'बैंकमा समस्या प्रविधिको होइन, कार्यन्वयनको हो' नेप्सका सीईओ क्षेत्रीको विश्लेषण

विजय पराजुली

विजय पराजुली

Dec 17, 2019 | 04:15:29 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालमा पछिल्ला समय घटेका १० मध्ये एउटा घटना बैंक तथा वित्तीय क्षेत्रसंग जोडिएर आउन थालेका छन। त्यसमापनि इन्टरनेट तथा प्रविधिसँग  जोडिका घटना धेरै भएको अध्ययनले देखाएको छ। नेपालमा प्रविधिको प्रयोगसँगै साइवर थ्रेट पनि बढ्दै गएको पाइएको छ।  

एटिएम तथा एकाउन्ट ह्याक हुने घटना मात्र नभई पछिल्लो समय डेबिट तथा क्रेडिट कार्डसंग जोडिएर समेत बैंकिङ अपराधहरु हुन् थालेका छन। चिनियाँ ह्याकरको एटिएम प्रकरण, कृषि विकास बैंकबाट खाता नै ह्याक गरेर रकम झिकिएको घटना, नक्कली चेक तथा कागजातको प्रयोग गरि लाखौँ रुपैयाँ निकालिएको घटना बैंकिङ अपराधका केहि नमुना मात्र हुन्। 

नेपाली जनतामा इन्टरनेट तथा मोबाइलको पहुँच पुगेसंगै पछिल्लो समय इन्टरनेटमा आधारित बैंकिङमा आम सर्वसाधारणको आकर्षण बढेको छ। इन्टरनेटमा आधारित प्रविधिको विस्तारसंगै बैंकिङमा समेत जोखिम बढेको अध्ययनले देखाएको छ भने बैंक वित्तीय संस्थाको नियामक नेपाल राष्ट्र बैंकले समेत बैंक वित्तीय संस्थाहरुलाई प्रविधिमा लगानी बढाउँन सार्वजनिक रुपमा नै बोलिरहेका छन। 

नेप्स कार्ड म्यानेजमेन्टसँग सम्बन्धीत डेविट, क्रेडिट,  प्रिपेड कार्ड तथा भिजा, मास्टर, र चाइना युनीयन पे कार्डसँग सम्बन्धीत होस्टीङ र त्यससँग सम्बन्धीत स्वीचीङको काम गर्ने संस्था हो। क्षेत्रीले २०१८ बाट नेप्सको नेतृत्व गरिरहेका छन ।  

क्षेत्रीले तत्कालीन ग्रिनलेज बैंकबाट १९८७ मा आइटी डिपार्टबाट बैंकिङ करियर सुरु गरेका क्षेत्रीले उक्त बैंकमा १५ वर्ष काम गरे । त्यसपछी उनले २००२ मा नविल बैंकमा नयाँ सिस्टमा चेन्ज गर्नको लागि आइटी विभागमा नै काम गर्ने गरी गए। उनले त्यहाँ २००८ सम्म काम गरे । 

त्यसपछि उनी बैंक अफ काठमाडौंमा पुगे । त्यहाँ उनले आइटी कार्ड लगाएतका प्रविधिमा १ वर्ष काम गरे। त्यसपछी अपरेटीङमा पनि काम गरेर १० वर्ष पछी २०१८ मा बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतबाट उनी बाहीरीए । तत्कालीन बैंक अफ काठमान्डू लुम्बीनी बैंकलाई मर्ज गराउँदा उनी बैंकको दोस्रो बरियतामा थिए भने लुम्बीनी बैंक मर्ज भएपछी तेस्रो बरियतामा रहेर काम गरेका थिए।

प्रविधिसँग जोडिएर हुने गरेका बैंकिङ घटना, यसका कारण र निराकरणबारे बिजपाटी डटकमका लागि विजय पराजुलीले  नेपाल इलेक्ट्रोनीक पेमन्ट सिस्टम (नेप्स) प्रमखु कार्यकारी अधिकृतको रुपमा प्रविन प्रकाश क्षेत्रीसंग कुराकानी गरेको छन।

उनि भन्छन, 

नेपालमा पछील्लो समय प्रविधिको प्रयोगबाट भइरहेको घटनासँगै साइबर चुनौती बढेको देखिन्छ। नागरिकहरु प्रविधिमा पोख्त हुँदै जाँदा नेपालमा पनि साइबर थ्रेट बढेको छ। 

प्रविधिको प्रयोगसँगै त्यसको कन्ट्रोल मेकानिजम पनि आवश्यक पर्छन। प्रविधिसँगै त्यसको कार्यन्वयनको पाटो पनि महत्त्वपूर्ण हुन्छ । उसको साथमा आन्तरिक र बाह्य थ्रेट दूबै हुन्छ ।

आन्तरिक जोखिम भनेको आफ्नो कर्मचारिको कारणले र बाह्य भनेको केही लुप होल प्रयोग गरेर बाहिर बसेर गरिने जोखिम हो।नेपालमा पछील्लो समय बाहिर आएका थ्रेटहरू छन त्यसले आन्तरिक रूपमा सुधार गर्नुपर्ने चुनौति भने देखीएको छ। हाम्रो मुख्य समस्या भनेको कार्यन्वयनको नै हो। 

कार्यन्वयनमा सुरक्षा क्षेत्रका जति पनि कुराहरू हुन्छन्, त्यो सबै गोप्य जब हुन्छ । गोप्य जब भनेको एकै प्रविधिसँग रिलेटेड काममा एउटै ब्यक्तिलाई जीम्मा दिनु हुँदैन। भने त्यसको बेलाबेलाई अडीटिङपनि गराउन आवाश्यक हुन्छ । 

नेपालमा प्रयोग हुने एटिएम मेसीन

विश्वकै रिनाउन्ड मेसिन नै नेपालमा पनि प्रयोग भइरहेको छ। नेपालमा एनसिआर, डिबोल्ड र विकक भन्ने मेसिन प्रयोग भइरहेको छ। त्यसमा २ वटा अमेरीकन कम्पनी र एउटा युरोपीयन कम्पनी छन। यि कम्पनीहरुको म्यानोफ्याकचरीङ कम्पनी भारत र चिनमा छ। मेड इन चाइन भन्दैमा चिनियाँ कम्पनी हो भन्ने हुदैन। नेपालमा मास्टर भिसा र युपीआई कार्ड चल्ने र चिनको कस्टुमरले पनि बुझोस भनेर मात्रै चिनियाँ भाषा प्रयोग गरिएको हो। 

मानव संसाधन नै मूल चुनौती 

नेपालको ठुलो चुनौति भनेको नै मानव संसाधन नै हो । यसलाई सबै क्षेत्रले गहन अध्ययन गर्न आवश्यक रहेको छ । यसमा संस्थाको संरचना कस्तो छ भन्ने कुरालाई पनि ध्यान दिन आवाश्यक छ। नेपालमा प्राय पिरामीड संरचना हुन्छ । माथि एक जना, उसको अन्डरमा तल अरु रहने  संरचना छ। माथि रहनेले नै प्राथमीकता के कुरामा दिने भनेर नेतृत्व गरिरहेको हुन्छ । मल्टिनेशन कम्पनीमा हेर्दा पिरामीड भन्दा मेट्रीक्स संरचना  हुन्छ। मेट्रिक्स भनेको क्षेत्र अनुसार रिपोर्टिङ पनि उच्च तह सम्म पुग्ने हुन्छ। फरक क्षेत्र अनुसारको विजनेशलाई प्राथमीकता दिनुपर्ने भएकोले त्यो महत्वपुर्ण हुन्छ । पिरामीडमा भने उच्च तहको प्राथमीकता नै सबै तिर फैलने हुन्छ । 

अर्को भनेको प्रविधिको क्षेत्रमा मानवस्रोत हो। अहीले विश्वव्यापी रुपमा नै यसको अभाव देखिन्छ। सेक्युरीटी अपरेसन सिस्टमको लागि भारतमा मात्रै १० लाख जनशक्ती अभाव छ भन्ने कुरा छ । नेपालमा आइटीमा काम गर्नेले कोर सिस्टमा २÷३ वर्ष काम गर्नेले प्राप्त गर्ने नलेज र स्कील विश्वभरी सजीलै हन्छ । त्यसपछी उसले जहाँ राम्रो अवसर पाउँछ त्यहाँ मुभ हुने अवस्था छ । यसको कारण भनेको सेवा सुविधा र तलब सुविधा देखिन्छ । 

पाईरेसी 

वित्तीय क्षेत्रले पाइरेसि गरेको अपरेटीङ सिस्टम र मिररिङ चलाइरेकको कुरा पनि सुन्नमा आउँछ। पाइरेसि गरेको सिस्टमले कम्प्लाएन्स जोखिम बढाउने तर अन्य जोखिम भने महसुस हुदैन। पाइरेसी भनेको जसको सिस्टम हो उसलाई भुक्तानी नदिकन अथवा लाइसेन्स नलीकन प्रयोग गरेको मात्रै हो।  अर्कै कम्पनीको होइन त्यसैले समस्या हुँदैन । त्यसले कुनै जोखिम हुन्छ जस्तो लाग्दैन । यस्तै मिररिङले पनि कम्प्लाएन्स जोखिम मात्रै हुन्छ तर अन्य कुनै जोखिम हुदैन। 

वित्तीय क्षेत्रको प्रविधि विश्वव्यापी रुपमा एउटै स्ट्यान्डर्ड हुँदै गएको देखिन्छ । जोइन्ट कम्पनीहरुको प्रविधिमा नै विश्वभरी बढीरहेको र सानो कम्पनीको प्रविधि विलय हुँदै गएको देखिन्छ । साना कम्पनी जोइन्टसँग मर्ज भएर जाने अथवा सस्टेन हुन नसकेर विलय भएर जाने अवस्था छ। जस्तै माइक्रोसफ्ट विश्वभरी फैलिसकेको छ । त्यस्तै डेटावेशको कुरा गर्दा ओराकल भन्ने छ। ओराकल पनि विश्वभरी फैलीएको छ । बैंकिङ सफ्टवेयरमा केही सफ्ट्वेर नै सबैतिर फैलिएको देखिन्छ । जतिपनि महत्त्वपूर्ण सफ्टवेर छन त्यो सबै ठुलो कम्पनीको नै छ। त्यसैले प्रविधिको स्ट्यान्डर्ड नेपाल साउथ एशिया देखि लिएर विश्वभरी नै उस्तै छ। 

प्रविधिलाइ कन्ट्रोल गर्ने, कन्ट्रोल युनिट राख्ने र नियमित रुपमा जाँच गर्ने बिषयमा एशियन देशहरुमा कमी छ भने दक्षिण एशियाको सबै देशको अवस्था लगभग उस्तै देखिन्छ । नेपालले सुरक्षालाई भने प्राथमीकता दिन आवश्यक देखिन्छ। इकर्मसमा युरोपको तुलनामा र केही विकसीत एशियाली देश भन्दा पछी रहेको छ तर सुरुवात भइसकेको छ । 

प्रविधिमा लगानी अहिलेको आवश्यकता

प्रविधिमा लगानी बढाउन आवश्यक छ।  त्यसको उदेश्य भनेको सहज वित्तीय सेवा प्रदान गर्ने नै हो । प्रविधि भित्रयाउन समस्या छैन। पैसा भएपछी ल्याउन सकिन्छ तर त्यसको मुख्य चुनौति भनेको माव संसानधन हो । प्रविधि ल्याउन र त्यसलाई संचालन गर्ने मानव स्रोत पनि किनेर  ल्याएर सम्भव हुँदैन। त्यसैले आइटी क्षेत्रको मानव स्रोत पहीलो प्राथमीकता हुनुपर्छ ।

वित्तीय क्षेत्रमा प्रविधि ३० वर्ष अगाडी देखि नै प्रयोग हुँदै आएको हो । नेपालमा संयुक्त लगानीका नविल बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक लगाएतसंग एकाउन्टीङ सिस्टम सभिर्स छ।  अब गएर इन्टरनेटले गर्दा जटिलता बढ्दै गएको छ । हामी केहि सुस्त भएको होला तर पछी होइन। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved