२ हप्तामै यसरी बहकिए पर्यटनमन्त्री भट्टराई !

निरोज कुमार थापा

निरोज कुमार थापा

Aug 12, 2019 | 10:22:12 AM मा प्रकाशित

laxmi  sunrise bank

संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईसँग आम नागरिकभन्दा पनि युवा पङ्तिले निकै आशा गरेका छन् । युवा विद्यार्थीमाझ निकै लोकप्रीय मानिने मन्त्री भट्टराई संसदीय राजनीतिमा नयाँ छन् । उनी यसअघि संसदमा थिएनन् । तर यसपटक संसदीय राजनीतिमा पहिलो पटक प्रवेश गरेसँगै राजकीय मामिलामा पनि समावेश भएका छन् । यसअर्थमा उनी भाग्यमानी हुन् ।

उनी कम बोल्ने र काम गर्न रुचाउने भनेर चिनिन्थ्यो । उनका अनुयायीहरुले पनि यस्तै नारा घन्काउथे । तर मन्त्री बनेको दुई हप्ता पनि नपुग्दै उनले दिएका महत्वकांक्षी अभिव्यक्तिले उनी पनि ‘गफाडी नेता’ नै रहेछन् भन्ने भान नागरिकमा परेको छ । 

बहकिएका मन्त्री भट्टराई

पर्यटनमन्त्रीमा नियुक्ति भएसँगै योगेश भट्टराईको ध्यान नेपाल एयरलाईन्सतर्फ धेरै खिचियो । यसअघि पटक पटक विवादित बनेको नेपाल वायु सेवा निगममा मन्त्री भट्टराईको कार्यकौशलताले कस्तो प्रभाव पार्छ त्यो भने हेर्न बाँकी छ । 

एनएसी सँगै मन्त्री भट्टराईले समग्र नेपालको उड्ययन क्षेत्रलाई आफ्नो कामको पहिलो प्राथमिकतामा राखेको बुझ्न सकिन्छ । 

बहकाउ नम्बर १

२ मोडलमा निर्माण प्रस्ताव गरिएको उक्त विमानस्थल बनाउन २४ लाख बढी रुख कटान गर्नुपर्ने हुन्छ । तर रुख कटानको विषय निकै पेचिलोसँग उठेको छ । बन मन्त्रालयले बन दिन्न भन्ने, स्थानीयले अवरोध गर्ने लगायतका विवाद कायमै रहेको निजगढ अन्तराष्ट्रिय विमानस्थल काम सुरु हुन सकेको छैन । डिपिआर तयार, वाताकरणीय प्रभाव मूल्यांकन लगायतका विषय समेत पूर्ण रुपमा नटुङ्गिएको अवस्थामा मन्त्री भट्टराईले एउटा उत्तेजक अभिव्यक्ति दिए । 

‘१० लाख मानिस उतारेर निजगढ विमानस्थलको शिलान्यास हुन्छ, रुखको माया लाग्नेहरु रुख चेपेर बसे हुन्छ’ मन्त्री भट्टराईले दिएको अभिव्यक्ति हो यो । विवाद सल्ट्याउन मध्यस्थकर्ताको भूमिकामा माहिर मानिने मन्त्री भट्टराईले दिएको यो अभिव्यक्ति शोभनीय भएन भनेर सामाजिक सञ्जालमा टिप्पणी भयो । अर्को कुरा १० लाख मानिस कसरी लैजान्छन् ? भन्ने प्रश्न पनि उठ्यो । 

बहकाउ नम्बर २

मन्त्री भट्टराईले फेरि अर्को त्यस्तै असम्भव घोषणा गरे । ‘नेपाल भ्रमण वर्ष २०२० सफल बनाउन प्रधानमन्त्रीसहितको उपस्थितीमा २० हजार पर्यटन व्यवसायीलाई टुँडिखेलमा राखेर कसम खुवाइन्छ ।’ सन् २०११ मा मनाईएको पर्यटन वर्षमा ‘पर्यटनका लागि सँगसँगै’ भन्ने नारासहित राजनीतिक दलका नेतालाई राखेर कसम खुवाईएको थियो । 

त्यतिबेला नेपाल द्धन्द्धबाट भर्खरै तङ्ग्रिदै थियो । विदेशमा नेपाल द्धन्द्धग्रस्त छ भन्ने प्रचार थियो । त्यसलाई चिर्न संसदमा प्रतिनिधित्व गर्ने सबै दलका नेतालाई ल्याएर टुँडिखेलमा राखेर ‘अब हामी नेपाल कहिल्यै बन्द गर्दैनौँ’ भन्न लगाईएको थियो । 

यसैको सिको गर्दै मन्त्री भट्टराईले २० हजार पर्यटन व्यवसायीलाई सपथ खुवाउने भने । उनको यो अभिव्यक्तिको टिप्पणी गर्दै सामाजिक सञ्जालमा सफल मन्त्री बन्नेमा शंका उत्पन्न भयो भनेर आलोचना भईरहेको छ । 

पर्यटन सम्वद्ध संस्थाका प्रतिनिधिलाई राखेर सपथ खुवाउने कुरा सम्भव भएपनि २० हजार पर्यटन व्यवसायी उपस्थित गराउन मन्त्री भट्टराईले नसक्ने जानकारहरुको बुझाई छ । यदि त्यसो गर्न खोजिए भट्टराई यहीबाट चिप्लिने र उनको असफलता सुरुवात हुने आँकलन गर्न थालिएको छ । व्यवसायीले यस्ता बहकाउमा नलाग्न मन्त्रीलाई सुझाव पनि दिएका छन् ।

विरह पोख्न उस्तै खप्पिस

भावनात्मक विरह पोख्न खप्पिस मानिने भट्टराई यत्तिको बहकिन्छन् भन्ने नागरिकलाई लागेको थिएन । निर्वाचनको बेला ‘केपी ओलीले जेलमा भेटेर मेरो कुटाई खाएर निलडाम भएको डाडमा तेल लगाएर मालिस गरिदिए’ भनेर भोट मागेका योगेश भट्टराईले मन्त्री भएपछि संसदीय समितिमा ‘म बिरामी भएर मर्न लाग्दा कोही भेट्न नआएको तर माधब नेपालले मलाई अन्तिम अवस्थामा आएर केही हुन्न, निको हुन्छ भन्ने ढाडस दिएको कारण आफू बाँचेको’ भन्न भ्याए । 

विरहसँगै बहकाउयुक्त अभिव्यक्तिमा समेत पर्यटनमन्त्री योगेश भट्टराई उत्तिकै चलाख रहेछन् भन्ने कुरा माथिका दुई भिन्न अभिव्यक्तिको तुलना गर्दा प्रष्ट हुन्छ । सामाजिक सञ्जालमा आएका टिप्पणी हेर्दा हप्तादिन अघि नागरिकले मन्त्री योगेश भट्टराईबाट जस्तो अपेक्षा गरेका थिए, आज हेर्दा त्यो कमजोर भईसकेको छ । दुई अभिव्यक्तिकै कारण उनीप्रतिको घटेको नागरिकको विश्वासलाई ब्युँताउन उनले अब कुरा कम र काम ज्यादा गर्नुपर्ने उनका दौतरीले सुझाव दिएका छन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved