विजय पराजुली     Dec 18, 2019 | 02:54:23 PM


tansen

मुक्तिनाथ विकास बैंक Muktinath Bikas Bank Limited का पुर्व कार्यकारी अधिकृत भरत ढकालले बैंकको अध्यक्षको रुपमा 'कम्ब्याक' गरेका छन। मुक्तिनाथमा ढकालको  'कमब्याक' बैंकिङ वृत्तमा चर्चाको बिषय बनेको छ। 

उनको कम्ब्याकलाई केहीले पछिल्लो समय बैंकिङ क्षेत्रमा देखिएको 'सीईओ संचालक बन्ने ट्रेन्ड' लाई पछ्याएको भनेका छन भने केहिले मुक्तिनाथ अब अर्को वित्तीय संस्थासंग मिलेर वा आफ्नै जगमा बाणिज्य बैंक बन्ने र त्यसको नेतृत्त्व उनले लिनसक्ने अनुमान गरेका छन। 

मुक्तिनाथमा थप एक कार्यकाल काम गर्न पाउने अवसर हुँदाहुँदै ढकालले बैंकबाट बिदा लिएर कृषि व्यवसायमा हात हालेका थिए। कृषि क्षेत्रको व्यवसायीकरण गर्ने उदेश्यले ढकालले मुक्तिनाथको २५ प्रतिशत सेयर र अन्य ८३६ जना संचालकको समेत लगानीमा ४० करोड रुपैयाँको कृषि कम्पनी स्थापना गरेका हुन्। 

मुक्तिनाथलाई धेरै सूचकमा देशकै बलियो विकास बैंक बनाएका ढकालसंग बैंकमा उनको 'कम्ब्याक' को सन्दर्भमा बिजपाटी डटकमले कुराकानी गरेको छ। 

ढकाल भन्छन,

हिजोको दिनमा नेपालमा बैक तथा वित्तीय संस्थाको विकास पछिल्लो वर्गमा मात्रै भएको हो। जब एकैपटक धेरै बैंकहरु खुले, त्यतिबेला संचालक समितिमा बस्ने ब्यक्तिहरू त्यति अनुभवी नभएको हामी सबैले बुझेकै हो। त्यसले गर्दा नेपाल राष्ट्र बैकले बैकहरूको संचालक समितिमा कम्तिमा एक जना विज्ञ सदस्य राख्नुपर्ने ब्यवस्था नै गरेको थियो ।

पछिल्लो समय मर्जर र प्राप्तिका कारण बैक तथा वित्तीय संस्थाको संख्या घट्दै गएको छ। बैकको पुँजी र ब्यवसाय विस्तार हुँदै गयो जसले गर्दा जोखिम पनि बढ्दै गयो।

बिशेष गरेर अन्तराष्ट्रिय रूपमा नेपालको बैकलाई चिनाउन पनि अनुभवि बैकर संचालक अहिलेको आवश्यकता हो जुन कुरा सबैले महसुस नै गरेका छन। त्यस्तै मुक्तिनाथ बैकको स्थापनामा महत्त्वपूर्ण भुमिका त छदै थियो तर लगानि पनि ठुलो भएकाले सिईओ पदबाट राजिनामा दिनुपरेको  अवस्था थियो।  

पछिल्लो समय साथिहरूले बैकमा मेरो आवश्यकता देख्नु भयो र सर्वसम्मत अध्यक्ष चयन गर्नु भयो। मुक्तिनाथ आफैंमा पनि सुरु देखि नै फरक किसिमले संचालन भएको विकास बैंक हो । अहीले प्रतिस्पर्धा बढ्दै गएको छ। खास गरेर विकास बैंकहले वाणिज्य बैंकसँग प्रतिस्पर्धा गर्ने अवस्था छ भने विकास बैंकमा जनशक्ति अभाव पनि देखा पर्दै गएको छ । 

नेपालमा उत्पादनमुलक क्षेत्रमा बैंकहरुले लगानी गर्न सकेका छैनन् त्यसमा पनि कृषिको क्षेत्रमा अझै कम छ । त्यसैले हिजो व्यवस्थापनमा बसेर जुन काम गरे त्यो अनुभवलाई अध्यक्षमा रहेर काम गर्दा नेपालको बैंकिङ क्षेत्रलाई पनि फाइदा हुने र मुक्तिनाथ विकास बैंकलाई पनि राम्रो गर्न सक्छु भन्ने मेरो दृढ बिश्वास छ। 

अहीले नेपालको लागि विकास बैंकको आवश्यकता छ। वाणिज्य बैंकको जति महत्व हुन्छ त्यति महत्व विकास बैंकको छ। ८७ वटाको संख्यामा रहेको विकास बैंक घटेर २०-२२ वटामा सिमित हुने अवस्था आइसकेको छ। जति पनि विकास बैंकहरु मर्ज भए हिजो विकास बैंकबाट शेयर लिएकाहरुलाई अहीले शेयर लिन असहज भएको अवस्था छ भन्ने पनि सुनिन्छ। 

नेपालमा ठुलो लगानीगर्नुपर्ने आवाश्यकता छ र त्यसको लागि विकास बैंकको भुमीका हुन्छ। मुक्तिनाथ विकास बैंक वाणिज्य बैंक बन्नु सामान्य कुरा भयो। पुँजी ४ अर्ब २५ करोड भइसकेको छ। ८ अर्ब पुँजी पुर्याउन कुनै गाह्रो छैन तर नेपाल राष्ट्र बैंककको नीतिले के भन्छ त्यसको आधारमा निर्णय गर्दै जाने हो । मुक्तिनाथको पुँजी र कारोबार सानो भएपनि यसले गरेको कामहरु नेपालको अर्थतन्त्र बैंकिङ प्रणालीलाई राम्रो गर्ने नै हुन्छ।

सहरमा अवसरहरु होलान र तर गाउँमा अवसरहरु धेरै छन। गाउँमा बस्ने मान्छे कम छन अब गाउँमा पुँजी परिचालन गुर्नपर्ने अवस्था आएको छ । गाउँमा पुँजी परिचालनको लागि त्यहाँ उत्पादन बढाउनुपर्ने हुन्छ । जबसम्म गाउँमा उत्पादन हुँदै त्यहाँसम्म पुँजी गाउँमा जाँदैन । कृषकलाई मल, विउ, विजन देखि लिएर जबसम्म पुँजीको भरपर्दाे ब्यवस्था गर्न सक्दैनौ तबसम्म कृषिको उत्पादन बढ्दैन । कृषकको उत्पादन बढेपछी त्यसको बजारको ज्ञारेण्टी गर्नुपर्छ। 

विकसित देशको उदाहारण हर्ने हो भने पनि जनताको उपभोग्य बस्तु अथवा नयुनतम जनताको आवश्यकता सरकारले ज्ञारेण्टी गरेको हुन्छ। तर नेपालमा त्यो अवस्था छैन। अब सहकारी र नीजी क्षेत्र त्यो कुरामा लाग्नुपर्छ भनेर नेपालमा नयाँ उदेश्य सहीत मुक्रिनाथ कृषि कम्पनी स्थापना गरेका छौं । 

मुक्तिनाथ कृषि कम्पनी स्थापना भएको भर्खर १ वर्ष भयो। यसमा अनुभवी प्रमुख कार्यकारी अधिकृत नियुक्त गरिसकेका छौ । मुक्तिनाथले हिजो जस्तो लघुवित्तमा आफ्नो छुट्टै पहीचान बनाउन सफल भयो त्यसै गरि अब ग्रामीण क्षेत्रमा सहकारी र कृषिलाई जोडेर लैजाने प्रयास हो । गाउँ गाउँमा बैंक शाखा स्थापना गर्नको लागि संचालन लागत बढी हुन जान्छ। यसले आधार दर बढी हुन्छ। जसको सिधा असर ब्याजदरमा पर्न जान्छ।  

अहिले नेपालमा ब्याजदर ठुलो समस्याको रुपमा देखाइएको छ । त्यसले गर्दा गाउँमा रहेका सहकारीलाई उत्पादनमा जोड्नको लागि हामीले पुँजी र प्रविधिसँगै कृषि सामग्रीको आवश्यक ब्यवस्था गर्ने र उनिहरुको उत्पादनको ज्ञारेण्टी गर्ने सोचको साथ मुक्तिनाथ कृषि कम्पनी र मुक्तिनाथ विकास बैंक सहकार्य गरेर सँगसँगै लिएर जाने योजना हो।   

मेरो मुक्तिनाथ विकास बैंकको अध्यक्षमा प्रवेशसँगै यो कामलाई अगाडी बढाउँछौ । जसले गर्दा भोलिको दिनमा अन्य बैंक तथा वित्तीय संस्थालाई पनि कृषि क्षेत्रमा लगानी गर्न उत्प्रेरीत गर्नेछ । राज्यले पनि हाम्रो कामलाई हेरेर योजना बनाउनेछ भन्ने सोच छ । 

हाम्रो उदेश्य भनेको कृषि क्षेत्रको लागि वित्तीय पहुँच अथवा वित्तीय व्यवस्थापन अथवा कृषकहरुले मागेको बेलामा पुँजी पाउनुपर्छ भन्ने हो । वित्तीय पहुँच भनेको वित्तीय आवाश्यकता पुरा भएपछी मात्रै पुग्छ । गाउँमा पुँजी लैजानुपर्छ र त्यो पुँजी उत्पादनमुलक क्षेत्रमा खर्च गर्नुपर्छ। उत्पादनमुलक क्षेत्रमा कृषिलाई नै प्राथमीकतामा राख्नुपर्छ र त्यो कृषि उत्पादन हुनको लागि सम्पुर्ण कुराको ज्ञारेण्टी राज्यले गर्नुपर्छ कि नीजी क्षेत्र र सहकारी मिलेर गर्नुपर्छ। हामी बाहीर नआएपनी मुुक्तिनाथ कृषि कम्पनीले केही काम सुरु गरिसकेको छ।



Share your thoughts!

विजय पराजुली

Reporter