अर्थशास्त्रीहरुको संगठनमा डा. प्याकुरेल नै दाहोरिए

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 05, 2020 | 09:43:19 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल आर्थिक संघको अध्यक्षमा पुनः प्रा.डा. विश्वम्भर प्याकुरेल सर्वसम्मत चयन भएका छन् । संघको २९औँ वार्षिक साधारणसभाले आगामी ३ वर्षका लागि १७ सदस्यीय कार्यसमिति चयन गरेको हो ।

संघको वरिष्ठ उपाध्यक्षमा डा. भवानी ढुंगाना, उपाध्यक्षमा प्रा.डा. गोविन्द नेपाल, महासचिवमा गोपालप्रसाद तिवारी, सचिवमा डा. खोमराज खरेल र कोषाध्यक्षमा प्रा.डा. शान्ता सिंह चयन भएका छन् । 

सदस्यहरूमा प्रा.डा. विजय श्रेष्ठ, प्रा.डा. केशवराज खड्का, केशवप्रसाद आचार्य, डा. पोषराज पाण्डे, प्रा.डा. शिवराज अधिकारी, प्रा.डा. माधवप्रसाद दाहाल, डा. मणिकुमार नेपाल, डा. यादवमणि उपाध्याय, नवीन अधिकारी तथा जमुना श्रेष्ठ छन् । संघको त्रिवि केन्द्रीय अर्थशास्त्र विभाग प्रमुख प्रा.डा. कुसुम शाक्य पदेन सदस्य छिन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved