नेपाल उद्योगा वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले मर्मस्पर्शी सन्देश दिएका छन् । महासंघको यसअघि महाधिवेशनको मिति आज शनिबारका लागि तय थियो । तर कोरोना भाइरसका कारण महासंघको महाधिवेशन स्थगीत भएको छ ।
स्वतः अध्यक्ष बन्न लागेका गोल्छाले यसै सेरोफेरोमा रहेका आज एक सन्देश जारी गरेका छन् । ‘यदि अवस्था सामान्य भएको भए, आजको दिन नेपाल उद्योग वाणिज्य महासंघमा नयाँ नेतृत्व पाउने दिन हो’ उनले सन्देशमा भनेका छन्, ‘यहाँहरुले तीनवर्षअघि विश्वास गरी मलाई दिनु भएको मतअनुसार मैले अध्यक्षको रुपमा कार्यकाल सम्हाल्ने तयारी गरिरहेको हुन्थे ।’
‘अहिले अवस्था फरक छ । सारा विश्व कोभिड १९ को चपेटामा परेर बन्द छ’ उनले थपेका छन्, ‘यो अवस्थामा हाम्रो मुख्य काम आफू सुरक्षित रहेर अरुलाई पनि सुरक्षित राख्न सघाउनु हो ।’
आजकै सन्देशमार्फत बरिष्ठ उपाध्यक्ष गोल्छाले नयाँ वर्ष २०७७ सालकोसमेत शुभकामना दिएका छन् ।
यस्तो छ गोल्छाले दिएको शुभकामनाः