आईएमईका अध्यक्ष चन्द्र ढकालको विश्लेषण: बैंक र व्यवसायीको हितमा मौद्रिक नीति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 24, 2019 | 06:00:10 PM मा प्रकाशित

laxmi  sunrise bank

आइएमई समुह तथा ग्लोबल आईएमई बैकका अध्यक्ष चन्द्र ढकालले मर्जरलाई प्रोत्साहन गर्ने गरि मौद्रिक नीति आएको बताएका छन। नेपाल राष्ट्र बैंकले चालू आर्थिक बर्षको लागि ल्याएको मौद्रिक नीति समग्रमा सकारात्मक भएको ढकालले बिजपाटीसंगको कुराकानीमा बताएका छन।

मर्जर तथा प्राप्ति प्रकृयामा संलग्न भएका वा हुने बैंक वित्तीय संस्थालाई लक्षित गरि आएको नीति सकारात्मक भएको भन्दै ढकालले यस सहुलियतले खासगरि बैंकहरुलाई मर्जरमा जानलाई प्रोत्साहन गर्ने बताए। मौद्रिक नीतिको व्यवस्थालाई हेर्दा ग्लोबल र जनताको मर्जरमा हतार भए जस्तो लागेन भन्ने प्रश्नमा सरकारको ठुला बाणिज्य बैंकलाई मर्जर गर्ने नीति लिएपनि आफुहरु पहिल्यै नै मर्जरको तयारीमा लागेको ढकालले बताए। 

स्थायी सरकार गठनपछिको राजनीतिक अवस्थाले लगानीको वातावरण बनेकाले बैंक वित्तीय संस्थाले पनि माग अनुसार नै कर्जा बिस्तार गरेकाले राष्ट्र बैंकले 'लिक्विडीटि कभरेज रेसियो' मार्फत आक्रामक लगानी नियन्त्रण गर्ने रणनीति लिएको छ। राष्ट्र बैंकले लिएको यस नीतिले बैंकहरुलाई लगानी विस्तारमा केहि संकुचन ल्याउने अध्यक्ष ढकालको भनाई छ। 'यो नीतिको कार्यान्वयन कसरी हुन्छ भन्ने कुरा राष्ट्र बैंकको आउने सर्कुलरले भन्छ, त्यहि पनि यसले लगानी बिस्तारमा केहि संकुचन ल्याउछ' उनले भने।

त्यस्तै राष्ट्र बैंकले कर्जा र निक्षेपको भारित औषत ब्याजदर अन्तर २०७७ असार मसान्तसम्म ४.४ प्रतिशतमा ल्याईसक्नुपर्ने व्यवस्था गरेकाले यसले ब्याजदरमा व्यवसायीलाई केहि सहज हुने उनले बताए। बैंकहरुले विदेशबाट ऋण प्राप्त गर्न सक्ने स्रोतको दायरा विस्तार गर्दै बैंकिंग क्षेत्रका अतिरिक्त पेन्सन फण्ड, हेज फण्ड लगायतका स्रोतबाट ऋण ल्याउन सक्ने व्यवस्थाले तरलतामा सहजता आउन सक्ने ढकालले बताए। 

बैकहरुले बिभिन्न नाममा शुल्क लिन नपाउने व्यवस्थाले पनि ग्राहक तथा व्यवसायीलाई फाइदा हुने उनले बताएका छन। बैंकहरुले बिभिन्न शिर्षकमा ग्राहक तथा ऋणीबाट शुल्क अशुल गरेको भन्दै राष्ट्र बैकले चालू आर्थिक बर्षको मौद्रिक नीति मार्फत कुनै पनि बहानामा ग्राहक वा ऋणीबाट अतिरिक्त शुल्क लिन नपाइने व्यवस्था गरेको छ।       

 



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved