के हो स्टक डिलर, कसरी गर्छ काम ? देव गुरागाईको लेख

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 13, 2020 | 10:45:45 AM मा प्रकाशित

laxmi  sunrise bank

देव गुरागाई 

स्टक डिलर भनेको त्यस्ता संस्था ÷संरचना हो, जुन नियामक निकायको अनुमति लिई दोश्रोबजारमा ठूलो मात्रामा धितोपत्रहरुको खरिद ÷ बिक्री गरी धितोपत्रबजारमा हुने तरतलालाई नियन्त्रणमा राख्ने र धितोपत्र बजारमा सन्तुलन कायम राख्ने कार्य गर्दछ। तरलतालाई पटक पटक दोहोरिन बाट रोक्दछ ।

जब धितोपत्र बजारमा अस्वभाविक उतार चढाव आई बजार असन्तुलन, अस्थिर भई तरलताको अवस्थामा बिचलनको स्थिती आउछ त्यस्तो अवस्थामा स्टक डिलरहरुले तुरुन्त बजारमा प्रबेश गरि ठुलो मात्रामा धितोपत्रहरुको कारोवार गर्दछन् र बजारलाई सन्तुलनमा राख्न सहयोग गर्दछन् । यस्ता संस्था ÷संरचनाको मुख्य उद्धेश्य भनेको धितोपत्र बजारमा हुने तरलतालाई स्थिर राख्दै बजारमा सन्तुलन कायम राख्नु हो साथै पटक पटक तरलतालाई दोहोरिन नदिनु पनि हो ।  यिनीहरुले बजारमा तुरुन्त प्रबेश गरेर छोटो समयमा ठुलो मात्रामा धितोपत्र कारोवार गर्ने निर्णय लिनु पर्ने भएकोले यस्ता संस्था ÷ संरचनाको बनावट स्वायत्त र स्वतन्त्र हुन्छन ।

अहिले सम्म नेपालमा यस्ता कुनै पनि कम्पनी थिएँन। तर बुधबार मात्र नागरिक लगानी कोषले 'नागरिक स्टक डिलर कम्पनी' दर्ता गराएको छ । स्टक डिलर कम्पनीको उद्धेश्य नाफामुलक भन्दा पनि सेवा मुलक बढि हुनु पर्दछ ताकि उस्ले बजारलाई नियन्त्रणमा राख्न भुमिका निर्वाह गर्न सकोस । नाफा घाटा हेर्ने भन्दा पनि बजारलाई नियन्त्रण राख्ने उद्धेश्यले कारोवार गर्नु पर्ने हुन्छ । यद्यपी यो पब्लिक कम्पनी हुनेछ र यसका शेयरधनिले प्रतिफलको आस गर्ने भएकोले केही नाफा कमाउनु पनि यो कम्पनीको दायित्व हुन जान्छ । स्टक डिलरको भूमिका निर्वाह गर्नु निकै चुनौती पुर्ण हुने भएकोले कहिले कहीं कम्पनीले घाटा खाएर पनि बजारलाई नियन्त्रणमा राख्न भुमिका निर्वाह गर्नु पर्ने चुनौती रहन्छ । 

स्टक डिलरको काम÷भुमिकाः

यदि धितोपत्र बजारमा अधिक तरलता भएको अवस्थामा लगानीकर्ताहरुले बजारमा लगानी गर्न चाहिरहेको हुन्छन् र बजारमा ठुलो ठुलो मात्रामा धितोपत्रहरु कारोवार भइरहेको हुन्छ । धेरै र ठूला मात्रामा धितोपत्ररुको कारोवार हुँदा बजारमा कुल कारोवार रकम र संख्या बढ्छ र धितोपत्र खरिदकर्ताहरुको चाप ÷ माग पनि बढ्छ । धितोपत्रको आपूर्ति भन्दा माग बढि हँदा धितोपत्रको मुल्यमा बृद्धि हुन्छ र धितोपत्र बजार परिसुचक बढ्छ । धितोपत्र बजारमा कुनै किसिमको प्रभाव वा कारणले धितोपत्रको मुल्य अत्यन्तै, अस्वभाविक ढंगले बढेर बजारमा असन्तुलनको स्थिती आएमा स्टक डिलरले आफुसँग भएको धितोपत्रहरु बजारमा ठुलो मात्रामा बिक्रीको लागि आह्वान गर्दछन् । स्वाभावतः ठुलो मात्रामा धितोपत्रहरुको आपुर्ति हुँदा त्यसको मुल्य कम हुन्छ फलतः धितोपत्रको मुल्य अस्वभाविक बढ्ने प्रबृतिको नियन्त्रण हुन्छ र बजारले सन्तुलन कायम राख्दछ ।  

त्यसै गरी धितोपत्र बजारमा तरलताको कमि भएको अवस्थामा लगानीकर्ताहरुले बजारमा लगानी गर्न चाहिरहेको हुदैनन् फलतः बजारमा स–सानो मात्रामा मात्र धितोपत्र कारोवार भइरहेको हुन्छ । थोरै र मझौला मात्रामा धितोपत्ररुको कारोवार हुँदा बजारमा कुल कारोवार रकम र कुल धितोपत्र कारोवार संख्या पनि न्युन हुन्छ र धितोपत्र खरिदकर्ताहरु नहुने अवस्था पैदा हुन्छ भने बजार अझै घट्न सक्ने आंकलन गरि बिक्रीकर्ताको चाप बढ्छ र माग भन्दा पूर्ति बढि हँदा धितोपत्रको मुल्यमा ह्रास आउछ । फलतः बजार धैरै घट्दै गई धितोपत्र बजारमा असन्तुलन आउछ र बजार प्रति लगानीकर्ताको बिश्वासनियतामा पनि ह्रास आउछ । यस्तो बेलामा स्टक डिलरले ठूलो मात्रामा धितोपत्रहरु खरिद गरी बजारमा धितोपत्रको माग बढाउछन् फलतः आपुर्ति र मागको सन्तुलन कायम भई बजारमा सन्तुलन कायम हुन्छ । अतः धितोपत्र बजारमा स्टक डिलरले बजारमा धितोपत्रको मुल्यमा हुने अस्वभाभिक उतर चढावलाई नियन्त्रण गरि बजार सन्तुलन कायम राख्न र तरलताको स्थितीलाई नियन्त्रणमा राख्न भुमिका निर्वाह गर्दछन् । 

स्टक डिलरको आवश्यकता किन ? 

देश बिकास ÷ सम्बृद्धिको सुचकहरु मध्ये सर्बसाधारणले सजिलै बुझ्ने, पारदर्शी, र हरेक दिन ईन्टरनेटमा लाईभ हेर्न मिल्ने एक मात्र सुचक नेप्से परिसुचक हो । यो परिसुचक बढ्नुले देशको आर्थिक बिकास र सम्बृद्धि बढेको कुरालाई ईंकित गर्दछ । त्यसैले नेपाल सरकारले देशमा  पूँजिबजारको बिकास गर्न, शेयर बजारलाई बलियो, अन्तराष्ट्रिय स्तरमा प्रतिस्पर्धी बनाउनुका साथै बजारमा बिदेशी लगानीकर्तालाई समेत आर्कषित गर्न प्रविधि, पूर्वाधार, दक्ष जनशक्ति, कानूनी संरचना तथा नियमन क्षमताको विकास गर्नुपर्ने हुन्छ ।   धितोपत्र बजारलाई सन्तुलित, स्थिर र बिलियो बनाउन र बेला बेला हुने तरलताको समस्याबाट जोगाउन जिम्मेवार निकायहरुले कुनै न कुुनै उपाय ÷ साधनको प्रयोग गर्नु अहिलेको नितान्त आवश्यकता हो ।  यस्तै उपाय ÷ साधनहरु मध्ये स्टक डिलरलाई बजारमा प्रबेश गराउनु अहिले समय सान्र्दभिक हुन्छ । नेपालको पुँजिबजारको बिकासको लागि स्टक डिलरको रुपमा बलियो पुँजि, प्रविधि, पूर्वाधार, दक्ष जनशक्ति, अनुभवी संस्थालाई भित्राई बजारलाई बिकृती मुक्त, थप बलियो, स्थिर, आधुनिक प्रबिधिमैत्री र अन्तराष्ट्रिय स्तरको बनाउनु आजको आवश्यकता पनि हो । 

नेपालको पुँजिबजारको बिकास गर्ने उद्धेश्य सहित स्थापित नागरिक लगानी कोष एक सार्वजानिक सरकारी संस्था हो जुन नागरिक लगानी कोष ऐन २०४७ बमोजिम स्थापित र संचालित एक स्वायत्त संस्था पनि हो । नागरिक लगानी कोष ऐन २०४७ को दफा ३२(ड) मा उल्लेखित काम कर्तब्य र अधिकारको प्रयोग गरि पूंजीबजार बिकासका लागि आवश्यकता अनुसार सहायक कम्पनी खडा गरी स्टक डिलरको कार्य गर्न सक्ने कानूनी ब्यवस्था सुनिस्चित भएकोले कोषको नेतृत्वमा स्टक डिलर कम्पनी स्थापना गरी बजारमा प्रबेश गरेको छ ।

स्टक डिलर कम्पनीलाई पुँजि संरचना, संचालक, ब्यवस्थापन, प्रविधि, पूर्वाधार र दक्ष जनशक्तिको ब्यवस्थापन सम्बन्धी बिशेषाधिकार सहित धितोपत्र कारोवारमा निर्णय गर्ने अधिकारमा स्वतन्त्र र स्वायत्तता प्रदान गर्नु जरुरी हुन्छ । किनकी यसले अत्यन्त छोटो समयमा बजारमा धितोपत्रको मुल्यमा हुने अस्वभाभिक उतर चढावलाई नियन्त्रण गरि बजार सन्तुलन कायम राख्न र तरलताको स्थितीलाई नियन्त्रणमा राख्न तुरुन्त शेयर खरिद वा बिक्री गर्ने दुरदर्शी निर्णय लिनु पर्ने हुन्छ । 

यसकालागि पूँजिबजार सम्बन्धि मौजुदा कानून÷नियम÷बिनियम÷निर्देशिकाहरु परिमार्जन गर्नु पर्ने हुन्छ भने आवश्यक पर्ने नयाँ कानून÷नियम÷बिनियम÷निर्देशिकाहरु निमार्ण गर्नु पर्ने हुन्छ जुन कार्य सरोकारवाला निकायले गरिरहेको बुझिएको छ र यस्ता कानून÷नियम÷बिनियम÷निर्देशिकाहरु बनाउदा वा परिमार्जन गर्दा सरकारले स्टक डिलर कम्पनीलाई लाभकरमा सुविधा, ब्रोकर कमिशनमा सुबिधा, ब्यवसाय करमा सुबिधा, आम्दानी करमा सुबिधा, साफसाफ प्रकृयामा सुबिधा, धितोपत्र दलालको लाईसेन्स जस्ता सुबिधाहरु दिई स्टक डिलर कम्पनीहरुलाई बजारमा भित्रीन प्रोत्साहन गर्नु पर्दछ ताकी यीनिहरुले बजारमा आफ्नो उपस्थिती बलियो कायम राखी कालान्तर सम्म पनि निरन्तर काम गरिरहन सकुन । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved