कोरोनाले ल्याएको चुनौतीलाई 'स्टार्टअप' हरुले कसरी अवसरमा परिणत गर्ने ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 25, 2020 | 08:30:25 PM मा प्रकाशित

laxmi  sunrise bank

उत्सब भट्टराई 

विश्वभरका वैज्ञानिकहरु महामारीको स्वरुप लिदै फैलिएको (कोभिड - १९) कोरोना भाइरस कसरी परास्त गर्न सकिन्छ भनेर अध्ययन अनुसन्धानमा लागि परेका छन् ।महामारीले मानव जगतलाई चुनौती दिएको छ नै, साथमा यसले अर्थतन्त्रलाई पनि धरापमा पारेको छ । विश्वभरका सरकारहरुले अर्थतन्त्रमा हुने क्षति कम गर्नको लागि केहि न केहि प्याकेजको पनि घोषणा पनि गरिरहेका छन्।

 यस विषम परिस्थितीमा सबैभन्दा छिटो असर गर्ने निराश भएर धारासायी हुने अवस्था आउने भनेको नयाँ सोच जोश लिएर अगाडी बढ्न खोज्ने "स्टार्ट अप्" हरु पनि हुन । तर पनि स्टार्ट अपहरुले यसलाई चुनौती नभई अवसरको रुपमा लिनु पर्छ ।

स्टार्ट अपहरुमा निराश आउँन सक्ने अवस्थाहरुमा सिमित आर्थिक अवस्था बाट सुरु गरिएको उध्योग,ब्यापार भएको हुनाले धेरैदिनको बन्दले आर्थिक अवस्था नाजुक हुनु, बैंकको ऋण र त्यसको ब्याजको भारदुख अनि धेरै मिहेनतपछि जम्मा भएको एक परिवार जस्तै कर्मचारी हरुलाई सही सन्तुलन गर्न नसक्नु लगायत हुन् । त्यस्तै ब्यापर बिनाको खर्चको भार, जस्तै : घरभाडा, बत्ति, इन्टरनेट आदी को भुक्तानि, कामदार को उचित ब्यवस्थापनमा समस्या, दक्ष कामदारको अभाव्सुरुदेखी सुरुवात गर्नु पर्ने अवस्था लगायतले पनि स्टार्ट अपहरुमा निराशा ल्याउन सक्छ । 

यी त् केहि उदाहरण मात्र हुन्यस्ता धेरैकारण छन् जस्ले "स्टार्टअप्" हरुलाई निकै समस्या पर्नसक्ने पक्का छ । अहिले नै यसको बारेमा सोचेर सही अनि सटिक योजना बनाउन सकिएन भने हामी जस्ता "स्टार्टअप्" हरुलाई स्टार्ट हुनु अगाडी नै इन्ड हुन सक्ने जोखिम बढ्दो छ । नया जोश अनि जागरका साथ केहि गरौ भन्ने अठोट लिएका युवा हरुलाई अहिलेको अवस्थाले निराश संगै अब झन् दिगो योजना सहित अगाडी बढ्ने अवसर पनि प्रदान गरेको छ । हामीले यस्तोअवस्थामा संयम भएर अगाडी बढ्न जरुरि

यसरी बढौ अगाडी :

, सबै भन्दा पहिले आफुले आफैलाई आत्माविश्वासी बनाई अगाढी बढौ। 

, हिजोका योजना हरुमा हामी कहाँ पुगेका छौ, त्यसमा रहेका बाकी कार्यलाइ सम्पादनको योजना बनाउ

, सफल ब्यबस्थापन गर्नको लागि आफ्नो टिमसंग अहिलेको अवस्था अनि आउन सक्ने समस्याको बारेमा छलफल गरौ

, आर्थिक अवस्था सबल बनाउन सानो सानो तर दिर्घकालिन कार्य योजना बनाइ अगाडी बढौ। 

, आफ्नो कर्मचारी हरुलाई संयम बनाउन अनि आत्मबिस्वाश बढाउन उचित योजना सहित प्रशिक्षण तथा तालिमको ब्यवस्था गरौ

यसरी संयम अनि दिर्घकालिन योजना नै अबको दिनमा अगाडी बढ्ने एकमात्र उपाय हो। नेपाल सरकारले हामी जस्ता "स्टार्ट अप" हरुलाई यस्तो विषम परिस्थितिमा अगाडी बढ्न अनि आफ्नो योजना सफल बनाउन ठोस कदम चाल्न जरुरि रहेको छ । अहिलेको समयमा केहि दिर्घकालीन योजना ल्याउन सबैले पहल गर्नु पर्ने आवश्यकता रहेको छ । 

लेखक  हेरचार डटकम प्रालि.का प्रबन्धक हुन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved