्झौता' भन्दा पनि संस्थागत एजेन्टका लागि सम्झौता भन्नुपर्ने बीमा बिज्ञहरु बताउछन। 

सामान्यतया कुनै एउटा बैंकले बीमा तथा निर्जिबन बीमा कम्पनीसंग मिलेर आफ्ना ग्राहकहरुलाई बीना सर्त बीमा सेवा दिने सम्झौतालाई बैंकान्स्योरेंस भन्ने गरिन्छ। तर अहिले बैंकहरुले त्यस्तो नगरी आफु संस्थागत एजेन्ट हुँदा त्यसलाई 'बैंकान्स्योरेंस' सम्झौता भनेर प्रचार प्रसार गरेका छन। 

बैंकान्स्योरेंस सम्झौतामा बीमा समितिको स्वार्थ 

बीमा व्यवसायको बिस्तारबारे ठोस अध्ययन नगरी बीमा समितिले जसरि जीवन तथा निर्जीवन बीमा कम्पनि संचालन गर्न नयां लाइसेन्स बाड्यो। त्यहिअनुसार बीमा बजार फस्टाउन नसकेपछि बीमा गर्नेको संख्या बढाउन बैंकान्स्योरेंस को नाम दिएर काम गरिएको बताइन्छ। 

बीमा व्यवसाय आफैंमा एजेन्टबेस व्यवसाय हो। बिगतमा एजेन्ट आफै बीमा गर्नेकोमा पुगेर उसको बीमा गर्ने हुँदा बिमितप्रति एजेन्ट बढी जिम्मेवार हुन्थ्यो तर अहिले बैंक आफैले गरिदिने हुँदा बिमा पोलिसी किन्न र भुक्तानीलाई सहज भएपनि दाबी भुक्तानीलाई भने असहज भएको केहि बिमितहरुको भनाई छ। 

बैंकान्स्योरेंस सम्झौताले बैंकर र एजेन्ट छुट्याउन अफ्ट्यारो 

बैंकान्स्योरेंस को लहड चलेपछि अधिकांस बैंकहरुले आफ्ना कर्मचारीलाई एजेन्ट नै बनाएका छन। अधिकांश बैंकहरुले आफ्ना टेलरमा बस्नेदेखि उच्च पदमा रहनेहरुलाई एजेन्टलाई झैँ टार्गेट नै दिएको पाइएको छ। त्यसैले पनि तनाब झेल्ने नसकेपछि जब छाड्नेहरुको संख्या धेरैछ। बाणिज्य बैंकहरुमा यस्तो समस्या धेरै पाइएको छ।     

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved