नेपालसँग भएको विदेशी मुद्राले ८ महिनाको आयात मात्र धान्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 19, 2020 | 06:35:07 PM मा प्रकाशित

laxmi  sunrise bank

चालु आर्थिक वर्षको सुरुदेखि नै बढ्दै आएको विदेशी विनीमय सञ्चिति पाँचौ महिनामा भने घटेको छ । विनिमय सञ्चिति घटेर १० खर्ब ८८ अर्ब ३१ करोड कायम भएको हो। २०७६ असार मसान्तमा १० खर्ब ३८ अर्ब ९२ करोड रहेको कुल विदेशी कार्तिक मसान्तमा बढेर ११ अर्ब ३ अर्ब १२ करोड पुगेको थियो ।

रेमिटेन्समा सामान्य वृद्धि हुनुको साथै शोधनान्तर स्थिति २३ अर्ब ३० करोडले बचतमा रहँदा पनि विनिमय सञ्चिति भने घट्न पुगेको हो । आयातमा क्रमश वृद्धि हुँदै जाँदा त्यसको प्रभाव विनिमय सञ्चिति परेको नेपाल राष्ट्र बैंकका प्रवक्ता तथा अनुसन्धान विभाग प्रमुख डा. गुणाकर भट्ट बताउँछन् । असोज मसान्तमा ११ प्रतिशतले घटेको आयत कार्तिकमा ७ प्रतिशत र मंसिरमा ४ प्रतिशतमा सिमित भएको भन्दै क्रमश आयात बढ्दै जाँदा त्यसको प्रभाव विनिमय सञ्चितिमा परेको डा. भट्टको भनाई छ । गत वर्षको यहि अवधिमा शोधनान्तर स्थिति ८५ अर्ब ३२ करोडले घाटामा रहेको थियो । गत आर्थिक वर्षमा ९ वर्षपछि वार्षिक रुपमा नै शोधनान्तर स्थिति घाटामा रहेको थियो ।

विदेशी विनिमय सञ्चिति घट्नु र आयात बढ्दै जाँदा नेपालको आयात क्षमतामा पनि ह्रास आएको छ । कार्तिक महिनामा कायम रहेको सञ्चिति ८.७ महिनाको बस्तु तथा सेवाको आयात धान्न पर्याप्त रहेकोमा मंसिर मसान्तमा कायम रहेको सञ्चिति ८.३ महिनाको बस्तु तथा सेवाको आयात धान्न सक्ने राष्ट्र बैंकले जनाएको छ । यस्तै गत वर्षको सोहि अवधिको तुलनमा समीक्षा अवधिमा चालु खाता घाटा पनि सुधार देखिएको छ । मंसिर मासान्त सम्म नेपालको चालु खाता घाटा ७० अर्ब ३२ करोड रहेको राष्ट्र बैंकले जनाएको छ । समिक्षा अवधिमा प्रत्यक्ष वैदेशिक लगानी पनि घटेको छ । गत वर्ष ६ अर्ब ७८ करोड रहेको प्रत्यक्ष वैदेशीक लगानी यो वर्ष ६ अर्ब ५७ करोड रहेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved