‘बन्द हडताल’: मानव सभ्यता विरुद्धको गतिविधि

निरोज कुमार थापा

निरोज कुमार थापा

Mar 15, 2019 | 12:10:40 PM मा प्रकाशित

laxmi  sunrise bank

मुलुकमा संविधान जारी भएपछि बनेको वर्तमान सरकारको नारा हो ‘समृद्ध नेपाल, सुखी नेपाली ।’ यसको अर्थ वर्तमान सरकार आर्थिक समृद्धिलाई आफ्नो पहिलो र विशेष प्राथमिकताको कामको रुपमा लिने गर्दछ । तर सरकारको यो योजनामा संसदीय व्यवस्था अस्वीकार गर्दै आएका केही अराजक समूहले धावा बोल्न थालेका छन् ।

सरकार गठनको एक वर्ष पुरा भएको छ । यसअवधिमा प्रशासनिक सुधारका कामहरु मात्रै भएपनि देख्न पाईएको छ । विकास निर्माणका कामले खासै गति नलिएपनि सुरक्षाका दृष्टिकोणले सरकारले व्यापार, उद्योग, कलकारखाना लगायतमा लगानीको वाताबरण सिर्जना गर्न कुनै कन्जुस्याईँ गरेको छैन ।

तर स्वदेशमा काम गर्ने वाताबरण नै छैन भन्ने हिजोको हाम्रो जिब्रोको भाषा फेरि बल्झिन थालेको छ । सरकारसँग असमझदारी भएको भन्दै बन्द–हडताल लगायतका घटनाले फेरि निरन्तरता पाउन थालेका छन् ।

२०४६ सालको राजनीतिक परिवर्तनपछि नेपालमा विरोधको संस्कृतिको रुपमा बन्द–हडताल विकास भयो । २०७२ सालसम्म बन्द हड्ताल दिनहुँ जसो हुन्थ्यो । देशका ठूला राजनीतिक पार्टीहरु पनि बन्दको आह्वान गर्थे ।

दोस्रो संविधान सभाको निर्वाचनपछि पनि बन्द रोकिएन । तर संविधान जारी भएपछि भने केही हदसम्म मत्थर भएको बन्द हड्तालको परिपाटी फेरि सुरु भएको । आज नेत्रविक्रम चन्द विप्लव नेतृत्वको माओवादी समूहले नेपाल बन्दको आह्वान गरेको छ । सरकारले आफूहरुमाथि प्रतिबन्ध लगाएको भन्दै यो समूहले बन्द आह्वान गर्यो । नागरिकले त बन्दको कुनै समर्थन गरेका छैनन् । तर व्यवसायी भने आफ्नो व्यवसायको लागी पनि एकदिन बन्द गर्दिन तयार छन् ।

लोकतन्त्रमा सरकारका कामहरु चित्त बुझेन र सरकारी गतिविधि जायज छैनन भने शान्तिपूर्ण विरोध गर्न पाउने अधिकार सबै नागरिकमा हुन्छ । बन्दले पार्ने आर्थिक, सामाजिक असरमा बन्द गराउनेहरु जिम्मेवार नहुनु दुखद हो ।

बन्दका कारण देशको अर्थतन्त्रमा ठूलो प्रभाव पर्छ । सन् २०१५ मा नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको ‘द इकोनोमिक कस्ट अफ जनरल स्ट्राइक इन नेपाल’ नामक अध्ययन प्रतिवेदनमा उल्लेख भएअनुसार एक दिन हुने नेपाल बन्दले अर्थतन्त्रमा १ अर्ब ८० करोड रुपैयाँको प्रत्यक्ष क्षति हुन्छ । सो अध्ययन प्रतिवेदनअनुसार सन् २००८ पछिको पाँच वर्षमा मुलुकमा बन्द–हडतालका कारण प्रति वर्ष २७ अर्ब रुपैयाँको क्षति भएको थियो । यस अवधिमा बन्दका कारण देशको कुल गार्हस्थ उत्पादन (जीडीपी) मा ०.५६ देखि २.१५ प्रतिशतसम्म क्षति पुगेको छ ।

बन्दका कारण उद्योग, व्यवसाय एवं सबै किसिमका आर्थिक तथा व्यावसायिक गतिविधिहरु ठप्प हुन्छन् । दैनिक उपभोगका खाद्यवस्तुहरू उत्पादन गर्ने साना तथा मझौला कृषकहरूको करोडौं मूल्य बराबरको दूध, फलपूmल, तरकारीजस्ता कृषि उत्पादन बजार पुग्न पाउँदैनन् । यसबाट उनीहरुको दैनिकमै समस्या पर्छ ।

समाजशास्त्रीहरु बन्द–हडताललाई मानव सभ्यताविरुद्धका गतिविधिको रूपमा लिने गर्छन् । विप्लवले हिजो गरेको बन्दको पनि नागरिकले प्रतिवाद गरेका छन् । अपवाद बाहेकका स्थानमा बन्दको प्रभाव परेन ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved