मन्त्री नै भन्छन्, ‘१० रुपैयाँको मास्क २५ मा बेच्नु ठिकै हो’ (भिडियोसहित)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 11, 2020 | 05:47:48 PM मा प्रकाशित

laxmi  sunrise bank

उद्योग, वाणिज्य तथा आपुर्ति राज्यमन्त्री मोतिताल दुगडले १० रुपैयाँको मास्कको २५ रुपैयाँ मूल्य पर्नु स्वभाविक भएको तर्क गरेका छन् । आफ्नो भारत भ्रमण सकेर फर्किएपछि उपलब्धि सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्दै राज्यमन्त्री दुगडले अभावको समयमा एउटा मास्कको २५ रुपैयाँसम्म लिएर व्यवसायीले बेच्दा आपत्ति मान्न नहुने अभिव्यक्ति दिएका हुन् ।

‘अभावको समय छ, भारतमा पनि मास्क पाईँदैन’ उनले भने, ‘यस्तो अवस्थामा अघिपछि १० रुपैयाँमा पाईने मास्क २० रुपैयाँ २५ रुपैयाँसम्म पर्नु स्वभाविक हो ।’ उनले व्यवसायीले सामान्य फाइदा राखेर विक्रि गरेर अभाव पुर्ति गरेको कुरालाई भुलेर मँहगो भयो भनेर हल्ला गर्नु समय सुहाउँदो नहुने बताए । 

उनले भने, ‘कुनै पनि सामानमा कालोबजारी स्वीकार्य हुँदैन, तर अभाव पुर्तिलाई हेरेर मास्क र सेनिटाइजरको मूल्यलाई अस्वभाविक पनि ठान्नु हुँदैन । एउटा मास्कको ५० रुपैयाँमा कसैले बेच्छ भने त्यो मान्य हुँदैन ।’

‘तपाई हाम्रा आफन्त बिरामी भए, उपचार मेसिन विदेशबाट ल्याउनुपर्ने भयो, त्यसको मूल्य १० हजार हो, तर यदि कसैले मसँग छ तर ५० हजारभन्दा कम मूल्यमा दिन्न भन्यो भने पैसा हेर्ने की बिरामी ?’ उनले प्रश्नसमेत गरे ।

हेर्नुहोस् भिडियोः


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved