'व्यवसायीहरुले सफलताको कथा चिच्याएर सुनाउनुस, गुनासो गर्ने ठाउँ त छदै छ'

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 31, 2019 | 01:30:25 AM मा प्रकाशित

laxmi  sunrise bank

विदेशको नागरिकता त्यागेर नेपालमै बस्ने निर्णय गरेका सफल व्यवसायी उपेन्द्र महतोले लगानी सम्मेलनमा बिदेशी पाहुनाको मन जित्न सफल भएका छन। लगानी सम्मेलनको दोस्रो दिन 'नेपालमा लगानीको सम्भावना र अनुभव आदान प्रदान' सत्रमा प्रत्येक शब्द शब्दमा बिदेशी पाहुनाहरुले तालि पिटर महतोको भनाईमा समर्थन गरे।

नेपालमा लगानीको लागि प्रशस्त अवसर भएको सुनाउदै महतोले जतिसक्दो छिटो नेपालमा लगानी गर्न विदेशी लगानीकर्तालाई आग्रह गरे। लगानीका लागि नेपालमा प्रशस्त सम्भावना र अवसरहरु रहेको भन्दै उनले साना–साना कुरामा नअल्झिन आग्रह गरे ।

विश्वका बिभिन्न देशमा लगानी गरेको अनुभव सुनाउदै महतोले स साना समस्या जहाँ पनि हुने भन्दै आफुहरुले नेपालमा भएको उपलब्धिको कथा सुनाउन कन्जुस्याइँ गरेको तर्क गरे। उनले भने, नेपालमा साना साना समस्यालाई पनि ठुलो बनाएर सार्वजनिक रुपमै चर्को हल्ला गर्ने चलन छ, हामीले हाम्रो उपलब्धि अरुलाई सुनाएनौं, अब सबैले चिच्याएर आफ्नो सफलताको कथा सुनाउन आवश्यक छ। 

महतोले समस्याको बिषय सुन्नलाई नेपाल सरकार, सरकारमा रहेका मन्त्री, सचिब, कर्मचारी र जिम्मेवार व्यक्ति नेपालमा सधैं तत्पर रहने सुनाउदै व्यवसायीहरुले आफुले व्यवसायमा हासिल गरेको सफलता चिच्याएर बिश्वले सुन्ने गरि सुनाउन आग्रह गरे।

समस्याको बारेमा मात्रै धेरै कुरा गर्नु भन्दा काम गरेर बोल्न आग्रह गर्दै महतोले लगानीको लागि नेपाल जस्तो सजिलो र सुरक्षित देश विश्वमै कहीं नभएको सुनाए। नेपालमा वातावरण मात्र सहज र सुरक्षित नभई यहाँका व्यक्ति, मन्त्री, प्रधानमन्त्री समेत सहज भएको महतोको दाबि छ। 'विश्वमा जायज मुद्दामा जायज काममा सचिब, मन्त्री, प्रधानमन्त्री भेट्न सजिलै कहाँ पाइन्छ, तर नेपालमा सहजै भेटघाटको अवसर जुट्छ' महतोले भने। 

लगानीको लागि मात्र नभई बैंकमा खाता खोल्न र कारोबार गर्न समेत विश्वमै नेपाल सहज भएको महतोले सुनाए। 'नेपालमा गाह्रो छ भनेर हल्ला पिटिन्छ तर यथार्थ के हो भने विदेशमा एउटा खाताबाट अर्कोमा पठाउन धेरै पापड पेल्नुपर्छ तर नेपालमा यति सहजै ट्रान्सफर हुन्छ, त्यहि पनि हामि वातावरण भएन भनेर चिच्याउछौं' महतोले भने। 

आपूर्तिका लागि एलसी अकाउन्ट खोलेर सप्लाईको भुक्तानीको ग्यारेन्टी गर्ने मुलुकमा नेपाल विश्वकै पहिलो राष्ट्र भएको सुनाउदै यस्तो सुविधा कहीं कतै नभएको महतोले सुनाए। 'प्रधानमन्त्री ज्युले अहिले लगानीको मात्र होइन प्रतिफलको पनि ग्यारेन्टी गर्छु भन्नुभएको छ, तर अवस्था यस्तै नरहन सक्छ' महतोले भने, 'आर्थिक समृद्धिको लागि नेपालले आफ्नो उडान थालि सक्यो, अहिले नै लगानी गरेर आफ्नो भविष्य सुनिस्चित गर्नुहोस, २ बर्षपछि प्रधानमन्त्रीको यस्तै भनाई नआउन सक्छ, त्यसैले लगानीको यो नै सुनौलो अवसर हो ढिला नगर्नुहोस।' 

नेपालमा कमाएको मुनाफा लैजान मात्र सहज नभई आफ्नो व्यवसाय बेचेर हिड्न समेत सजिलो भएको महतोले सुनाए। 'सम्पूर्ण कानुनि प्रकृया पुरा गरेरपनि लगानीबाट आर्जिन मुनाफा लैजान पाइन, सम्पति बेचेर पैसा फिर्ता लान पाइन् भन्ने कुनै कम्पनी मैले भेटेको छैन, कोहि छ भने तपाइँले भनिदिनुहोस' महतोले यसो भन्दै गर्दा हलमा बिदेशी लगानीकर्ताले जोड जोडले तालि पिटर महतोको भनाईमा समर्थन दिईरहेका थिए। 



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved