सिटी एक्सप्रेसद्धारा आश्रमलाई ज्याकेट सहयोग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 15, 2019 | 03:41:02 PM मा प्रकाशित

laxmi  sunrise bank

सिटी एक्सप्रेस ग्रुपद्धारा सामाजिक उत्तरदायित्व अन्तर्गत मानव सेवा आश्रमलाई १ हजार २ सय थान ज्याकेट हस्तान्तरण गरेको छ । जाडोयामलाई लक्षित गरि मानव सेवा आश्रममा आश्रित सम्पुर्ण व्यक्तिलाई जाडोबाट बच्न उक्त ज्याकेट वितरण गरिएको सिटीले जनाएको छ ।

सिटी एक्सप्रेस ग्रुप अन्र्तगतका भगिनी संस्थाहरुमध्ये सिटी एक्सप्रेस मनि ट्रान्सफरका प्रशासकीय निर्देशक कृष्णराज पौडेल, सिटी एक्सप्रेस फाइनान्सका प्रमुखकार्यकारी अधिकृत भिष्मराज चालिसे र सिटी एक्सप्रेस बचत तथा ऋण सहकारीका प्रमुख कार्यकारी अधिकृत नारायण बस्नेतले संयुक्त रुपमा आश्रमका अध्यक्ष रामजी अधिकारीलाई उक्त ज्याकेटहरु हस्तान्तरण गरे । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved