बैंकले ऋण नदिए मलाई इमेल गर्नुहोस, कारबाही गर्छु : अर्थमन्त्री

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 27, 2019 | 05:33:37 PM मा प्रकाशित

laxmi  sunrise bank

अर्थमन्त्री डा. युवराज खतिवडाले बैंकहरुले सहुलियतपूर्ण कर्जा दिन नमाने आफुलाई ‘इमेल’ पठाउन आग्रह गरेका छन् । आवश्यक कागजात पुरा गर्दा पनि बैंकहरुले कर्जा दिन आलटाल गर्छन् भने आफ्नो अफिसियले इमेलमा सम्पर्क गर्न अग्रह गर्दै उनले भने ‘अहिले पनि मलाई केही कम्प्लेन आइसकेका छन्,  त्यसको अध्यन भएइरहेको छ, शिघ्र कारबाहीमा उत्रिने तयारी छ ।’ 

ब्याज अनुदानको सहुलियत कर्जाको लागि राष्ट्रिय युवा परिषद र बैंकहरुले आयोजना गरेको सम्झौता समारोहमा अर्थमन्त्री खतिवडाले आफु सम्झौताको साक्षी भएको र साक्षी भनेको जमानी रहेकोले यो सम्झौता कार्यान्वयन नगरेर आफुलाई बेइमानी बनाउने कार्य नगर्न बैंकहरुलाई आग्रह समेत गरे । 

रोजागारी नै सामाजिक सुरक्षाको सबैभन्दा बलियो आधार रहेको भन्दै उनले सामाजिक सुरक्षा दिवसको दिनमा भाषण गर्नभन्दा रोजगारीको प्रयासमा हुन लागेको सम्झौता कार्यक्रम राम्रो लागेर आफु सहभागी भएको अर्थमन्त्री खतिवडाले बताए । उनले भने ‘सम्पूर्ण बैंकहरुले आफ्नो कुल कर्जा लगानीको १ प्रतिशत मात्रै यस क्षेत्रमा लगानी गर्ने हो भने करिब ३० अर्ब हुन्छ ।’ सरकारले करिब १ अर्ब ५० करोड ब्याज दिने भन्दै जसबाट ६० हजार भन्दा बढी युवालाई स्वरोजगार बनाउन सकिने अर्थमन्त्री खतिवडाको धारणा छ । 

सहुलियत कर्जा बैंकहरुको संस्थागत सामाजिक उत्तरदायित्वभित्र नपर्ने भएपनि सरकारको कार्यक्रमलाई सहयोग गर्न आग्रह गरे । बैंकहरुको ब्याजदर घट्दै गभएको भन्दै उनले भने ‘बैंकहरुको औषत ब्याजदर साढे ९ प्रतिशत छ । कोहीको ११ प्रतिशत होला, ११ प्रतिशमा २ प्रतिशत प्रिमीयम थप गर्दा १३ प्रतिशत हुन्छ भने ५/६ प्रतिशत ब्याज सरकाले दिँदा ७/८ प्रतिशतमा कर्जा पाइन्छ । व्यवसाय गर्नेको लागि यो ब्याज महँगो होईन ।’ 

मन्त्री खतिवडाले थपे, ‘अब सरकारले पूर्ण अनुदानलाई परिमार्जन गर्दै उत्पादन र उत्पादनको साधनलाई मात्रै अब सरकारले अनुदान दिने हो । चाहे त्यो तालिम होस् वा उत्पादन औजारहरु होस् ।  त्यसको लागि सरकाले अनुदान निति पुनरावलोकन गर्दैछ ।’

बुधबार अर्थमन्त्रीको उपस्थितीमा नेपाल बैंक, कृषि विकास बैंक र राष्ट्रिय वाणिज्य बैंकले राष्ट्रिय युवा परिषद्को सिफारिमा सहुलियत कर्जा प्रदान गर्न सहमत भएका छन् । एनमीबी बैकले भने यसअघि नै एक वर्षमा १ हजार युवालाई १ अर्ब कर्जा प्रवाह गर्ने सम्झौता गरिसकेको छ । त्यस्तै एनएमबी बैंक र राष्ट्रिय युवा परिषद्‌बीच ७ वटा प्रदेशको ८ स्थानमा वित्तीय साक्षरता र उद्यमशीता तालिम संचालन गर्ने सम्झौता पनि भएको छ । 

कार्यक्रममा एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत कृषि, उर्जा, निर्यात र शिक्षा क्षेत्रमा कर्जा लगानी गर्न वाणिज्य बैंकहरूमा नै नमुना बैंक बनाउने बताउँदै जुनसुकै शाखाबाट पनि सहुलियत कर्जा दिन तयार रहेको बताए । त्यस्तै कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल उपाध्यायले सहुलियतपूर्ण कर्जा लगानीमा १ नम्बर बैंक बन्ने दाबी गरे । नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कुँवरले हालसम्म ३ हजार १ सय ६१ जनालाई ३ अर्ब ३१ करोड सहुलियत कर्जा लगानी गरिसकेका भन्दै राज्यको नीतिलाई प्राथमिकतामा राख्ने उल्लेख गरे । राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले बैंकहरुले चाहेर पनि कर्जा लिने व्यक्तिमा तालिमको अभावले दिन नसकेको बताए । 

यस्तै एनएमबी बैंकका अध्यक्ष तथा उद्यमी पवन गोल्यानले युवाहरूले  गरेको अर्गानिक उत्पादन नेपालको जुनसुकै ठाउँमा भएपनि माटो ब्रान्डले  उपयुक्त मुल्यमा खरिद गर्ने आश्वासन दिए । उनले आवश्यक बीउ बिजन र तालिम तथा आवश्यक सहयोग गर्न तयार रहेको भन्दै  नेपाल बनाउँ, नेपाली खाउँ, नेपाली लगाऔं भन्ने नारालाई आत्मासाथ गर्दै विदेश जाने युवालाई सहुलियतपूर्ण कर्जा लिएर नेपाली माटोमै पौरख गर्न आग्रह गरे । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved