अर्थमन्त्रीद्वारा निर्यात व्यवसायीलाई ब्याजदरमा ढाडस, अनुदानमा कमिसन खोज्नेलाई चेतावनी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 08, 2020 | 02:37:46 PM मा प्रकाशित

laxmi  sunrise bank

अर्थमन्त्री डा. युवराज खतिवडाले ब्याजदरकै कारण औद्योगिक वातावरण विग्रन नदिने प्रतिवद्धता जनाएका छन। चौथो निर्यात दिवसरको अवसरमा नेपाल निर्यात परिषद्ले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले ब्यवसायिलाई ब्याजरको कारण पयालयन हुनुपर्ने अवस्था आउन नदिने बताए । 

अर्थमन्त्री खतिवडाले सरकारले बैकहरूलाई पटक पटक ब्याजदरलाई उत्तेजित नबनाउन आग्रह गरकै कारण ब्याजदरमा स्थीरता आएको दाबी समेत गरे ।  'ब्याजदरलाई उत्तेजित नबनाउनुस यसले उद्योगी ब्यवसायि मर्छन जसले गर्दा तपाईहरूलाई नै समस्या हुन्छ भनेपछि बैकहरूले  ब्याजदरमा स्थिरता ल्याए' उनले भने।  

ब्याजदर स्थीर छ भन्दैमा ६ प्रतिशतमै कर्जा पाइन्छ भन्ने सोच नराख्न समेत उनले व्यवासायिलाई आग्रह समेत गरे । उनले भने, ‘तपाईहरुले ६ प्रतिशत ब्याजदरमा कर्जा खोज्दा निक्षेपकर्ताले कति ब्याज पाउँछन्, निक्षेपकर्ताले बचतको ब्याज नपाएपछी बैंकमा पैसा आउँदैन र पैसा नभएपछी फेरी पहीलेकै अवस्थामा कर्जाको ब्यादर पुग्छ ।’

नेपाल चेम्बर अफ कर्मर्शका अध्यक्ष राजकाजी श्रेष्ठले निर्यातयोग्य बस्तुमा सरकारले दिने अनुदान लिन अर्को अनुदान खर्च गर्नुपर्ने भन्दै ब्यङ्ग्य गरे। त्यसको जवाफ दिँदै अर्थमन्त्री खतिवडाले भने ‘ सरकार शुन्य सहनशिलतामा अगाडी बढीरहेको छ, यसको महसुस तपाइहरुले पनि गरिरहनुभएको छ होला, यदि कसैले अनुदानको लागि कमीसन माग्छ भने हामीलाई भन्नुहोस् ।’ 

उनले कर्मचारीहरुलाई निर्यातित बस्तुको अनुदानमा कमिसन माग्ने गरेको भए त्यसो नगर्न र अगामी दिन त्यस्तो फेला परेमा पछुताउनुपर्ने चेतावनी समेत दिए । 

कार्यक्रमा अर्थमन्त्री खतिवडाले नेपालको कच्चा पर्दाथबाट उत्पादीत बस्तु निर्यातले मात्रै नेपालको ब्यापार घाटाको खाडल पुर्न नसकिने भएकोले धेरै मुल्यवृद्धि हुने आयतित कच्चा पदार्थ पनि सरकारको प्राथमिकतामा पर्ने बताए। उनले सरकारले अनुदान दिन तयार रहेको रहेको बताए र उनले त्यसको लागि व्यवसायिलाई छलफलमा आउन आग्रह समेत गरे । 

सरकारले ब्यवसायिलाई यि बस्तु हाम्रो प्राथमिकतामा छन् र यसको आयातमा प्राथमिकता नदिनुस भन्न नसकेको स्वीकार गर्दै अव सरकारले त्यसमा पनि काम गर्ने बताए। ‘कृषिमा आधारित निर्यात उद्योगमा लागौ भनेर पहिले पनि भनेको हो अहिले पनि भन्छु’ उनले भने,‘१/२ वस्तुमा आधारित निर्यातले समस्या आउँछ भनेर सरकारले बुझेको छ र भोगिसकेको पनि छ । त्यसैले विगतको पाठ सिकेर निर्यात विविधिकरणमा सरकार प्रतिवद्ध छ ।’

उनले मह, कृषि र फलफुलको लगायत नेपालमा उत्पादित बस्तुको  निर्यात अर्बमा तर नेपाललाई खर्बमा निर्यात गर्नुपर्ने अवस्था रहेको बताए । त्यसको लागि २० प्रतिशत भन्दा बढि मूल्य हुने आयातित कच्चा पदार्थलाई ठुला औद्योगिक बस्तुको रूपमा विकास गर्नुपर्ने उनको भनाई छ । यस्तै सिमेन्ट लगायतका बस्तुको निर्यातको वातावरण बनाउन आवाश्यक रहेको उनले बताए । 

विगतमा बनस्पति घ्युमा १० प्रतिशत र कपडामा पनि २०/२५ प्रतिशत मुल्यवृद्वि मा निर्यात हुने भन्दै उनले भने ‘अहिले पाम आयत ३० प्रतिशत भन्दा माथि मुल्यवृद्धिमा निर्यात भइरहेकोले यसले मुलुकलाई कुनै नोक्सानी पुर्याए जस्तो लाग्दैन ।’ तर यो दिर्घकालिन निर्यातको माधयम होइन भनेर सरकारले बुझेको उनको भनाई छ । 

यता नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजशकाजी श्रेष्ठले भने चालु आर्थिक वर्षको सुरुवातदेखि नै आयात घट्दा निर्यातमा निरन्तर वृद्धि हुनु  सकारात्मक रहेको बताए । तर ११० मा रहेको डलरको मुल्य ११५ पुग्दा त्यसको प्रभावले निर्यात बढेको हो अथवा साचै निर्यात बढेको हो भन्दै, उनले प्रश्न गरे । 

उनले निर्यात बढेको तर नेपालको उत्पादनको होइन आयातित पाम आयलको ब्यङ्गय गर्दै भने । विश्वनै डिजिटलाइजेसनमा गएको भन्दै वैदेशीक ब्यापारमा डिजिटल पेमेन्ट हुने हो भने सहज हुने उनको भनाई छ । तर राष्ट बैंकले डिजीटल पेमेन्टमा चासो नदेखाएको भन्दै यसको लागि पहल गर्न अर्थमन्त्रीलाई आग्रह गरे । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved