कोरोनाले आर्थिक वृद्धिदर खुम्चियो, नेपाललाई १६८ अर्बको क्षति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 18, 2020 | 05:27:03 AM मा प्रकाशित

laxmi  sunrise bank

कोरोना अर्थात कोभिड १९ को कारण नेपाललाई करिब १ खर्ब ६८ अर्बको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ। कोभिड–१९ पूर्वको प्रक्षेपणलाई केन्द्रिय तथ्याङ्क विभागको पछिल्लो सार्वजनिक अनुमानसँग तुलना गर्दा अर्थतन्त्रमा प्रचलित मूल्यमा मापन गरिएको कुल गार्हस्थ्य उत्पादनमा करिव १ खर्ब ६८ अर्ब बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको  नेपाल राष्ट्र बैंकले जनाएको छ। 

विगत ३ वर्षमा औसत ७.३ प्रतिशत आर्थिक वृद्धि हासिल भएकोमा आर्थिक वर्ष २०७६/७७ मा २.२८ प्रतिशत आर्थिक वृद्धि हुने केन्द्रीय तथ्याङ्क विभागको अनुमान छ ।

कोभिड–१९ को प्रभाव शुरु हुनुपूर्व ७ प्रतिशतको हाराहारीमा आर्थिक वृद्धि हुन सक्ने प्रक्षेपण गरिएकोमा अर्थतन्त्रमा देखिएको असहज अवस्थाका कारण आर्थिक वृद्धि साढे २ प्रतिशतमा सिमित हुने देखिन्छ। यसलाई आधार मान्दा नेपालले कोरोनाका कारण करिब १६८ अर्ब क्षति भोगेको छ। 

कोभिड–१९ को संक्रमण रोकथामका लागि नेपाल सरकारले सामाजिक दूरी कायम गर्न २०७६ चैत ११ देखि घरमै बस्नुपर्ने व्यवस्था गरेको छ । यसक्रममा उद्योगधन्दाहरु न्यून क्षमतामा संचालित छन् भने आपूर्ति श्रृंखला प्रभावित छ । 

ठूला आयोजनाहरुको निर्माण कार्य सुस्त भएको छ । यसैगरी सार्वजनिक यातायात बन्द रहेको अवस्था छ । अर्थतन्त्रका सवै क्षेत्रमा कोभिड–१९ को प्रभाव देखिन थालेको छ । गत आर्थिक वर्षको तुलनामा आर्थिक वृद्धिमा उल्लेख्य गिरावट आएको अनुमान छ ।

२०७६ फागुनको तुलनामा २०७६ चैतमा खाद्य तथा पेय पदार्थ मुद्रास्फीति वढेको छ । कुल निर्यात, आयात र विप्रेषण आप्रवाहमा संकुचन आएको छ भने सरकारको राजस्व संकलन र खर्च पनि प्रभावित भएको छ । २०७६ चैतमा निक्षेप संकलन र कर्जा प्रवाह भने सामान्य रहेको छ । निक्षेपको भारित औसत व्याजदर सीमान्त घटेको छ भने कर्जाको व्याजदर स्थिर रहेको छ ।



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved