पेट्रोलियम पाईपलाईन परियोजनाका पर्दा पछाडीका प्रदीप

निरोज कुमार थापा

निरोज कुमार थापा

Sep 12, 2019 | 12:31:37 PM मा प्रकाशित

laxmi  sunrise bank

पेट्रोलियम पाईपलाईन उद्घाटन हुँदा नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निकै चर्चा भयो । दुवै देशका सरकार प्रमुखको चर्चा हुनुपनि स्वभाविक थियो । तर निकै अलमल हुन सक्ने आयोजनालाई गति दिन फिल्डमा खटिएर काम गर्ने कर्मचारीको भने खासै मनोबल उकास्ने काम भएन । सायद नेपाल आयल निगमले मूल्यांकन गरेको भए केही विशेष अवसरमा यस विषयमा बहस होला । 

अगुवा भन्छन्, ‘अब मलाई मिठो निन्द्रा लाग्छ’ 

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको निगम कार्यालयमा कार्यरत प्रदीप यादव ३ वर्षअघि अमलेखगन्ज सरुवा भएका थिए । यो आयोजनालाई समय अगावै सम्पन्न बनाउन दिनरात खट्ने अगुवा हुन् उनी । निगमभित्र विश्वासिला कर्मचारीमा गनिने यादवलाई विश्वास गरेरै होला यति ठूलो परियोजनाको जिम्मेवारी दिइएको ।

आयल निगमका कार्यकारी प्रमुख सुरेन्द्र पौडेलले यो परियोजना सफल हुनुमा यादवको योगदान विशेष रहेको चाँही भनेका छन् । तर उनले सार्वजनिक कार्यक्रमको मन्तव्यमा भनिदिएको भए सायद कर्मचारीको मनोबल अझ बढ्ने थियो । 

कम बोल्न रुचाउने यादव पनि परियोजना सम्पन्न हुनुको जस एक्लै लिन चाहादैनन् । बिहान घाम झुल्किएदेखी मध्ये रातीसम्म काममा खटिने उनी यो आयोजना सफलताका साथ सम्पन्न हुनुमा सबै पक्षको उत्तिकै योगदान रहेको बताउँछन् । पर्सा वन्यजन्तु आरक्ष क्षेत्रमा काम गर्दा उनी ११ बजेसम्म जंगलभित्रै बसेर खटिए । स्थानीय बासी, व्यवसायी, सेना, प्रहरी, भारतीय पक्ष सबैको मन जितेका उनी यो परियोजनामा कार्यरत भएदेखि पूरा निन्द्रा कहिल्यै निदाएनन् । 

‘आफूले नेतृत्व लिएको काम समय अगाडी नै यसरी सकिँदा र भव्यताकासाथ उद्घाटन हुँदा मलाई जीवनमा यति आत्मसन्तुष्टि मिलेको छ कि म भन्नै सकिरहेको छैन’ यादवले भने, ‘यो आयोजनाको लागि मैले कयौ रात अनिदो बसेर खटेको छु, धेरै रात भयो पूरा निन्द्रा नसुतेको ।’ खुशी मिश्रित भावुकतामा उनी बोलिरहे । कार्यक्रम उद्घाटन सकिएपछि अतिथि, पाहुनालाई बिदाई गर्न व्यस्त उनीसँग छोटो समय निकालेर कुराकानी गर्दा उनले भने,‘कार्यक्रम भव्यरुपमा सकियो, अनिदो बिताएका रातको अब प्रवाह छैन, सायद अब मलाई जीवनकै मीठो निन्द्रा आउँछ ।’ 

अझै लामो समय कुरा गर्ने र आफूले भोगेका सबै कुरा भन्ने उनको मन हुँदाहुँदै पनि समय अभावले भन्न सकेनन् । यी यावत कुराले गर्दा पर्दामा ओली र मोदी देखिएपनि पर्दा पछाडीका ‘हिरो’ भने उनै यादव हुन भन्दा आपत्ति नहोला । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved