लकडाउनमा सरकार र मन्त्रीहरुले तत्काल गर्नुपर्ने १५ काम

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 21, 2020 | 03:47:01 PM मा प्रकाशित

laxmi  sunrise bank

भारतमा कोरोनाको लकडाउन प्रारम्भ भए पछि कोरोना राहत कोषमा उधोगपति रतन टाटाले १५ अर्ब दान दिए। पत्रकारले उनीसंग प्रतिक्रिया लिन खोज्दा मेरो देश र जनतालाई बचाउन अावश्यक परे म मेरो सम्पुर्ण श्री सम्पति सरकारलाई दिन तैयार छु भनेको सुन्दा मेरो मनमा उनी प्रति अपार श्रद्धा जागेको थियो।

चाईनाबाट कोरोना संक्रमण शुरु भई विभिन्न देशमा फैलिन थाले पछि बिल गेट्स दम्पतिले विश्व स्वास्थ्य संगठनलाई १० करोड डलर दान गरे। विश्व स्वास्थ्य संगठनले चिनलाई सपोर्ट गरेको आरोप लगाउदै अमेरिकि राष्ट्रपति ट्रम्पले आक्रोशित हुँदै सबै सहयोग बन्द गर्ने घोषणा गरे। सो लगत्तै उनको यो कदमको आलोचना गर्दै गेट्स दम्पतिले पुनः १५ करोड डलर सहयोग गर्ने घोषणा गरे। गेट्स दम्पतिको यो महानताले मलाई उनिहरु प्रति श्रद्धाले नतमस्तक बनायो।

संकटको बेला आफ्नो देश र मानवता प्रतिक‍ो ठूलो सहयोगको यी उदाहरण पात्र मात्र हुन।अरु अरु पनि थुप्रै उदाहरणहरु छन् । नेपालमा पनि कोरोनाको संभावित संक्रमण रोक्न चैत्र ११ देखि लकडाउन शुरु भो। तर लकडाउन पछि श्रृजना हुने बिकराल समस्यालाई सरकारले समयमा आकंलन गर्न सकेन र लकडाउन थप हुँदै गए पछि श्रृजित समस्यालाई उचित ब्यवस्थापन गर्न नसक्दा देश अहिले कहालि लाग्दो त्राहिमामको अवस्थामा पुगेको छ। सर्बत्र हाहाकार,असंत‍ोष र अब्यवस्था छ। संकटको बेला सकेको जति सरकारलाई सहयोग गर्ने भावना भन्दा सबै क्षेत्र र नागरिक पनि सरकारसंग राहत माग गर्नमा लागेका छन् । यसलाई उचित ब्यवस्थापन गरिएन भने आर्थिक रुपमा नांगो भएपछि, समयमा उपचार नपाएपछि र खान नपाएर मर्ने स्थिति आएपछि "मर्ता क्या नहि करता" भने झै लुटपाट र नागरिक बिद्रोहको संभावना रहन्छ।यसलाई समय मै बुझि सरकार सचेत हुनु पर्छ।

लकडाउन भएको तीन हप्ता नाघि सकेको छ। यस्को नकारात्मक असर सामाजिक र आर्थिक क्षेत्रमा पर्न थाली सक्यो। बिगतमा दुई तिहाईको दम्भ र बिभागिय मंत्रीहरुको शक्ति प्रदर्शनमा धेरै उधोगि ब्यवसायिहरु कोपभाजनमा परे। उधोगि ब्यवसायि पनि दुधले नुहाएका पक्कै थिएनन्। तर सरकार र ब्यवसायि बिचको यहि तिक्तता र अबिस्वासको कारण कोरोनाको यत्रो राष्ट्रिय संकटको बेला कुनै पनि उधोगि ब्यवसायि रतन टाटा जस्तो सहयोगि भावनाले आएनन, झारो टार्ने पारा मात्र देखाए। देशमा अहिले राष्ट्रिय संकट छ। नेपाली बाचे र अर्थ ब्यवस्था राम्रो भएमा कमाउने हो। अतः ईगो,दम्भ,राजनैतिक आस्था छोडि राष्ट्रिय सहमति कायम गरि सबैले सकेको सहयोग लिने दिने वातावरण बनाउं। लकडाउन शुरु भए लगत्तै नागरिकलाई आश्वस्त पार्दै भएको पुंजी लगानि गर्न र राहत संकलनमा सकारले निम्न कदम चाल्न सक्थ्यो। तर सरकार यस्मा चुक्यो । ढिलै भए पनि समय पुरै धर्कि सकेको छैन। बिचार पुर्याई निम्न प्रयास गर्न सक्ने देखिन्छ।


१)बजेटमा खर्च नभएका पुंजिगत र अनुत्पादक रकम,पुर्ण सरकारि राष्ट्र बैकं,दुरसंचार संस्थान,अायल निगम,संचयकोष,नागरिक लगानि कोष,कल्याणकारि कोष जस्ता सबै निकायको जगेडा कोष र अन्य कोष कोरोना पुनरउत्थान कोषमा राखौ र योजनाबद्ध रुपमा लगानि गरौ।

२)राष्ट्रिय संकटको जसअपजस संयुक्त रुपमा लिने सोच बनाउनु पर्ने। जस आफुले मात्र लिने सोच वा जस अरु पार्टिले नलेओस भन्ने दम्भले स्थिति बिग्रियो भने सिगों सतारुढ पार्टि सिध्दिन सक्छ। अत: सरकारको नेतृत्वमा विभिन्न पार्टि सम्बध्द अनुभवि,दक्ष, ईमान्दार बिशेषज्ञ ब्यक्ति सम्मिलित राष्ट्रिय कोरोना उपचार,नियन्त्रण तथा पुनरोत्थान समितिको निर्माण गरि सबैको बिस्वास लिने वातावरण बनाउन सकेन।

३)यो समितिलाई अधिकार सम्पन्न बनाई यस्को मातहतमा ३ देखि ५ सदस्यिय प्राबिधिक समिति बनाउं जस्मा डा. भगवान कोईराला,डा.शेर बहादुर पुन जस्ता सक्षम र गर्न सक्ने प्राबिधिक मान्छे राख्न सकिन्थ्यो।

४)कोरोना उपचार कोषमा सक्दो सहयोग गर्न सर्बपक्षिय आह्वान गर्नु पर्थ्यो र आएको सहयोग रकम दैनिक पत्रिकाबाट सार्बजनिक गरि प्राबिधिक समितिको सिफारिसमा खरिदको निर्णय संगै सोको हिसाब पारदर्शि र बिस्वसनिय बनाउन सकिन्थ्यो।

५)उधोगपति ब्यवसायिले मनग्य आम्दानि गरेतापनि कर बचाउन कम आय देखाउने गरेको राज्यलाई थाहा छ। यी ठुला सबैलाई बोलाई प्रधान मन्त्री स्वयंले राहत कोषमा बढि भन्दा बढि सहयोग गर्न आग्रह गर्नु पर्थ्यो। सहयोगको आधारमा पछि सरकारबाट संरक्षण र सुबिधाको ग्यारेन्टि गर्नु पर्थ्यो।

६)अर्थ मन्त्री स्वयंले बैकं,बिकास बैकं,बित्त कंपनि,बीमा कंपनि,ठुला सहकारि,ब्रोकर कंपनि,रेमिटान्स कंपनि सबैलाई पालो पालो बोलाई बैठक गरि ब्यक्तिगत रुपमा,सम्पुर्ण कर्मचारिको तर्फबाट र संस्थाको आर्थिक अवस्थाको अनुसार सहयोग गर्न भन्नू पर्थ्यो।संकटमा गरेको सहयोगको गुन पछि लाउने भरोसा दिनु पर्थ्यो,यसबाट ठुलो फण्ड अाउने संभावना रहन्थ्यो।

७)सरकार संग बर्सेनि अनेक सुबिधा मागं गर्ने नेपालको टप टेन धनाड्यमा पर्ने गैर आबासिय नेपाली,एनआरएन र यिनका संसार भर फैलिएका संगठन चुप लागेर बसेका छन् । यिनको बैठक गरि कोषमा दान दिन वा यिनको संगठन मार्फत धेरै देशमा अलपत्र परेका नेपालिको उध्दार गर्न तथा ३ महिनाको बस्ने खाने प्रबन्ध मिलाउन दिन सकिन्थ्यो।

८)करौडो करोड कमाउने म्यान पावर कंपनिहरु छन्। तिनलाई श्रम मन्त्रीले बोलाई सौहार्दपुर्बक कि त कोरोना कोषमा सहयोग गर्नु पर्यो अथवा बिदेशमा अलपत्र परेका श्रमिकको छोटो समयको खाने बस्ने ब्यवस्थाको ग्यारेन्टिको लागि आग्रह गर्न सकिन्थ्यो।

९)शिक्षा मंत्रीले आफ्नो उपस्थितिमा बिदेश पढन पठाउने बढि कमाउने कन्सलटेन्सिलाई यी मार्फत गएका बिधार्थिलाई संकटको बेला १ महिनाको खाने बस्ने ब्यवस्थाको लागि अग्रह गर्न सकिन्थ्यो। तेस‍ै गरि देशका ठुला,सफल र बर्सेनि राम्रो कमाई हुने निजि स्कुल,कलेज, तालिम संस्थाबाट ठूलो सहयोग रकम कोषमा जम्मा गराउन सकिन्थ्यो।

१०)उधोग बाणिज्य र आपुर्ति मंत्रीले ठुला ईम्पोटर्स,एक्स्पोटर्स,पर्यटन ब्यवसायी,डिपार्टमेन्टल स्टोर,पेट्रोल पम्पहरु,ठुला मलका मालिकहरु,जलबिधुत कंपनि ,रियल स्टेट कंपनि जस्ता सक्षम र बिगतमा राम्रो कमाएकालाई बोलाई बिस्वासको वातावरण बनाई कोषमा राम्रो रकम जम्मा गराउन सकिन्थ्यो।

११) यातायात मंत्रीले यातायात ब्यवसायि संघ र ब्यवसायी भेला गरि ठाउँ ठाउमा फसेका नागरिकलाई सेनिटाईज गरेको बसमा कोरोनाको प्रारम्भिक परिक्षण गरि ठिक अवस्थाका लाई घर घरमा पुर्याउने ब्यवस्था र यातायात बेरोजगार श्रमिकलाई खाने बस्ने ब्यवस्थाको लागि अनुरोध गर्न सकिन्थ्यो र पक्कै गर्थे पनि होला।

१२)निर्माण तथा भौतिक योजना मंत्रीले देशका ठुला निर्माण कंपनिका मालिकलाई बोलाई कोरोना कोषमा सहयोग गर्न वा लकडाउनको कारण बेरोजगार श्रमिकको ३ महिनाको खाने बस्ने प्रबन्धमा सहयोग गर्न आग्रह गरेको भए उनिहरुले गर्न सक्थे होला।

१३)कृषि मंत्रीले प्रमुख जिल्ला अधिकारी र यातायात ब्यवसायि संगको समन्वयमा जिल्लामा उत्पादित कृषि उपज,फलफुल,तरकारि,पशुपंछिजन्य उत्पादन सहज र सुरक्षित तरिकाले शहरि क्षेत्रमा बिक्रि बितरणको ब्यवस्था गर्दा नि कृषि उत्पादनले प्रोत्साहन पाउने र अार्थिक गतिबिधि पनि हुन्थ्यो।

१४)स्वास्थ्य मंत्री र समाज कल्याण मंत्रीले देश भरिका एनजिओ आईएनजिओ र प्राईभेट मेडिकल कलेज,हस्पिटल,अौषधि फैक्ट्रि मालिकलाई बोलाई बिरामिको ओसार पसार खाने बस्ने ब्यवस्था र उपचारको समन्वयात्मक कार्यक्रम ल्याउन सकिन्थ्यो।

१५)गृह मंत्रीले काठमाण्डौको खुला आकासमा रहने,बेरोजगार र बाँस नभएकालाई राख्ने र खाने उचित प्रबन्धको लागि प्रयास गर्नु पर्थ्यो। यस्को लागि प्रहरी प्रशासनको समन्वयमा काठमाण्डौ र बाहिरका पार्टि पैलेश र खालि स्कुल कलेजका मालिकलाई बिस्वासमा लिई सरकारि खर्चमा वा स्थानिय धार्मिक,जातिय,पेशागत संघ संस्थाको आयोजनमा खाने बस्ने उचित ब्यवस्थापन गर्न सकिन्थ्यो।

देशमा उत्पन्न बर्तमान राष्ट्रिय संकट सरकार मात्रको प्रयास र श्रोत साधनले भ्याउन सक्दैन। संसारका सबै देश कोरोनाबाट पिडित भएकोले बिदेशि सहायता आउदैन।आफ्नै साधन श्रोत परिचालन गर्नु पर्छ।सबैको सहयोग र सद्भाव चाहिन्छ।अाश्चर्य त के छ भने,नेपालका प्रमुख धनाड्यहरु,रेमिटान्स कंपनिका टाईकुनहरु,मनग्य कमाएका उधोगपति ब्यवसायि, गैर आबासिय धनाड्यहरु लकडाउन भएको ३ हप्ता बिति सक्दा पनि सहयोगको लागि आएका छैनन्। धन भएर पनि मन नभएर हो कि बिगतमा सरकारले दिएको दुख सम्झि बिश्वास नभएर हो ,बुझ्न सकिएको छैन।

यसै बिच सरकार गिराउने र दल तोडने खेल शुरु भएको सुन्दा सबै नेपाली आश्चर्यचकित भएका छन् ।कोरोनाको कारण सबै क्षेत्र पिडामा भई ठोस राहत र कार्यक्रमको आशा गरिरहेको र यो संकटबाट पार पाउन राष्ट्रिय सहमति हुने आशा गरिरहेका नेपाली स्वार्थि पदलोलुप नेताको बर्तमान गतिबिधिबाट निराश भएका छन्। आशा गरौ समय छदै सुध्रियलान र यो अकल्पनिय संकटबाट पार पाईएला।

लेखक पुर्व बैंकर तथा महालक्ष्मी लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत हुन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved