चाडबाडमा पनि भूक्तानी सन्तुलन नाफामै, बढ्यो विदेशी लगानी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 21, 2019 | 03:45:15 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालको बैदेशीक ब्यापारमा देखिएको सुधारको प्रभाव शोधनान्तर स्थिति (भुक्तानी सन्तुलन) र विदेशी विनिमय संचितिमा पनि देखिएको छ । चालु आर्थिक वर्षको प्रथम त्रैमासमा विनिमय संचितिमा वृद्धि हुनुको साथै शोधनान्तर स्थिति पनि बचतमा रहेको छ । साथै प्रत्यक्ष वैदेशीक लगानीमा पनि वृद्धि भएको छ । 

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको प्रथम त्रैमासको आर्थिक तथा वित्तीय अवस्थाको प्रतिवेदन सार्वजनिक गर्दै शोधनान्तर स्थिति १४ अर्ब ४३ करोडले बचतमा रहेको जनाएको छ । गत आर्थिक वर्षको सोही अवधिमा भने शोधनान्तर स्थिति ३५ अर्ब ४२ करोडले घाटामा थियो । ९ वर्ष पछि गत आर्थिक वर्षमा वार्षिक रुपमा शोधनान्तर स्थिति घाटामा गएको थियो । तर यो वर्ष भने बढी आयात हुने चाडबाडको बेलामा समेत सोधनान्तर स्थिति नाफामा रहेको छ । 

शोधनान्तर स्थिति सकारात्मक हुँदा विदेशी विनीमय संचिति पनि बढेको छ । चालु आर्थिक वर्षको ३ महिनामा नै विनीमय संचिति ४.७ प्रतिशतले वृद्धि भएर १० खर्ब ८७ अर्ब ७३ करोड पुगेको छ । गत असार मसान्तमा मुलुकसँग १० खर्ब ३८ अर्ब ९२ करोड विदेशी विनीमय संचिति रहेको थियो । 

आयातमा आएको कमी र संचिति बढ्दै जाँदा नेपालको आयात क्षमतामा पनि सुधार हुँदै गएको छ । गत असार मसान्तमा ८ महिनाको मात्रै बस्तु तथा सेवाको आयात धान्न सक्ने नेपालको क्षमता रहेकोमा असोज मसान्तमा भने यो वर्षको ३ महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ९.८ महिनाको वस्तु आयात र ८.५ महिनाको वस्तु तथा सेवा आयात धान्न सक्ने अवस्थामा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

यस अवधिमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्रा प्रदायकसँगका अनुपातहरू क्रमशः ३१.४ प्रतिशत, ७१.१ प्रतिशत र २९.२ प्रतिशत रहेका छन् । २०७६ असार मसान्तमा यी अनुपातहरू क्रमशः ३०.० प्रतिशत, ६४.९ प्रतिशत र २९.० प्रतिशत रहेका थिए ।

यस्तै चालु आर्थिक वर्षमा प्रत्यक्ष वैदेशीक लगानीमा पनि उल्लेख्य सुधार देखिएको छ । गत आर्थिक वर्षमा पहिलो ३ महिनामा १ अर्ब ५४ करोड रहेको प्रत्यक्ष वैदेशीक लगानी यो वर्षको सोही अवधिमा ४ अर्ब रहेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved