कोरोना बिरुद्द लड्न भारतीय जनतालाई बिशेष प्याकेज: ब्याजदर घट्यो, किस्तामा छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 27, 2020 | 01:18:56 PM मा प्रकाशित

laxmi  sunrise bank

कोरोना भाइरसको कारण कम्जोर बन्दै गएको अर्थव्यवस्था उकास्न भारतको केन्द्रिय बैंकले ठुलो निर्णय गरेको छ। आरबिआई गभर्नर शक्तिकान्त दासले शुक्रबार कोरोना संकटलाई मध्यनजर गरेर रिपो दरमा कटौती गरिएको घोषणा गरेका हुन्। 

गभर्नर दासकाअनुसार आरबिआईले ब्याज दरमा ०.७५ प्रतिशत बिन्दुले कटौती गरेको छ। यसको कारणले भारतका बैंक वित्तीय संस्थाहरुले  केन्द्रिय बैंकबाट लिने ऋण  सस्तो हुनेछ। जसले गर्दा ऋणको ब्याजदर सस्तो पर्नेछ। यो कटौतीपछि अब रिपो दर ५.१५ बाट घटेर ४.४ प्रतिशतमा झरेको छ।

आरबीआई गभर्नरले रिपो दर घटेको घोषणा गर्दै त्यहाँका बैंकहरुलाई आफ्ना ग्राहकले लिएको ऋण तिर्न इएमआइ) अर्थात किस्ताबन्दीमा ऋण तिर्न आगामी तिन महिनालाई राहत दिनलाई भनेका छन। 

भारतीय अर्थमन्त्री निर्मला सीतारमणले कोरोना भाइरसको संकटसँग लड्न हिजो मात्र गरिवका लागि भनेर राहत प्याकेज ल्याएकी थिइन। त्यहि घोषणालाई सहयोग पुग्नेगरि आजमात्र आरबिआई गभर्नर दासले यति ठुलो निर्णय गरेका हुन्। 

नेपाल राष्ट्र बैंक लगायतका विश्वका केन्द्रिय बैंकहरुले बैंक वित्तीय संस्थाबाट पैसा लिने र दिने गर्दछन, जसलाई रिपो भनिन्छ। भारतको केन्द्रिय बैंकले बैंकहरुलाई ०.७५ प्रतिशतले सस्तो दरमा  ऋण दिनेभएपछि बैंकहरुको लागत घट्नेछ भने उनीहरुले दिने ऋणको ब्याज समेत सस्तो हुनेछ। 

त्यस्तै आरबिआई गभर्नर दासले  अनिवार्य नगद मौज्दात तीन प्रतिशतले घटाएको घोषणा गरेका छन। यसले एक बर्षको लागि गरिएको उनले सुनाएका छन। यसबाट भारतको बैंकिङ प्रणालीमा १.३७ लाख करोड भारु आउने उनको दाबी छ। 

यसको साथसाथै सबै बाणिज्य बैंकलाई ब्याज र ऋण भुक्तानीमा तीन महिनाको छुट समेत दिईने भएको छ। आरबिआई गभर्नरले अहिले आरबिआईले लिएको निर्णयले भारतको बैंकिङ प्रणालीमा झनै ३.७४ लाख करोड भारु आउने बताएका छन। आर्थिक मन्दीलाई लिएर गएको बर्ष पाँच पटक यो दरको परिवर्तन गरेयता डिसेम्बर महिना यता आरबिआईले यति ठुलो निर्णय लिएको थिएन। 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved