सामाजिक संजालमा कोरोनाबारे भाइरल ३ अफवाहबाट नझुक्कीनुहोस, यस्तो छ वास्तविकता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 21, 2020 | 08:47:05 PM मा प्रकाशित

laxmi  sunrise bank

विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसबाट बच्न नेपाल सरकारले अघोषित लक डाउन घोषणा गरे लगत्तै सामाजिक संजालमा बिभिन्न बिषयहरु भाइरल बन्न थालेका छन्। त्यसमा पनि आमसर्वसाधरणमा त्रासको वातावरण सृजना हुनेगरि कोरोना भाइरसलाई जोडेर केहि झुठा प्रचारहरु भएका छन। 

शुक्रबार बेलुकादेखि नै फेसबुकको मेसेन्जरमा एक अस्पतालमा ६ जना कोरोना भाइरसका संक्रमितको मृत्यु भएको भन्ने अडियो भाइरल हुन् पुग्यो। यसले धेरै भन्दा धेरै नेपालीलाई त्रसित बनाउने काम गरेको छ भने अस्पतालले आज शनिबार उक्त अडियो भ्रामक हो भनेर बिज्ञप्ती नै निकालेको छ। 

यद्दपी अडियो मार्फत अस्पतालको नाम बदनाम गराउने र सर्वसाधारणमा त्रास फैलाउने रामेछाप घर भई भक्तपुरको सिपाडोल बस्ने २० वर्षीय विवेक थापा मगरलाई प्रहरीको साइबर ब्युरोले पक्राउ गरेको छ। 

दोस्रो, राति १२ बजे विशेष सैन्य हेलिकोप्टरले कोरोना भाइरसविरुद्ध औषधि छर्किँदैछ, बाहिर नबस्नुस् भन्ने अडियो संदेश भाइरल बनेको छ। उक्त संदेशबारे आफ्नो ध्यानाकर्षण भएको भन्दै नेपाली सेनाले बिज्ञप्ती नै सार्वजनिक गर्न बाध्य भएको छ। नेपाली सेनाले कोरोना भाइरसबाट बच्न आवश्यक तयारी गरेपनि अडियो संदेशमा भनीए जस्तो हेलिकप्टर प्रयोग गरि किटनाशक औषधि छाड्ने कुनै योजना नभएको बिज्ञप्ती मार्फत जनाएको छ। 

तेश्रो, टिकटक मार्फत फैलाइएको भ्रम।  उक्त टिकटक भिडियोमा टेकु अस्पतालमा प्लास्टिकले बेरेका ५ वटा शव देखेँको र ति कोरोना संक्रमित भएको भन्ने संदेश भाइरल बनेको छ। उक्त भिडियोमा बोल्ने व्यक्तिले संदेशको अन्तिम तिर आफुले यो तथ्य सामाजिक संजालमा भेटेर पढेको भनेका छन्। उक्त संदेश समेत झुटो भएको र ति व्यक्तिलाई खोज्ने काम भईरहेको प्रहरीको साइबर ब्युरोले जनाएको छ। साइबर ब्युरोकाअनुसार ति व्यक्ति अमेरिकाको टेक्सासमा बसोबास गर्छन।  

झुट्ठा अफबाह फैलाए के हुन्छ ?

मुलुकी अपराध संहिता २०७४ को परिच्छेद(२ ‘सार्वजनिक शान्ति विरुद्धका कसूर’ मा भएको प्रावधान निम्नानुसार रहेको छ:

झुट्ठा अफबाह फैलाउन नहुनेः

कसैले सार्वजनिक शान्ति भङ्ग गर्ने, हूलदङ्गा गर्ने वा नेपालको सार्वभौमसत्ता, भौगोलिक वा प्रादेशिक अखण्डता वा विभिन्न जात, जाति वा सम्प्रदाय बिचको सुमधुर सम्बन्धलाई खलल पार्ने नियतले कसैलाई उक्साउने गरी नभए नगरेको अफबाह फैलाउन, प्रचार प्रसार गर्न वा नारा जुलुस गर्न हुँदैन ।

उपदफा १ बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई एक वर्षसम्म कैद वा दश हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनेछ ।



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved