'सामाजिक सुरक्षा कोष अशक्तलाई मात्रै हो, बैंकरलाई अनिवार्य गरिनु हुँदैन'

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 12, 2019 | 11:55:24 AM मा प्रकाशित

laxmi  sunrise bank

सामाजिक सुरक्षा कोषमा जान इच्छा नदेखाएपछि राष्ट्र बैंकले बैंक वित्तीय सँस्थालाई दबाब दिएको छ। राष्ट्र बैंकले बिज्ञप्ती नै निकालेर सामाजिक सुरक्षा कोषमा जानलाई निर्देशन दिएपछि बैंक वित्तीय संस्थाहरुले प्रधानमन्त्रीलाई नै भेटेर यो बिषयमा स्पष्ट भनाई राख्ने योजनामा रहेको बैंकरहरु बताउँछन। 

सरकारले ल्याएको योजना सफल बनाउन अर्थमन्त्री डा. युवराज खतिवडाले राष्ट्र बैंक मार्फत बैंकहरुलाई दबाब दिएको निष्कर्ष निकाल्दै  प्रधानमन्त्रीलाई भेटेर आफ्नो कुरा सुनाउने योजनामा रहेको एक बैंकरले बिजपाटीलाई बताए। 

सरकारले ल्याएको सामाजिक सुरक्षा कोष सामाजिक सुरक्षा भन्दा बाहिर रहेका र बुढेसकालमामा अप्ठ्यारामा पर्न सक्ने एउटा समुहका लागि एकदम राम्रो योजना भएको भन्दै नेपाल बैंकर्स संघका नवनिर्वाचित अध्यक्ष भुवन दाहालले भने, 'नीति एकदमै राम्रो छ, तर जसले आफ्नो सामाजिक सुरक्षा आफै गर्न सक्छ र बुढेसकालका लागि पनि आफै गर्न सक्छ, त्यो समुहलाई कोषमा आउँनलाई अनिवार्य गर्नुहुदैन।'

सरकारले ल्याएको सामाजिक सुरक्षा कोष असक्त पक्षलाई भएको र बैंकर जस्तो जो आफै सक्षम छन उनीहरुलाई नभएको दाहालको भनाई छ। उनि भन्छन, 'सोच र व्यहारिक कुरामा विरोधाभास भएर अहिले समस्या आएको होला, हामीले छिट्टै छलफल गरेर यो बिषयको टुंगो लगाउछौं।'    



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved