कहालिलाग्दो अभावबाट गुज्रिएका रामकुमारको ‘लोक स्टार’ सपना

निरोज कुमार थापा

निरोज कुमार थापा

Aug 11, 2019 | 10:26:58 AM मा प्रकाशित

laxmi  sunrise bank

मानिस सबै कुराले निपूर्ण हुँदैन । हरेक कुरामा निखारता ल्याउन खास समयमा खास भोगाई पनि भोग्नुपर्ने रहेछ । विकट गाउँ, निम्न आयस्रोत भएको परिवार र अभावमा हुर्किदाको पीडाले रामकुमार नेपालीलाई धेरै कुरा सिकाएको छ । त्यसैले त उनी अभावदेखि भाग्दैनन् । 

सानैदखि गायनमा असाध्यै रुची राख्ने उनको स्वरमा सरस्वतीको बाणी छ । त्यसैले त नेपालकै पहिलो ‘आईएमइ नेपाल लोक स्टार’मा अनेकौ बाधा र अपरोधलाई चिर्दै उनी सहभागी भए । आर्थिक रुपमा निकै दयनीय अवस्थामा रहेका उनी संगीतका पारखी मात्रै होईनन्, प्यासी पनि हुन् । हरेक शब्द शब्दमा केही खुराक सिक्नुपर्छ भन्ने ध्ययेले उनी सिक्न कहिल्यै पछि परेनन् । सिँकि रहे सधैभरी । उनी भन्छन्, ‘म सिकारी होईन, सिकारु हुँ ।’ 

रामकुमारको बाल्यकाल निकै कहालिलाग्दो छ । रामेछापको दक्षिणी सुख्खाग्रत गाउँ भलुवाजोरमा जन्मिएका उनीले निकै अभाव झेल्नुपर्यो । पीताको आम्दानीको स्रोत थिएन । गाउँमा ‘दमाई’ को दर्जा पाएको उनको समुदाय पुर्ख्यौली पेशामा निर्भर थियो । पाखो जग्गामा पर्याप्त अन्न उत्पादन नहुँदा रामकुमारले कयौ रात भोकै बिताएका छन् । बिस्टको घरमा गएर कपडा सिलाएर ल्याएको बाली/ज्यालाले परिवारको भरथेग हुँदैनथ्यो । वर्षदिनमा बिस्टले एक पटक बाली दिन्थे । ३/४ पाथी अन्नमा वर्षदिन भरी बिस्टको सेवा गर्नुपथ्र्यो । 

तर पनि मानवको मन आज नभए भोली, भोली नभए पर्सी केही न केही अवश्य हुन्छ भन्ने चेत हुन्छ । उनको बाल दिमागले पनि यस्तै यस्तै सोच्थ्यो । समाजले तल्लो दर्जाको मान्ने समुदायमा जन्मिए पनि उनको बाल मस्तिष्कको चेत निकै तेजिलो थियो । 

झुप्रो घरको छानामा परेको प्वाल हेरेर रामकुमार निकै भक्कानिन्थे । वर्षामासमा चुहिने छानोले ओत नदिएपछि कयौ रात चिपिचल्लै भिजेको मझेरीमा पल्टिएका छन् उनी । बिहान उठ्न नसकी शरीर डम्म ढाँदिदा उपचार गर्ने पैसा नहुँदा आगो बालेर आमाले सेकेर हुर्काएका ती दिन सम्झिदा रामकुमार गहभरी आँशु पार्छन् । 

उनको टोलको नाम ठुलोढुंगा । पाखो जग्गा त थियो, तर उब्जाउ थिएन । वर्षमा एक बाली मकै बाहेक केही फल्दैन । लुगा सिलाउन बिस्टको घरमा जाँदा मगमग बसाएको चामलको भातको गन्ध मात्रै सुँघ्न पाउथे उनी । यस्ता धेरै चाडबाड छन्, जुन चाडबाडमा राम कुमारको परिवारले चामलको एक गेडो सम्म पनि देख्न पाउँदैनथ्यो । उनी त सानै थिए, ‘चामलको भात खाने’ भनेर जिद्धि गर्थे । तर परिवारको त्यो सामथ्र्य थिएन । 

अध्ययन गर्न पनि उनको परिवारको आर्थिक अभावले पाएनन् । जे जति पढे आफ्नै संघर्षले पढे । उनले कोरा किताबी ज्ञानभन्दा जिन्दगीको भोगाईले दिएका अनेकौ शिक्षाहरु संगालेर राखेका छन् । धेरै हण्डर र ठक्कर खाएर उनले शैक्षिक संस्थाबाट पाउनेभन्दा कयौ गुणा बढी ज्ञान आर्जन गरेका छन् । 


हो, यी यस्ता कयौ अभावमा पनि चम्किलो तारा बन्ने सपना देखेका रामकुमार नेपाली अहिले लोक स्टारको दौडमा छन् । निकै मिठो स्वरमा गीत गुनगुनाउने उनी लोक स्टारको सपना देखिरहेका छन् । उनको सपनालाई साकार पार्न हिजोका दौतरी मात्रै होईन, अभावमा बाँच्दाको पीडा महशुस गर्नेहरुले साथ दिनु आवश्यक छ । 

हामी ‘लोक स्टारमा रामकुमार नेपाली अभियान्ताहरु’को तर्फबाट उनलाई लोक स्टारको बाँकी यात्राको सफलताको कामनासहित हार्दिक शुभकामना व्यक्त गर्दछौँ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved