बुद्धिजीवीको उदेकलाग्दो पारा, बिदेशी कुटनीतिज्ञ बोलाएर नेपालको बेइज्जत

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 11, 2019 | 12:59:50 PM मा प्रकाशित

laxmi  sunrise bank

'भ्रमण बर्ष २०२०' बिषयमा अन्तरकृया राखेर ट्राभल हिमालय म्यागेजिन समुहले नेपालको गर्नुसम्मको बेइजत गरेको छ। परराष्ट्र मन्त्री प्रदिप ज्ञवाली, बिभिन्न देशका राजदुत तथा कुटनीतिज्ञहरु, नेपाल तथा विदेशका पर्यटन व्यवसायीहरुलाई डाकेर बिभिन्न मिथ्या सहितको पुरानो तथ्याक देखाएर नेपालको गर्नुसम्मको बेइजत गरिएको हो।   

पाहुनाहरुलाई म्यागेजिनको वार्षिकोत्सव छ भनेर डाकिएको उक्त कार्यक्रममा सचार माध्यमहरुलाई भ्रमण बर्ष २०२० बिषयमा बिशेष अन्तरकृया भनेर निमन्त्रणा गरिएको थियो। 

तर आयोजक समुहका ट्राभल हिमालय म्यागेजिनका सम्पादक राजाराम गिरीले कार्यक्रमको तालिका भन्दा बाहिर गएर पावर पोइन्ट प्रिजेन्टेशन गर्दै नेपालको बेइजत गरेका छन। भारत, इजरायल, बंगलादेश, अष्ट्रेलिया लगायतका देशहरुका राजदुतलाई डाकिएको उक्त कार्यक्रममा सन २०१७ को तथ्यांक देखाएर म्यागेजिनका सम्पादक गिरिले नेपाल घुम्न लायक देश नभएको प्रमाणित गर्ने भरपुर प्रयास गरे। 

भारतको नाकाबन्दी, बिनाशकारी भूकम्प र आन्तरिक राजनीतिक किचलोबाट माथी उठ्ने क्रममा रहेको तत्कालिन समयको तथ्यांकलाई देखाउदै सम्पादक गिरिले नेपालको विमानस्थलमा अवतरण भएसंगै बिदेशी पर्यटकले शास्ती पाउने, पाइला पाइलामा लुटिने बताए। करिब ४५ मिनेट लामो प्रस्तुतिमा गिरिले एक मिनेटपनि नेपालको बारे सकारात्मक कुरा गरेनन। 

नेपालमा बिगत लामोसमयदेखि कुनै सडक निर्माण नभएको, विमानस्थल ५० बर्ष पुरानो भएको, प्रत्येक पसल, होटलमा पर्यटक ठगिने गरेको, नेपालीले पाहुनाझैँ स्वागत नगरेको, ट्रेकिङमा जाँदा बासि तथा प्रदुषित खाना खुवाएर  पर्यटक बिरामी पारेको जस्ता अत्यन्त नकारात्मक बिषयहरु समेटेर प्रस्तुति दिए।

काठमाडौंको विमानस्थलमा ओर्लने बित्तिकै युरोप तथा अमेरिकाका पर्यटकहरुको दुखका दिन सुरु हुने दाबि गर्दै  गिरिले भ्याएसम्म नेपालको बेइजत गर्दै नेपालमा पर्यटन आउने माहोल नै नभएकोमा जोड दिए। 

म्यागेजिनको बार्षिकोत्सब मनाउन पुगेका पर्यटन तथा होटल व्यवसायी कर्ण शाक्य, नेपाल पर्यटन बोर्डका पुर्व प्रमुख कार्यकारी अधिकृत प्रचण्डमान श्रेष्ठ, परराष्ट्र मन्त्री ज्ञवाली लगायतले गिरिको प्रस्तुत सुन्दै गर्दा अमिलो मुख बनाएका थिए। सानो हलमा खचाखच बिभिन्न देशका प्रतिनिधिहरुले समेत गिरिको प्रस्तुति सुनेर नमिठो महसुस गरेको देखिन्थियो। 

गिरिको प्रस्तुति धेरै लामो र चित्त बुझ्दो नभएपछि परराष्ट्रमन्त्री ज्ञवालीले आफ्नो मन्त्रिपरिषद्को बैठक भएको भन्दै कार्यक्रमको बिचैमा निस्किने प्रयास गरे। तर आयोजक टिमले उनलाई केहि बेर बस्न अनुरोध गरेपछि मन्त्री ज्ञवाली केहिबेर थप कार्यक्रममा बसे। कार्यक्रमका प्रमुख अतिथि समेत रहेका मन्त्री ज्ञवालीले आफ्नो मन्तब्यमा नेपाल पर्यटकको लागि राम्रो भुमि भएकोमा जोड दिए। 

मन्त्री ज्ञवालीले नेपालको काठमाडौंको विमानस्थल स्तरोन्नति हुँदै गरेको, पोखराको विमानस्थल निर्माणको अन्तिम चरणमा पुगेको, भैरहवा विमानस्थल तिब्र रुपमा निर्माण भईरहेको, बिभिन्न नयाँ पर्यटकीय स्थलको पहिचान भएको लगायतका बिषयहरु राख्दै नेपाल पर्यटकका लागि राम्रो गन्तब्य भएको जवाफ दिएर कार्यक्रमबाट छिट्टै बाहिरीए। 

मन्त्रीको मन्तब्यसंगै 'भ्रमण बर्ष २०२०' बिषयमा अन्तरकृया भनेर कार्यक्रम पुगेका अधिकांश संचारकर्मीहरु समेत कार्यक्रमको बिचैमा बाहिरीए।  'अन्तरकृया भनेर जानकारी दिएका थिए तर म्यागेजिनको बार्षिकोत्सबको रहेछ' भनेर धेरै पत्रकारहरु कार्यक्रमको सुरुमै फर्किए। 

बिभिन्न देशका राजदुत तथा प्रतिनिधिहरुलाई डाकेर नेपालबारे गरिएको यस्तो नकारात्मक प्रस्तुतिबारे तपाई के भन्नुहुन्छ भनेर सोधिएको प्रश्नमा टुरिजम बोर्डका पुर्व सीईओ प्रचण्डमान श्रेष्ठले भने, 'बार्षिकोत्सब भनेर हामीलाई निमन्त्रणा दिईएको थियो तर यसरी प्रस्तुतीकरण दिने भन्नेबारे थाहै थिएन, जे जस्तो भएपनि यस्ता बिषयहरु आन्तरिक छलफलका कुरा हुन, सबै बिदेशीलाई डाकेर नेपाल घुम्न लायकको ठाउँ होइन भनेर प्रस्तुतीकरण दिनु राम्रो होइन।' 

प्रचण्डमानकाअनुसार कार्यक्रममा दिईएको प्रस्तुतीकरणले होटल व्यवसायी कर्ण शाक्य, मन्त्री ज्ञवाली र अन्य उपस्थित नेपाली पाहुनाहरुले असन्तुष्टि जनाएका थिए। 'समस्या जुनै देशमा छन, के लाई कति हाइलाइट गर्ने भन्ने हो, नेपाल बन्दैछ, पर्यटकको संख्या पनि बढिरहेको छ, पूर्वाधार निर्माण भैरहेका छन, यस्तो कुराहरु आन्तरिक छलफलका बिषय हुन, औपचारिक कार्यक्रममा बोल्ने बिषय होइन' श्रेष्ठले भने।     

नेपाल सरकारले सन २०२० लाई पर्यटन बर्ष मनाउने घोषणा गरेसंगै त्यसको तयारीमा जुटेको छ। सन २०१७ मा रजिष्टर्ड रुपमा करिब १० लाख पर्यटक भित्रीए। यो तथ्यांकमा भारतबाट आउने पर्यटकको संख्या, भारत हुँदै आउने पर्यटकको संख्या समाबेश छैन। त्यस्तै सन २०१८ मा करिब १२ लाख पर्यटक नेपाल भित्रिएका छन। 


 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved