बिजपाटी सम्बाददाता     Dec 02, 2019 | 07:18:54 PM



नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मुल्य बढाएको छ। निगमले सोमबार राति १२ बजेदेखि लागू हुने गरी  मूल्य बढाएको हो । 

जस अनुसार निगमले पेट्रोल र डिजेलको मुल्य प्रतिलिटर दुई रुपैयाँको दरले बढाएको छ। मूल्य वृद्धिपछि काठमाडौंमा पेट्रोलको प्रतिलिटर खुद्रा मुल्य १०९ रुपैयाँ, डिजेल र मट्टितेलको ९७ रुपैयाँ पर्नेछ। हवाई इन्धन तथा एल.पि.ग्यासको मुल्य यथावत नै राखिएको छ ।

भारतीय आयल निगमले आइतबार पठाएको मूल्य सुचीमा भाउ बढेकोले नेपालमा बढाईएको निगमले जनाएको छ । 

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका












Close in 7