उखु किसानको पैसा नदिने चिनी मिलको बैंक खाता रोक्का

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 22, 2020 | 08:04:37 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले उखु किसानको बक्यौता दिन बाँकि रहेका उखु मिलहरुको बैंक खाता रोक्का गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बुधबार  बक्यौता दिन बाँकि रहेका उखु मिलहरुको बैंक खाता रोक्का गर्न नेपाल राष्ट्र बैंकलाई पत्राचार गरेको हो । 

मन्त्रालयले बक्यौता तिर्ने बाहेकका प्रयोजनको लागि अन्नपूर्ण, इन्दिरा र लुम्बिनी चीनी मिलको खाता रोक्का गर्ने निर्णय गरेको हो । मन्त्रालयका अनुसार अन्नपूर्णले किसानलाई ३८ करोड  भुक्तानी गर्न बाँकि छ । त्यस्तै खाता रोक्का गरिएको लुम्बिनी भने सम्पर्क मै नरहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार इन्दिराले ७४ लाख भुक्तानी गरेपनि बाँकि बक्यौता कति हो खुल्न सकेको छैन ।

लुम्बिनीसँगै बाबा बैजुनाथ चिनी मिल, बागमती खाडसारी चिनी मिल, र महाकाली चीनी मिल पनि सम्पर्कमा नआएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार बागमतीको बक्यौता ८ करोड ४१ लाख र महाकालीले ६२ हजार दिन बाँकि छ । बाबा बैजुनाथको बक्यौता रकम अझै खुल्न सकेको छैन । श्री राम सुगर मिलले भने २६ करोड ७७ लाख दिनको लागि किसानसँग सम्झौता गरिसकेको छ । त्यस्तै मन्त्रालयले आफुले दिनु पर्ने अनुदान वापतको रकम निकासाको लागि सरोकारवालासँग समन्वय गर्ने निर्णय गरेको छ । 

मन्त्रालयका अनुसार निम्न उद्योगले भने किसानलाई पुरै भुक्तानी गरिसकेका छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved