सांसदले पाउने बजेट कोरोना कोषमा राख्ने सहमति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 14, 2020 | 05:49:09 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रतिनिधिसभाका सांसदहरुले पाउने बजेट कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचार कोषमा राख्ने सहमति भएको छ । स्थानीय पूर्वाधार विकास कार्यक्रमअन्तर्गतको चालु आर्थिक वर्षको खर्च हुन बाँकी रकम र आगामी आर्थिक वर्ष २०७७/०७८ को रकम कोरोना कोषमा राख्नेबारे सहमति भएको हो । 

आज दिउँसो ५ घण्टा बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा प्रतिनिनिधसभामा प्रतिनिधित्व गर्ने दलहरुका प्रमुख सचेतक, सचेतक, सभामुख, संघीय संसद्‍का कार्यवहाक महासचिव, सचिवलगायत उपस्थित थिए । 

प्रतिनिधिसभामा निर्वाचित १६५ जनालाई चालु आर्थिक वर्षमा ६ करोडको दरले छुट्याइएको थियो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved