पूर्व अर्थसचिवको प्रस्ताव, ‘महासंघ, परिसंघ र चेम्बरका अध्यक्षको फर्ममा छापा मारौं’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 15, 2020 | 03:35:06 PM मा प्रकाशित

laxmi  sunrise bank

पूर्व अर्थसचिव एवम् राष्ट्रिय सूचना आयोगका पूर्व प्रमुख आयुक्त कृष्णहरि बाँस्कोटाले व्यवसायीक संघसंगठनका अध्यक्षका उद्योग तथा प्रतिष्ठानमा सरकारले छापा मार्नुपर्ने बताएका छन् । 

व्यवसायीक संघसंगठनहरु नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्शका अध्यक्षको फर्म तथा व्यवसायीक प्रतिष्ठानमा सरकारले छापा मार्नुपर्ने पूर्वसचिव बाँस्कोटाको सुझाव छ । 

विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आयोजना गरेको कार्यक्रममा पूर्वसचिव बाँस्कोटाले महासंघकी अध्यक्ष भवानी राणा, परिसंघका अध्यक्ष शतिश मोर र चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठको उद्योग तथा फर्महरुबाटै कालोबजारी हुने गरेको भन्दै सरकारले ती फर्महरुमा छापा मार्नुपर्ने बताएका हुन् । ‘ठूला भनिएका उद्योग तथा प्रतिष्ठानले नै उपभोक्तामाथि कालोबजारी गरिरहेका छन्’ पूर्वसचिव बाँस्कोटाले भने, ‘भवानी राणा, शतिश मोर र राजेशकाजी श्रेष्ठको उद्योग, प्रतिष्ठान तथा फर्ममाथि नै छापा मार्नुपर्छ ।’ 

वाणिज्य विभागको पूर्वमहानिर्देशक तथा पूर्व राजस्व सचिवसमेत रहेका बाँस्कोटाले बजार अनुगमन कर्मकाण्डी मात्रै भएको आरोप पनि लगाए । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved