विदेशी मुद्राको मूल्य घट्यो, कुन देशको विनिमय दर कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 29, 2020 | 10:27:39 AM मा प्रकाशित

laxmi  sunrise bank

विदेशी विनिमय दर मंगलवारको तुलनामा आज घटेको  छ । नेपाल राष्ट्र बैंकका अनुसार आज १ अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ ८३ पैसा  र बिक्रीदर ११४ रुपैयाँ ४३ पैसा रहेको छ । मंगलवार १ डलरको खरिददर ११३ रुपैयाँ र बिक्रीदर ११४ रुपैयाँ ६० पैसा थियो । आज १ युरोको खरिददर १२५ रुपैयाँ ३८ पैसा र बिक्रीदर १२६ रुपैयाँ ४ पैसा छ । मंगलवार  १ युरोको खरिददर  १२५ रुपैयाँ ६६ पैसा र बिक्रिदर १२६ रुपैयाँ ३२ पैसा थियो । 

साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ३४ पैसा र बिक्रीदर ३० रुपैयाँ ५० पैसा छ । कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ २६ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४३ पैसा छ । आज यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ९९ पैसा र बिक्रीदर ३१ रुपैयाँ १५् पैसा तोकिएको छ । 

मलेसियन रिंगिट १ को खरिददर २७ रुपैयाँ ८६ पैसा र बिक्रीदर २८ रुपैयाँ  छ । कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ६५ पैसा र बिक्रीदर ९ रुपैयाँ ७० पैसा तोकेको छ । कुवेती दिनार १ को खरिददर ३७४ रुपैयाँ ६२ पैसा र बिक्रीदर ३७६ रुपैयाँ ५९ पैसा छ । बहराइन दिनार १ को खरिददर ३०१ रुपैयाँ ९३ पैसा र बिक्रीदर ३०३ रुपैयाँ ५२ पैसा तोकेको छ ।

अन्य विदेशी विनिमय दर :


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved