स्प्रेड रेट कार्यान्वयन गराउन राष्ट्र बैंकलाई अर्थमन्त्रीको निर्देशन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 24, 2020 | 05:25:10 PM मा प्रकाशित

laxmi  sunrise bank

अर्थमन्त्री डा. युवराज खतिवडाले राष्ट्र बैंकलाई बैकहरूको स्प्रेड रेट कार्यान्वयन गराउन निर्देशन दिएका छन । राष्ट्रिय वाणिज्य बैंकको ५५ औं वार्षिकोत्सव कार्यक्रममा अर्थमन्त्री डा. खतिवडाले बैकहरूलाई दिर्घकालिन कर्जा लगानीको ब्याजदरलाई स्थिर हुने गरी कर्जा प्रवाह गर्न राष्ट्र बैंक र बैकर्सलाई निर्देशन दिएका हुन् ।

बैक र व्यावसायी अन्तरसम्बन्धित रहेकोले एउटालाई असहज हुँदा अर्को क्षेत्र प्रभावित हुने बताउँदै उनले पुवार्धार क्षेत्रमा जाने कर्जाको ब्याजदरलाई स्थिर  हुने गरि प्रवाह गर्न निर्देशन दिए । 

कर्जा र जिडिपि अनुपात ८० प्रतिशत पुगिसकेको भनेर आईएमएफ लगायतका निकायले कर्जाको गुणस्तरमा ध्यान दिन आग्रह गरेको सुनाउँदै उनले गुणस्तरीय कर्जा मात्रै दिगो हुने बताए । मन्त्री खतिवडाले ‘१० वर्ष अगाडि ४० प्रतिशत रहेको कर्जा र जिडिपि अनुपात ४० बाट ८० पुगेको छ, यो कर्जा विस्तार धेरै भएको  हो अथवा अर्थतन्त्र विस्तार कम भएको, अथवा आयको जिडिपी गणाना विधि राम्रो हुन नसकेको हो’ भने । 

पहिले पहिले क्रेडिट भनेर हरेक क्षेत्रमा कर्जाको सिलिङ तोक्ने गरेको भन्दै फेरि त्यस्तै अवस्था आउन लागेकोप्रति उनले चिन्ता समेत जनाए । अर्थतन्त्र कमजोर अवस्थामा रहेकोले भुक्तानी सन्तुलन सुधार गर्न, वित्तीय घाटा मिलाउन र दातृ निकायले पत्याउने वातावरण बन्न दिन नहुने बताए । उनले धेरै संस्था मर्जरमा गएको र बैक तथा वित्तिय संस्थाको संख्या १७३ मा आईसकेको भन्दै गुणास्तरीय सेवाको लागि संख्या धेरै नचाहिने बैंकलाई मर्जरमा जान आग्रह समेत गरे । 

उनले राष्ट्रिय वाणिज्य बैंकलाई  निक्षेपकर्ताको ब्याजमा अन्याय नगर्न निदेशन दिँदै निक्षेपकर्तालाई विच्क्याउन नहुने धारण राखे । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved