कोरोना भाइरस फैलिएपछि संसारभर नक्कली औषधीको बिगबिगी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 14, 2020 | 03:57:44 PM मा प्रकाशित

laxmi  sunrise bank

विश्वभरि नै मानिसहरूले अत्यावश्यकीय औषधीहरू थुपारेर राखिरहेका छन्। यद्यपि, विश्वका दुई ठूला औषधी आपूर्ति गर्ने देश चीन र भारत लकडाउनमा गएपछि, आपूर्ति भन्दा माग बढेको छ र खतरनाक खालका नक्कली औषधीहरूको व्यापार बढिरहेको छ।

विश्व स्वास्थ्य सङ्गठनले कोरोनाभाइरसलाई विश्वव्यापी महामारी घोषणा गरेकै साता औषधीसम्बन्धी अपराधविरुद्ध काम गर्ने इन्टरपोलको विश्वव्यापी इकाइ अपरेसन पान्जियाले जम्मा सात दिनमा ९० वटा देशभरीबाट १२१ जनालाई पक्राउ गरेको थियो।

त्यसक्रममा १ करोड १४ लाख डलर बराबरका घातक खालका औषधी जफत भएको थियो।प्रहरी अधिकारीहरूले मलेशियादेखि मोजाम्बिकसम्म दशौँ हजार नक्कली मास्क र औषधी जफत गरेका थिए। ती मध्ये धेरै औषधीले कोरोनाभाइरस ुनिको पार्नु सक्ने दाबी समेत गरेका थिए।

स्वास्थ्य सङ्कटका बेला औषधीजन्य नक्कली सामग्रीको अवैध व्यापारले मानिसको जीवन पूर्ण रुपमा अवमूल्यन गरेको देखिन्छ,ू इन्टरपोलका महासचिव युर्गन स्टकले भने।

विश्वस्वास्थ्य सङ्गठनका अनुसार ३० अर्ब डलर बराबरका नक्कली वा म्याद नाघिसकेका औषधीको व्यापार न्यून र मध्यम आय भएका देशहरूमा हुने गर्छ।त्यसरी व्यापार हुने औषधीले शरीरमा नराम्रो असर गर्न सक्छ अथवा ती औषधीमा या त आवश्यक तत्त्व हुँदैन वा खराब तत्त्व हुन्छ।

धेरैजसो अवस्थामा त्यस्ता ९नक्कली औषधी० ले जे रोग निको पार्नु पर्ने हो त्यो पार्दैनू, नक्कली औषधीबारे काम गर्ने विश्व स्वास्थ्य सङ्गठनको टोलीमा रहेकी पर्नेट बुडिलियन इस्टिभले भनिन्।तर केही खराब अवस्थामा भने ती औषधीले नराम्ररी असर गर्छ, किनभने ती औषधीमा केही विषाक्त सामग्री हुनसक्छ।ू

आपूर्ति सञ्जाल

विश्वव्यापी औषधी उद्योग १० खर्ब डलरभन्दा बढीको छ र यसको आपूर्ति गर्ने सञ्जाल व्यापक ठूलो छ। चीन र भारत जस्ता देश प्रमुख औषधी उत्पादक हुन् भने युरोप, दक्षिण अमेरिका वा एसियामा रहेका गोदामहरूमा त्यसलाई प्याकेज गरिन्छ र विश्वभरका सबै देशहरूमा वितरकले औषधी पठाउँछन्। इस्टिभ भन्छिन्, 'औषधी जति विश्वव्यापी सायद अरु केही भएको छैन।'

यद्यपि, विश्वका धेरै मुलुक लकडाउनमा गएसँगै, आपूर्ति गर्ने सञ्जालमा गडबडी आउन थालिसकेको छ। भारतमा रहेका थुप्रै औषधी उत्पादक कम्पनीहरूले आफ्नो क्षमताभन्दा ५०-६० प्रतिशत कम काम गरिरहेको बीबीसीलाई बताएका छन्।

भारतीय कम्पनीहरूले २० प्रतिशत अत्यावश्यकीय औषधीहरू अफ्रिका महादेशमा पठाउने भएकोले अफ्रिकी मुलुकहरू नराम्ररी प्रभावित हुनेछन्। जाम्बियाको लुसाकाका एक औषधी विक्रेता इफ्राइम पिरीले आफूले तनाव महसुस गर्न थालिसकेको बताए।

औषधीहरू सकिन थालिसके र हामी त्यसको पुनस्पूर्ति गरिरहेका छैनौँ। हामीले गर्नसक्ने केही छैन। खासगरी एन्टिबायोटिक र औलोका अत्यावश्यकीय औषधीहरू पाउन मुस्किल छ।

औषधी बनाउन आवश्यक पर्ने कच्चा सामग्री पनि अहिले निकै महङ्गो भएकोले उत्पादक र आपूर्तिकर्ता त्यसका लागि कठिनाइ भोगिरहेका छन्। केही कम्पनीहरू त यस्तै अवस्थामा सञ्चालन भइरहन सक्दैनन्।

औलोको औषधीका लागि चाहिने हाइड्रोक्लोरोक्वीन नामक कच्चा सामग्रीहरू यसअघि आफूले प्रति किलो करिब १ सय डलरमा किन्ने गरेको पाकिस्तानका एक उत्पादकले बताए। तर अहिले, उक्त सामग्रीको मुल्य बढेर प्रति किलो ११ सय ५० डलर पुगेको छ।

धेरै सङ्ख्यामा देशहरू लकडाउनमा गइरहँदा, उत्पादनमा कमी आउनुमात्रै समस्या होइन। यस्तो अवस्थामा मानिसहरूले आत्तिएर आवश्यक पर्नसक्ने औषधी थुपारेर ह्वात्तै माग बढ्नु पनि समस्या हो।

घट्दो आपूर्ति र बढ्दो मागको यस्तो अमिल्दो अवस्थाले गर्दा नै नक्कली औषधीको बिक्री हुने र उत्पादनमा खतरनाक वृद्धि हुने भन्दै विश्वस्वास्थ्य सङ्गठनले चेतावनी दिएको छ। जब माग अनुसार आपूर्ति हुँदैनू, इस्टिभ भन्छिन्, 'नक्कली वा कम गुणस्तरका ‍‍‌औषधीहरूले नै माग पूरा गर्न खोज्ने वातावरण बन्छ।'

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved