मुल्यबृद्धिमा भारतको प्रभाव, महङ्गियो नेपालीको भान्सा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 21, 2019 | 04:13:47 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालीहरुको भान्सा झनै महंगिएको छ । भारतमा भएको मुल्य वृद्धिको प्रभाव नेपालमा पनि बढ्दै गएको छ । चालु आर्थिक वर्षको प्रथम त्रैमास सकिदा नेपालको मुल्य वृद्धि ६.२१ प्रतिशतले बढेको छ । गत आर्थिक वर्षको यही अवधिमा नेपालको मुल्यवृद्धि ४.६८ प्रतिशत मात्रै थियो । 

सरकारले चालु आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै मुल्य वृद्धिलाई ६ प्रतिशतको सिमा भित्र राख्ने लक्ष्य लिएको थियो । तर आर्थिक वर्षको सुरुवातबाट नै सरकार आफुले लिएको मुल्य वृद्धिको लक्ष्यबाट चुक्दै गएको छ । 

यो वर्षको पहिलो महिना साउनमा ६.९५ प्रतिशत रहेमो मुद्रा स्फिती भदौमा सुधार भएर ६.१६ प्रतिशतमा झरेको थियो । तर असोजमा पुन बढेर ६.२१ प्रतिशत पुगेको छ । गत साउन मसान्तमा भारतको मुल्यवृद्धि ३.२८ प्रतिशत मात्रै रहेकोमा असोज मसान्तमा ४.६२ प्रतिशत पुगेको छ । भारतमा भएको मुल्य वृद्धिको प्रभाव नेपालमा थप बढ्न सक्ने विज्ञहरु बताउँछन् । 

भारतमा भएको मुल्यवृद्धिको प्रभाव नेपालमा पनि पर्न गएको नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणकर भट्टको भनाई छ । यस अवधिमा सबैभन्दा धेरै मुल्यवृद्धि खाद्य तथा पेय पदार्थमा रहेको छ । यो महिनाको मुल्यवृद्धि ७.०४ प्रतिशत रहेको छ । यस्तै गैर–खाद्य तथा सेवा समूहको मुद्रा स्फीति ५.५५ प्रतिशत रहेको छ ।

खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत मुख्यतः तरकारी, मासु तथा माछा, फलफूल र मसला उपसमूहको मूल्य वृद्धि उच्च रहेको छ । त्यसैगरी, गैर–खाद्य तथा सेवा समूह अन्तर्गत मुख्यतः घरायसी उपयोगिताका वस्तु तथा सेवा, लुगा तथा जुत्ता र शिक्षा उपसमूहको मूल्य वद्धि उच्च रहेको छ । 

क्षेत्रगत आधारमा हेर्ने हो भने उपत्यकामा ८.१४ प्रतिशत, तराईमा ५.७५ प्रतिशत, पहाडमा ४.८९ प्रतिशत र हिमालमा ५.११ प्रतिशत मुद्रा स्फीति रहेको छ । गत वर्षको यही अवधिमा उपत्यकामा ४.०४ प्रतिशत, तराईमा ४.३४ प्रतिशत, पहाडमा ६.१० प्रतिशत र हिमालमा ४.२४ प्रतिशत मुद्रा स्फीति थियो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved