भारतले नेपाललाई भन्यो, ‘मलेसियाबाट ल्याएको पाम आयल किन्दैनौँ’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 11, 2020 | 03:15:32 PM मा प्रकाशित

laxmi  sunrise bank

पाम आयलको आयात खोल्न भारत सकारात्मक देखिएको छ । उद्योग, वाणिज्य तथा आपुर्ति राज्यमन्त्री मोतिताल दुगडले आफ्नो भारत भ्रमणका क्रममा भारतीय पक्षसँग पाम आयलको आयात प्रतिबन्ध फुकुवा गर्न गरेको आग्रहमा भारत सकारात्मक रहेको मन्त्री दुगडले जानकारी दिए ।

मन्त्री दुगडका अनुसार भारतीय आपुर्तिमन्त्री हर्दिपसिंह पुरीले तुरुन्तै पाम आयालको आयात खोल्ने प्रतिवद्धता जनाएका छन् । उनले भारतमा एउटा गिरोह नै नेपालबाट पाम आयल ल्याउन नहुने भन्दै आफैँ इन्डोनेसियाबाट ल्याउन लागेको समेत बताएका छन् । 

‘पाम आयल नेपालबाट आयत हुन नदिन भारतमा ठूलो गिरोह लागेको छ, तर हामीले यसको प्रतिबन्ध फुकुवा गर्न आग्रह गरेका छौँ’ उनले भने, ‘भारतीय मन्त्रीले तुरुन्तै आयात फुकुवा गर्ने प्रतिवद्धता जनाउनु भएको छ ।’ 

राज्यमन्त्री दुगडका अनुसार भारतले नेपालबाट पाम आयल लिँदा मलेसियाको भने नलिने जनाएको छ । हाल नेपालले इन्डोनेसिया र मलेसियाबाट आयात गरेको पाम आयल भारतमा निर्यात गर्दै आएको छ । नेपालले ल्याउनेमध्ये ८० प्रतिशत इन्डोनेसिया र बाँकी २० प्रतिशत मलेसियाबाट आउने गरेको छ । 

उनले भने, ‘भारतले मलेसियाबाट ल्याएर नबेच्नु भनेको छ, इन्डोनेसियाबाट ल्याएको पाम आयल मात्रै आफूले लिने सर्त राखेको छ ।’ 

गत  पुस  २३  गते  भारतको  वाणिज्य  विभागले पाम तेल आयातमा प्रतिबन्ध लगाएको थियो । त्यसको केही समयपछि आयात फुकुवा गरेको भारतले हाल पुनः पाम तेलको आयात रोकेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved