सरकारले अर्थसचिवको जिम्मेवारी राजस्व सचिव रहेका शिशिरकुमार ढुंगानालाई दिएको छ। राजन खनालको अवकाशपछि हप्तादिन देखि रिक्त उक्त पदमा अर्थ मन्त्रालयको अर्का सचिव ढुंगानालाई जिम्मेवारी दिईएको हो।
प्रधानमन्त्री कार्यालय जानुअघि पनि ढुंगाना राजश्व सचिव थिए। खनालको अवकाश नजिकिँदै जाँदा उनी राजस्वमा फर्किएका थिए । ढुंगाना अर्थसचिव भएपछि राजश्व सचिवको जिम्मेवारीमा कसलाई ल्याउने भन्ने बिषयमा लबिङ सुरु भएको छ।
स्रोतकाअनुसार राजश्व सचिवमा आउन चाहनेहरुले दौडधुप सुरु गरिसकेका छन भने राजश्व सचिव हुन् नपाइएला भन्नेहरु यो पदनै खारेज गर्नलाई लागिपरेका छन्।