मौद्रिक नीतिमा बैंकर ज्ञवालीको टिप्पणी: भोक लागेको बेला हाजमोला झै पो भयो कि ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 24, 2019 | 07:30:52 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले चालू आर्थिक बर्षको मौद्रिक नीति सार्वजनिक गरेको छ। सरोकारवालाले मौद्रिक नीतिबारे आ आफ्नो धारणा व्यक्त गरिरहेका छन। केहिले सन्तुलित भनेका छन भने केहिले असन्तुष्टि जनाएका छन। 

बहुप्रतिक्षित बिग मर्जरको बिषयमा मौद्रिक नीतिमा कुनै बिषय उल्लेख नभएपनि मर्जरलाई प्रोत्साहन गर्ने गरि नीति आएको बैंकर तथा बैंकका संचालकहरुले बताएका छन। यद्दपी मौद्रिक नीतिमा भएका व्यवस्थाले बैंकहरुले आक्रामक रुपमा लगानी गर्ने बाटो बन्द हुने र त्यसले बैकको नाफा घट्ने बताइएको छ। 

सरोकारवालाले आ आफ्नो प्रतिकृया दिईरहेका बैंकिंङ सम्बन्धमा सरल र स्पष्ट भाषामा बोल्ने व्यक्तिको रुपमा पहिचान बनाएका ज्योति बिकास बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीले अपेक्षा नगरिएका केहि बिषयहरु मौद्रिक नीतिमा आएको विश्लेषण गरेका छन। ज्ञवालीको विश्लेषण यस्तो छ: 

मौद्रिक नीतिमा केहि अपेक्षित कुराहरु आएका छन। सीआरआर, एसएलआर र बिपन्न बर्गको कर्जाको दरमा परिवर्तन भएन। मर्जर र प्राप्ति लाई बाध्यकारी नबनाएर प्रोत्साहन गर्न केहि सुबिधा दिईएको देखियो। भलेही प्रोत्साहन कति आकर्षक रहे छलफल कै बिषय होला। यो लक्ष्यलाई बैंकिङले साथ दिएर अपरेटिङ इफिसेंसी ल्याउने कोशीस गर्नु पर्छ।     

पूजी वृद्धि पश्चात बैंकहरुको पूजीकोष अनुपात बढि हुनगई कर्जा दिनसक्ने क्षमता अत्यधीक बढेको कारण गत अढाई बर्ष देखि तरलता अभाब कायम छ। यसरी बढेको पूजीकोषलाई केहि लगाम लगाउन बासेल थ्री अनुसारका काउन्टर साइक्लिक बफर, लिक्वीडीटि कभरेज रेसियो र नेट स्ट्याबल फंड़ीङ रेसियोका प्राबधान लागू गरिने भयो।

प्राथमिकता प्राप्त क्षेत्र, कृषि र उर्जा तथा पर्यटनमा बैंक तथा वित्तीय संस्थाहरुले लगानी गर्नुपर्ने कर्जाको न्युनतम प्रतिशत यथावत राखिएको छ।

संस्थागत बिदेशी निक्षेपकर्ता तथा गैर-आवासीय नेपालीहरुबाट 2 बर्षे निक्षेप संकलन गरी नेपाली मुद्रामा कर्जा प्रवाह गर्न पाउने। सुन निक्षेप सम्बन्धा बजेट बक्तब्यमा आएको कुरालाई मौद्रिक नितीमा सम्बोधन गरि अघि बढाईएको छ।

केहि अनेपेक्षित व्यवस्था

हाल बाणिज्य बैंकहरुको चुक्ता पुजी २ खर्ब ३८ अरब छ। यसको २५ प्रतिशत रकम बराबरको ऋणपत्र (रु ६२ अर्ब बराबर) २०७७ असार सम्मै जारी जरिसक्नु पर्ने गरि ब्यबस्था गरिने भएको छ। हाल बाणिज्य बैंकहरुले जारी गरेको ॠणपत्र रु २४ अर्ब बराबर छ यसर्थ रु ४०-४५ अर्बको  थप ॠणपत्र जारी हुनेभयो। ज्ञात रहोस ऋणपत्रलाई पुरक पुजीमा गणना गरिन्छ र यसले कर्जा थप रु ४ खर्ब जती दिन सक्ने क्षमता बढाउने भयो। यो बर्ष बैकिङको मुनाफा लगभग रु. ६८ अर्ब हुन्छ जसको २० प्रतिशत मात्रै जेनेरल रिजर्भमा जादा पनी रु. १४ अर्ब पुजीकोष थपिन्छ। बोनस शेयर जारी गर्दा झनै पुजीकोष थपिन्छ। यसले गर्दा तरलता अभाब १ बर्ष लम्बीने अबस्था देखियो। भोक लागेको बेला हाजमोला झै पो भयो कि?

जारी भएको ऋणपत्रको सतप्रतिशत नै कर्जा प्रवाह गर्न सकिनेछ। पहिला सिसिड़ीमा गणना नहूने ॠणपत्र केहि समय अघि सिसिड़ी मा पर्यो र अहिले पुरै रकम कर्जा योग्य भयो।

बैंक तथा बित्तीय संस्थाहरुलाई ईन्सुरेन्स बिक्रि गर्न बन्द गरिने (कर्जा प्रवाहको शर्तमा चाहिने बाहेक)। बैंकहरुले इन्स्योरेन्सको एजेन्ट भई काम गर्दा इन्स्योरेन्स राम्रो भईरहेको थियो। एक- दुई संस्थाहरुले जोर जबरजस्ती इन्स्योरेन्स गराए यसैले अब यो बन्द गराउने भन्ने हल्ला थियो। गलत अभ्यासलाई नियमित गराउने गरी निती आउला भन्ने सोचेको, बन्दै गर्ने निती पो आयो।

जे होस मौद्रिक निती परम्परागत नै रह्यो। लक्ष्य सकारात्मक लिएको देखिन्छ। साना कृषि, पर्यटन ब्यबसाय गर्ने उधमशीलहरुलाई राहत मिल्ने व्यबस्था सहित आयो। सदुपयोग गरौ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved