'मौद्रिक नीति सकारात्मक भएपनि बैंकको नाफा घट्ने देख्छु' बैंकर संघका अध्यक्षको विश्लेषण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 24, 2019 | 06:40:55 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले नेपाल राष्ट्र बैंकले ल्याएको चालू आर्थिक बर्षको मौद्रिक नीतिमा भएको व्यवस्था समग्रमा सकारात्मक भएको बताएका छन।   

नेपाल बंगालदेश बैंकका प्रमुख कार्यकारी समेत रहेका ढुंगानाले मौद्रिक नीति मुख्यतया ३ बिषयमा केन्द्रित रहेको बताएका छन। बिजपाटी डटकमसंगको कुराकानीमा ढुंगानाले मौद्रिक नीति ब्याजदर स्थायित्व, तरलता व्यवस्थापन र वित्तीय स्थायित्वको लागि मर्जरलाई प्रोत्साहन गर्नलाई केन्द्रित रहेको बताए । 

पहिले प्रतिशत नतोकिएपनि अहिले चुक्तापुंजीको २५ प्रतिशत ऋणपत्र जारि गर्नुपर्ने व्यवस्थाले तरलता व्यवस्थापनमा सहज हुने ढुंगानाले बताए। ऋणपत्रको यस व्यवस्थाले बोन्ड मार्केटलाई बढावा दिने र पुंजी बजारको बिकास तथा बिस्तारलाई समेत टेवा पुग्ने उनले बताए। 

स्प्रेट रेट, ऋणपत्र निष्काशन, तोकिएको क्षेत्रमा तोकिएको कर्जा पुर्याउनुपर्ने अवधी थप, शाखा विस्तार गर्न सहमति लिनुपर्ने, संचालक समिति सदस्य तथा नायब प्रमुख कार्यकारीसम्मकोलाई कुलिंग प्रियड नलगाउने, २०७८ असार मसान्तसम्म चुक्तापुंजीको २५ प्रतिशत ऋणपत्र जारि गर्ने लगायतका ठुला छुट र सुविधा भएकाले यसले मर्जरलाई प्रोत्साहन गर्ने ढुंगानाले बताए। आफुहरुले ३ बर्षको लागि यो सुविधा मागेको भएपनि राष्ट्र बैंकले त्यो सुविधा नदिएकाले यो सुविधा ३ बर्षलाई पुर्याउनलाई माग गरिने बताए। 

तरलता व्यवस्थापनमा केन्द्रित रहेको मौद्रिक नीतिमा बैंकहरुको आक्रामक लगानी रोक्न कार्यान्वयनमा ल्याइएको 'लिक्विडीटि कभरेज रेसियो', कुनै पनि प्रकारको शुल्क लिन नपाउने अज्स्ता व्यवस्थाले भने बैंकहरुको नाफा घट्ने ढुंगानाले बताए। यद्दपी व्यवसाय तथा अन्य बैंकिंग गतिबिधिको आकार बढाएर भएपनि घट्न सक्ने नाफाको व्यवस्थापन गरिने उनले बताए।  

 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved