आइक्यानका कामहरु यस कारण बिभेदकारी थिए भन्न सकिन्छ !

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

May 21, 2017 | 08:26:12 PM मा प्रकाशित

laxmi  sunrise bank

बालकृष्ण दाहाल


भारतको सिए बोर्डबाट सिए पढाइ र आबश्यक अनुभव लिई सकेर आउँनेले सिधै नेपालको सिए बोर्ड आइक्यान (ICAN) को सदस्यता अब नपाउँने भन्ने समाचार आएको छ। आइक्यान नेपालमा सिए पढाउँने र लेखापरिक्षण (Audit)  गर्न पाउँने लाइसन्स सिओपी (Certificate of Practice)  दिने आधिकारिक सँस्था हो।

समाचारमा भनिएको छ, आइतबार बस्ने आइक्यान काउन्सिलको बैठकले यसको औपचारिक निर्णय गर्न लागेको छ। यो निर्णयले आइकाइ सदस्यहरुमा हलचल मच्चाएको देखिन्छ। तर, आइकाइलाई आइक्यानको सदस्य दिने बिषय बिभेदकारी थियो भनेर एसिसिए लगायत अरु अकाउनटेन्सि सँस्थाले भन्दै आएका छन। यो छोटो लेखमा यसबारे केहि प्रस्ट पार्ने कोसिस रहनेछ। 

स्मरण रहोस युकेको बोर्ड एसिसिएबाट सिए पढेर आउँनेहरुलाई आइक्यानले मान्यता दिन छोडेको जुग भैसक्यो। नेपालमा एसिसिए यति बृहत हुनु भन्दा अघि छात्रबृतिमा पढेर आएका अग्रजहरुले भने लेखा परिक्षणको अनुमति पाएर अहिलेसम्म पनि काम गरिरहेकाछन। पछि भने एसिसिएलाई निषेध गरियो र भारतको आइकाइलाई मात्र मान्यता दिइयो। अहिले नेपालमा एसिसिएका बिधार्थि र सदस्यहरु उलेख्य सङख्यामा रहेकाछन। 

एसिसिए लाई नदिएर आइकाइलाई मात्र सदस्य दिनुको कारण आइक्यानमा आइकाइ सदस्यहरुको बाहुल्य हुनु बाहेको अरु कुनै गतिलो कारण छैन। यो पनि स्मरण गरौँ की आइक्यान बाहेक नेपाल सरकारका मातहतमा रहेका बित्तिय सँस्था, बैँक र प्राय निजी बैँकहरुले एसिसिएलाई सिए पद र आन्तरिक लेखा परिक्षण (Internal audit) का लागि भर्ना गर्ने गरेकोछ। भारतसँग संबन्धन भएका केहि बैँकहरुले भने केहि समय अघिदेखि एसिसिएलाई निषेध गर्ने मनसाय देखिएको छ। अहिले नेपाल राष्ट्र बैक, राष्ट्रिय बाणिज्य बैँक र अरु निजी बैंकमा सिए रहने पदमा एसिसिए सदस्यहरुको बाहुल्यता छ।

यस्तो बिभेदकारी कदमको बचाउ गर्न एसिसिएका बारेमा गलत र भ्रामिक कुरा पनि बजारमा फैलाइएको पाइयो। कोहि कोहि भर्खरै पढाइ सकेका, बिधार्थि र सिए प्रोफेसनमा नभएकाहरु के पनि धारणा राख्छन भने एसिसिए पुर्ण सिए हैन। तेस्तै अर्को तिर एसिसिए गर्नेहरु पनि एसिसिए सन्सारका धेरै देशमा लेखापरिक्षण (Audit)  गर्न सिओपी (Certificate of practice) पाउँने भएकोले देश बिशेषका सिए भन्दा माथिल्लो दर्जाको भन्ने मान्यता राख्छन। यी दुबै अल्पज्ञानका उपज मात्र हुन। 

बास्तवमा पढ्ने बिषयबस्तु उस्तै हुन। अडिटको स्टयान्डर्ड  International Standards on Auditing (ISAs) र अकाउन्टिङको  International Accounting Standards (IASs), International Financial Reporting Standards (IFRSs)  तिनै हुन सबैले पढ्ने। पहिला पहिला देश बिशेषका स्टयान्डर्ड हुने गर्थे तर ती (International standards)  का कपि जस्तै थिए नेपालको सन्धर्भमा भन्ने हो भने। (Basic accounting principles)  तिनै हुन। फरक भनेको देश बिशेषको कर र कानुन मात्रै हो। तेसमा पनि ब्यापार ब्याबसाय संबन्धि कानुन र कर सबै सिए सँस्थाको पढाइमा हुने नै गर्छ र धेरै समान्ता हुने नै भयो। फरक भएका बिषयलाई सिए पास गर्ने ब्याक्तिले आफ्नो ज्ञानलाई अपडेट गर्न समय नलगाउनु पर्ने हो। यसका लागि पनि सदस्यता नविकरण गर्न बर्षमा २१ घण्टा जस्तो औपचारिक अपडेट सिपिडि (continuing professional development) गर्नै पर्ने हुन्छ।(एसिसिएको हकमा) 


आइक्यानले यसो गर्नु पर्ला

नेपालको आइक्यान बाहेक अरु देशको कुनै पनि सिए सँस्थाबाट पढेर र अनुभवको मातदण्ड पुरा गरेको जो सुकैले पनि नेपालको कर र कानुनसँग सम्बन्धित बिषय दिए पछि लेखापरिक्षण गर्ने लाइसेन्स सिओपि देओस। यसो गर्दा आइक्यानमा प्रतिस्पर्धा बढ्ने र आइक्यान बढि प्रतिस्ठित (Reputed) हुने हुन्छ। 

अहिले सन्सारभरिका अकाउन्टेन्सि बडिहरु एकिकरण हुनु पर्छ भन्ने मान्यता आइरहेको बेला आइक्यानले खुम्चेर बस्नु समय सापेक्ष नहुने हुन्छ। आइक्यानले सन्सारका अरु अकाउन्टेन्सि बडिसँग समझदारी र साझेदारी गरोस जस्ले गर्दा आइक्यानबाट सिए पास गर्नेहरु नेपाल भित्र मात्र खुम्चेर बस्नु नपरोस। अरु देशमा पनि मान्यता पाउँन। तेसो गर्दा सिओपीमा आइक्यान सदस्यहरुलाई आरक्षण गरिराख्नु र सिन्डिकेट खडा गर्नु पर्ने छैन। 

युकेमा पनि एसिसिए बाहेक पनि अर्को सिए सँस्था Institute of Chartered Accountant England and Wales (ICAEW)  छ तर आइसिएइडबल्यु सिन्डिकेट गरेको छैन त्यहाँ। बरु उसले सन्सारका अरु अकाउटेन्सि बडिसँग साझेदारी गरेर सदस्यको आधारमा सन्सारकै ठुलो मध्यको अकाउनटेन्सि बडि बनेको छ भने एसिसिए बिधार्थि  (Trainees) को आधारमा ठुलो मध्यको सँस्था बनेको छ। युके भित्रै दुबै र यति ठुला सँस्था छन भने आइक्यानले पनि अरु सिएहरुलाई निषेधको बाटो नअपनावस। यसबाट केहि शिक्षा लिएर अघि बढोस। 

आइक्यानले एसिसिएसँग पनि केहि बर्ष अघि संझौता त गरेको छ तर त्यो तेति प्रभावकारी छैन। संभवतः अहिलेसम्म त्यो संझौताबाट कोहि पनि एसिसिएले लाभ लिएको छैन होला, सुन्नमा आएको छैन। आइक्यानले अलि लचिलो भएर संझौता गरोस जस्ले गर्दा एसिसिए गर्न चाह्ने आइक्यान सदस्यहरुलाई पनि सहयोग पुगोस र अन्तराष्ट्रिय बजारमा आइक्यान सदस्यले पनि मौका पाउँन। 

अन्त्यमा

आइक्यानले बिदेशी सँस्थाबाट सिए गर्नेहरुलाई सिओपीको मामलामा समान ब्याबहार गरोस। नेपालमा सिए प्रोफेसनको बजारमा बाहुल्य रहेका आइकाइ र एसिसिएलाई समदुरीमा राखेर हेरेमा र अरु अकाउन्टेन्सि सँस्थाहरुसँग सम्झौताका हात बढाउँदै गएमा आउँने दिनमा आइक्यानलाई फाइदा नै हुनेछ। अब आउँने दिनमा नेपालमा आइक्यान सदस्य भन्दा अधिक संख्यामा रहेका एसिसिए र आइकाइ सदस्यहरुसँग सम्बन्ध सुधार गर्दै बढ्दै गरेको अर्थतन्त्रका लागि टेवा दिन आइक्यान हिच्किचाउनु हुदैन। 






Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved